SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/५ गते
    ७५४ &#२३४६;&#२३३५;&#२३२५;

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
    तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् भने नया प्रबिधिको प्रयोग मार्फत खोजिमुलक काम गर्न सकिनेछ । शिक्षा क्षेत्र जस्तै स्कुल कलेज तथा यस्तै सस्थासँग सम्बन्धित कामहरुबाट मनग्गे आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने सकिनेछ । चिठ्ठा तथा उपहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ भने माया प्रेममा निजिक भई भावना साटासाट गर्न सकिनेछ ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
    व्यापार व्यावसायमा प्रशस्त समय खर्र्चिए पनि थोरै उपलब्धिमा चित्त बुझाउँनु पर्नेछ । कृषि तथा पशुपालन अगाल्नेहरुले व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि आय आर्जन बढाउँन सक्नेछन् । स्थाई तथा पैत्रिक धन सम्पतिमा बिवाद आउँने योग रहेकोछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
    छोटो तथा महत्वपुर्ण यात्राको तय हुनेछ भने पराक्रम बढेर जाने हुँनाले शाहसिलो काम गर्ने जोस जागर बडेर आउँनेछ । कुसस्कार तथा अन्धबिश्वास बिरुद्ध कलम चलाएर तपाईबाट समाजमा जनचेतना फैलाउने काम हँुनेछ । लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल हुनेछन् भने अदालत तथा न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
    नया नया कामको प्रश्ताब आउनेछ भने तपाईले शुरु गरेको काममा साथ दिने तथा सहयोग गर्ने मानिसहरु भेटिनेछन् । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक व्याबस्थापनका मुद्दाहरु हल भएरु जानेछन् । छोटो तथा लामो दुरिको उपलब्धिमुलक यात्राको तय हुनेछ भने यात्राका क्रममा राम्रा तथा परिणाममुखि कामहरु गर्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
    समय मध्ययम रहेकोले राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचना सहनुपर्नेछ । व्यापारमा भनेजस्तो नहुँदा रुपैया पैसाको व्यावस्थापन गर्न गाह्रो हुनेछ । आफन्त तथा घर भित्रकै मानिसहरुले असहयोग गर्ने तथा हल्लाको पछि लाग्नाले दुख पाईनेछ। स्वास्थ्यको ख्याल गर्नुहोला समस्या बल्झन सक्छ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटाब बढ्नेछ भने पति पत्निबिचको सम्बन्धमा दरार आउँन सक्छ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
    स्वास्थ्यमा सुधार भएर जाने तथा पुरानो रोगहरु केहि भए अलि बिसेक हुनेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ । घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरामाईलो लाग्नेछ । व्यापार व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ भने बिदेशि भाषा तथा बिदेशि सस्थासँग सम्बन्धित कामहरु बाट मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
    लामो समय देखि रोकिएर बसेका कामहरु बन्नेछन् भने आएस्रोतका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । नयाँ काम गरि मनग्गे लाभ लिन सकिनेछ भने समय र श्रमको उचित मुल्याङकन हुँदा मन प्रशन्न रहनेछ । दाजुभाईको सहयोगले राम्रा तथा परिणाममुखि कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउँदै सबैको मन आफुतिर आकर्शित गर्न सकिनेछ ।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
    माता पिताको कामबाट मन प्रशन्न हुनेछ भने भनेजस्तो सहयोग पाईने हुनाले दैनिक काम सहज रुपमा सम्पन्न हुनेछ । राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । व्यापारमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
    पढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जाने हुँनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुँने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । पुराना साथिभाई सँग भेटघाट गरि नँया योजना प्रस्तुत गर्न पाउँदा गर्बको महशुस हुनेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
    घर परिवार तथा बिशेष गरि दिदि बहिनी सँग मनमुटाब बढ्ने योग रहेकोछ । भौतिक तथा सवारि साधन प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । खानपान तथा बाहिरी बाताबरणको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आई काम गर्न असजिलो महशुष हुनेछ । माया प्रेममा सामान्य मनमुटाब हुँने तथा नचाहादा नचाहादै छुट्टिनु पर्ने बाध्यता आउँनेछ । पढाई लेखाईमा मन नजाने हुँनाले नतिजा अरुकै पोल्टोमा पर्नेछ ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
    पढाई लेखाईमा थोरै समय दिदापनि प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात लाग्नेछ । जीवन साथिको सहयोेगले आर्थिक व्यावस्थापनका मुद्दाहरु हलगर्दै सम्बृद्धिको बाटोमा लम्कन सकिनेछ । मायाप्रेममा गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा रुपान्तरण गरि अगाडि बढ्ने सहमती जुट्नेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्नसकिनेछ ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
    कामको सन्द्रर्भमा आउँने प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ भने खर्च बढेपनि उपलब्धिमुलक कामहरु हुनेछन् । बिवादित बिषयहरु आफ्नो पक्षमा फैसला हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । आफन्त,मित्र तथा मावलि पक्षबाट तपाईको बौद्धिकतालाई सम्मान गर्ने तथा नयाँ काम गर्न खोज्दा सहयोग हुनेछ । माया प्रेम तथा रोमान्सको क्षेत्र स्वत स्फुर्त बलियो बन्ने योग रहेकोछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको बिहादीमा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुँदै

    पर्वत।पर्वतको बिहादी गाउँपालिकामा बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । बिहादी-३ रानीपानीको...

    अनिवार्य रुपमा क्रसर खोल्नुअघि सार्वजनिक सुनुवाई गर्नुपर्ने प्रस्ताव

    काठमाडौं । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका सांसदहरुले क्रसर खोल्नुअघि अनिवार्य रुपमा सार्वजनिक सुनुवाई...

    नक्कली गार्ड र शिक्षक एसईईमा चिट चोराएको आरोपमा पक्राउ

    काठमाडौं । एसईई परीक्षामा चिट चोराएको आरोपमा बारा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।...

    चार दिन अघि कर्णाली पुलबाट हाम फालेका युवकको शव भेटियो

    घोडाघोडी। चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवकको शव...

    पूर्वराजा ज्ञानेन्द्र शाह मधेश र चितवनपछि अब कर्णाली भ्रमणमा

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको छ । उनी नागरिक अभिनन्दनसहित विभिन्न जिल्लाको भ्रमणमा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं