SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/७ गते
    १०२८ &#२३४६;&#२३३५;&#२३२५;

    वरिष्ठ न्युरो सर्जन तथा पूर्वमन्त्री उपेन्द्र देवकोटाले जीवनको अन्तिम कालखण्डमा एउटा रहरलाग्दो ठाउँ दरबारमार्गको महेन्द्र शालिक अगाडि उडल्याण्ड होटल सँगैैको घर किने । नियमित पाइराखेको भाडा केही समयसम्म खातामा आउँथ्योे । उनको निधन भयो । केही समय परिवार शोकमा रह्यो । शोकपछि नियमित काममा फर्केकी पत्नी मधु दीक्षितले खाता खालि देखेपछि पसलधनीलाई खोजिन् ।

    पसलधनी थिए अघिल्लो अर्थात् संविधानसभाकालको संसद्का क्याण्टिन सञ्चालक बागलुङका सञ्जय अधिकारी ।त्यो बेला तत्कालीन माओवादीका दीनानाथ शर्मादेखि जनमोर्चाका परी थापाहरू समेतलाई सहमत गराएर क्यान्टिनको ठेक्का पार्नेदेखि मूल्य बढाउनेसम्मको खेल भएको थियो । बैठकको खाना, खाजाका बिलसमेत संख्यादेखि दर बढाएर ठूलो घोटाला हुने गरेको हो ।

    अधिकारीलाई दीक्षितले भेटेपछि अनेक बहानामा टार्दै र सम्पर्कविहीन हुँदै जान थाले । जेठमै करार अवधि सकिएको, भाडा नतिरेको उल्टै आफैं घरधनी बनेर भारतीय नागरिकलाई मासिक २ लाख भाडा लिनेगरी तल्लो तलामा रेमण्ड चश्मा पसल चलाउन दिएको, माथिल्लो तलामा अनलाइन र पत्रिकाको कार्यालय तथा साइडमा अर्को पसल राखेर भाडा उठाई आफैं खाने गरेको, डान्सबारबाट समेत पैसा उठाएको भन्दै दीक्षितले उजुर गरिन् ।

    दरबारमार्ग प्रहरीले बोलाएको छ, आउँला भनी टार्दै गयो । त्यसपछि पुगिन् वडा कार्यालय । वडाले झन् टेरेन । महानगरपालिकामै पुग्दासम्म न भाडा उठ्यो न घर खाली नै भयो । आफ्नै घरमा यस्तो माथापच्ची गर्नुपरेपछि गृह सचिव प्रेमकुमार राईकोमा पुगेर कथा व्यथा सुनाइन् ।आफ्नै घरमा यसरी व्यापारीको राज चलेको, वडा, महानगरपालिका र दरबारमार्ग प्रहरीले नटेरेको कुरा सुनेपछि राईले आलम शैलीका व्यक्ति अनेक आवरणमा जहाँतहीं भएको भन्दै प्रहरीको सातो लिए ।

    उपत्यका डिआइजी शैलेश थापा क्षेत्रीलाई फोन गरेर तत्काल त्यो पसलमा ताला लाइदिनू र चाबी मधु दीक्षितलाई दिनू भन्ने आदेश दिए । यो लामो घटनाक्रमपछि आइतबार प्रहरीले ताला लाइदियो र चाबी दीक्षितलाई दियो ।तर, अधिकारीले अस्ती सोमबार साँझ दलबल साथ पुगेर ताला फुटाए । र, घरधनी छिर्न नपाउन् भनी अर्काे ताला ठोकिदिए । कुरा गृहमन्त्रीसम्म पुगे पनि सचिवले नै प्रहरीलाई कार्यान्वयन गरी नतिजा निकाल्न निर्देशन दिएको अवस्था रहेको खवर जनआस्था साप्ताहिकले छापेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं