SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/७ गते
    ११८१ &#२३४६;&#२३३५;&#२३२५;

    हस्त रेखा विज्ञानका अनुसार मानिसको हातको रेखाले उसको भविष्यवाणि गरिन्छ । हस्त रेखालाई सबैभन्दा प्राचिन विज्ञान समेत मानिएको छ । हातको मणिबन्ध रेखा हेरेर ब्यक्तिको गोप्य जानकारी समेत लिन सकिने हस्तरेखा विज्ञहरुको बताउँछन् ।

    के हो त मणिबन्ध रेखा ?
    हाम्रो हातमा जहाँबाट हत्केलो प्रारम्भ हुन्छ त्यहाँ हुने केही रेखालाई मणिबन्ध भनिन्छ । हत्केलोको यो भागमा हुने रेखा ब्यक्तिको उमेर र भाग्यसँग सम्बन्धित हुन्छन् ।

    कुन मणिबन्द रेखाको अर्थ के ?
    यदि कुनै ब्यक्तिको मणिबन्ध रेखा हुने भाग भरिएको छ र यसमा हाडको उठेको भाग देखिँदैन भने यो शुभ लक्षण मानिन्छ । यसले मानिसलाई भाग्यशाली बनाउँछ ।

    १ मणिबन्ध रेखाः
    यदि कुनै ब्यक्तिको मणिबन्धमा एक मात्र रेखा छ भने त्यस्तो ब्यक्ति श्रेष्ठ गुण भएको हुने मानिन्छ । मणिबन्धको रेखा खण्डित भएको छैन र सिधा छ भने यसले जीवनमा प्रगति गर्ने बुझाउँछ । यस्ता ब्यक्ति धनी पनि हुन्छन् ।मणिबन्ध रेखामा १ मात्र रेखा भएमा त्यस्तो ब्यक्तिको उमेर केवल ३० वर्ष सम्म मात्र हुन्छ अझ त्यसमा अशुभ रेखा समेत भएमा उमेर कम समेत हुन सक्ने हस्त रेखा विज्ञहरु बताउँछन् । मणिबन्धको एक मात्र रेखा अल्पायुको संकेत हो ।

    यदि कुनै ब्यक्तिको हात्केलामा मणिबन्ध रेखा झरेको र खुल्ला जस्तो देखियो भने यो अशुभ मानिन्छ । मणिबन्ध सुन्दर नहुनेहरुको हत्केलो हल्लाउँदा आवाज समेत आउँछ । यो दुर्भाग्यको संकेत हो ।गरुड पुराणका अनुसार यदि मणिबन्धमा हाड दखिँदैन भने नारी र हत्केलो बलियो मात्र हुँदैन यो शौभाग्यको प्रतिक हो । मणिवन्ध रेखाहरु विपरित भएमा मानिसलाई जीवनमा दुःख हुने र दुर्घटना समेत सामना गर्नु पर्न सक्ने हुन्छ ।हरेक मानिसको हातमा मणिबन्ध रेखा हुन्छन् । कसैको एक हुन्छ भने कसैको तीन सम्म पनि हुन्छन् ।

    मणिबन्धमा २ रेखाः
    मणिबन्धमा २ रेखा सग्ला भएमा यो शुभ मानिन्छ । यस्ता ब्यक्ति मन्त्री र प्रधानमन्त्री पनि बन्न सक्छन् । यिनीहरुलाई सँधै सुविधा प्राप्त हुन्छ ।तर यस्ता रेखा २ भएपनि विचमा टुटेको भए भने यो अशुभ हो यस्तो हुने ब्यक्तिले जीवनमा कठिन परिश्रम गर्नुपर्छ । यस्ता रेखा हुने ब्यक्तिको उमेर ४५ देखि ५५ वर्ष सम्म हुन्छ तर अशुभ भएमा कम पनि हुन सक्छ ।

    मणिबन्धमा ३ रेखाः
    यदि मणिबन्धमा ३ रेखा छन् भने र रेखा टुटेको छैन भने यो असाध्यै भाग्यशाली संकेत हो । यस्तो मणिबन्ध हुने ब्यक्तिले राजसी सुख प्राप्त गर्छन् ।यद्यपी मणिबन्धमा ३ रेखा हुनु मात्र शुभ संकेत भने होइन रेखाबीचमा टुटेको छ भने यो अशुभ हो । यस्ता रेखा हुने ब्यक्तिले जीवनभर संघर्ष गर्नु पर्ने हुन्छ ।मणिबन्धमा ३ रेखा छन् र सग्ला छ भने त्यस्ता ब्यक्तिको उमेर ७० देखि ८५ वर्ष सम्म हुन्छ । तर अशूभ लक्षणले भने उमेर कम पनि पार्न सक्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं