SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/६ गते
    ८०७ &#२३४६;&#२३३५;&#२३२५;

    विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेर ‘डन’का रूपमा चिनिएका व्यक्तिहरू अझै राजनीतिक पार्टी र नेताको संरक्षणमा रहँदै आएका छन् । राजनीतिक आडमा विगतदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेका उनीहरू प्रहरीको ‘इन्काउन्टर’ अपरेसनपछिका पछिल्ला समय केही कमजोरजस्तो देखिए पनि राजनीतिक संरक्षणबाट भने अलग्गिएका छैनन् । सोही आडमा उनीहरूले आफूलाई डनका रूपमा सुरक्षित अवतरण भने गराउँदै आएका छन् ।

    केही डन त राजनीतिक शक्तिका आडमै बढुवा भएर नेता हुँदै सांसदसम्म बनिसकेका छन् । केहीले भने डनबाट पलायन भएर आफ्नै व्यवसाय सञ्चालनसमेत गर्दै आइरहेका छन् । धेरैजसो गुन्डा नाइके वा डनहरूले कुनै न कुनै पार्टीको सदस्यता लिएका छन् ।

    केहीले भने पारिवारिक सम्बन्ध बनाएर प्रत्यक्ष साँठगाँठमा आफूलाई सुरक्षित राखेका छन् । केही गुन्डा नाइके पलायन भएर विदेश पुगेका छन् भने केही विभिन्न किसिमका व्यवसायतर्फ लागेका छन् । नेपाल प्रहरीका प्रवक्तासमेत रहेका डीआईजी विश्वराज पोखरेल भने डनहरू अन्यत्र पलायन हुनु वर्तमान सरकार, गृह नेतृत्व र प्रहरीको सफलता भएको बताउँछन् । राजधानी दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार बिस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने...

    जनमत पार्टी सरकारबाट बाहिरियो, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

    काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

    नेपालको जलस्रोतको बारेमा मंत्री खानले उठाएको बिषय सराहनीय : उपाध्यक्ष मौलाना मशहूद

    कपिलवस्तु, । न्यूयोर्कमा द ब्रुकलिन च्याम्बर अफ कमर्शले राखेकाे कार्यक्रममा द यूनाइटेड नेशन्स वाटर कान्फ्रेन्समा...

    रवि लामिछानेलाई प्रश्न : स्वर्णिम वाग्लेलाई तनहुँ १ मा उठाउन लाग्नुभएको ?

    काठमाडौं । आफूलाई पुस्तैनी कांग्रेस बताउँदै आएका अर्थशास्त्री स्वर्णिम वाग्लेले आज बिहीबार पार्टी परित्याग गरेको...

    ओली भन्छन् : मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं