SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/२ गते
    १६६७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडाैं, । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सैद्धान्तिक सहमति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अपराह्न बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको अधिकारको विषय भएको भन्दै पुनर्गठन गर्न सैद्धान्तिक सहमति दिएको हो ।

    ‘सरकारको काम प्रभावकारी बनाउन प्रधानमन्त्रीले आफ्नो विशेष अधिकार प्रयोग गर्नुपर्छ । त्यसका लागि तपाईंलाई ढोका खुला छ तर छिटो गर्नुस् । बाहिर मन्त्रिपरिषद् पुनर्गठनको धेरै हल्ला भएको छ। यसले सरकारको कामलाई ढिलासुस्ती गराउँछ’, बैठकमा सचिवालय सदस्यहरुले प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

    एक सचिवालय सदस्यका अनुसार प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुर्नगठन गर्न ढिला नगर्ने बताएका थिए । ‘प्रधानमन्त्रीले ढिला नगर्ने भन्नुभएको छ । उहाँको विशेष अधिकार भएकाले जति बेला पनि मन्त्रिहरु हेरफेर गर्ने सम्भावना छ’, उनले भने। यस विषयमा ओलीले सोमबार निर्णय गर्न सक्ने बताइएको छ । प्रधानमन्त्री ओलीले दुई महिनाअघि नै मन्त्रीहरुको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए । हुन्। उनले आफ्नो सचिवालयमा पनि हेरफेर गरेका छन् । आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरुका बारेमा सचिसाउनयता मन्त्रीहरुको काममा ढिलासुस्ती भएको र त्यसले जनतामा सेवा प्रवाह प्रभावकारी नभएको भन्दै मन्त्रिपरिषद् पुनर्गठन गर्ने संकेत गरेकावालय सदस्यहरुलाई जानकारीसमेत गराएका थिए ।

    ‘सचिवालय सदस्यहरुले यो विषय तपाईंकै विशेष अधिकार भएकाले मन्त्री फेर्ने हल्ला गर्नेभन्दा पनि काम गरिहाल्नुपर्ने हुन्छ त्यसकारण छिटै गर्नुहोस् भनको छौं’, बैठकपछि एक सचिवालय सदस्यले भने। ती सदस्यका अनुसार अध्यक्षद्वयको प्रस्तावमा सचिवालयले मन्त्रिपरिषद् पुनर्गठनमा सैद्धान्तिक सहमति जनाएको हो । मन्त्रिपरिषद् पुनर्गठनमा सुरेन्द्र पाण्डे, वसन्त नेम्बाङ, पदम गिरी, प्रभु शाह, जनार्दन शर्मा, देवेन्द्र पौडेल, पम्फा भुसाल, प्रेम आले, कृष्णगोपाल श्रेष्ठ, घनश्याम भुसाल, पार्वत गुरुङ, यज्ञराज सुनुवार, विशाल भट्टराई, किसान श्रेष्ठ र छविलाल विश्वकर्माको नाम चर्चामा छ। नेताहरुबीच सुरेन्द्र पाण्डेलाई मन्त्री बनाउने विषयमा आन्तरिक सहमति जुटिसकेको छ ।

    नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले चितवनको एक कार्यक्रममा पाण्डेको नाम लिएर मन्त्री बन्ने सूचीमा रहेको बताएका थिए । नयाँ मन्त्रीका लागि वसन्त नेम्बाङ, पदम गिरी, प्रभु शाह, जनार्दन शर्मा, देवेन्द्र पौडेल, पम्फा भुसाल, प्रेम आले, कृष्णगोपाल श्रेष्ठलगायतको नाम चर्चामा छ । त्यसैगरी घनश्याम भुसाल, पार्वत गुरुङ, यज्ञराज सुनुवार, विशाल भट्टराई, किसान श्रेष्ठ, छविलाल विश्वकर्माको नाम पनि चर्चामा छ । बैठकमा केही नामबारे चर्चा भए पनि उनीहरुलाई कुन मन्त्रालय दिने भन्नेबारे छलफल भएको छैन । बैठकमा अध्यक्ष दाहाललाई पार्टीको कार्यकारी अधिकार प्रत्यायोजन गर्ने विषयमा छलफल भए पनि त्यसले सार्थकता पाएको छैन । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थालाई ध्यान दिएर पार्टीको कार्यकारी अधिकार दाहाललाई दिने कुरा ओली आफैंले उठाएका थिए ।

    तर दाहालले अहिले सहमतिमै काम भइरहेको छ भनेपछि सो विषय अघि बढेको थिएन । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दाहाललाई पार्टीको कार्यकारी अधिकार दिने विषयमा कुनै छलफल नभएको बताए । त्यस्तो कुनै छलफल भएको छैन’, प्रवक्ता श्रेष्ठले भने। बैठकले नेकपा प्रवास इन्चार्ज, अध्यक्ष र सचिव तोकेको उनले बताए। प्रवक्ता श्रेष्ठका अनुसार प्रवास इन्चार्जमा विन्दा पाण्डे, सहइन्चार्जमा लक्ष्मणदत्त पन्त, प्रवास अध्यक्षमा युवराज चौलागाईं र सचिवमा श्रीप्रसाद शाहलाई तोकिएको छ । नागरिक दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कास्कीमा सामुदायिक विद्यालय तर्फ बाटुलेचौरको विन्ध्यवासिनी र संस्थागत तर्फ मदरल्याण्ड उत्कृष्ट

    शिशिर, पोखरा।कास्कीमा सामुदायिक विद्यालय तर्फ बाटुलेचौरको विन्ध्यवासिनी मावि र संस्थागत तर्फ मासवारको मदरल्याण्ड मावि यस...

    अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको अध्यक्षमा राहुल रेग्मी निर्बिरोध चयन”

    सचिन्द्र श्रेष्ठ ,काठमाडौं । बिभिन्न मुलुकमा छरीएका नेपाली समुदायलाई नियमित रुपमा रक्तदान,यसको महत्व, प्रभावकारीता,जनचेतना ,नियमित...

    बालबालिकाको स्वास्थ्य परीक्षण, बाल सुुधार गृहमा फलफुल वितरण

    पोखरा। ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा शारीरिक अपांगता भएका बालबालिकको पहिचान तथा स्वास्थ्य परीक्षण...

    लोकदोहोरी गीत प्रतिष्ठानबाट मन क्षेत्री र नन्दमाया दुरा सम्मानित

    पोखरा। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक...

    एन प्याव्सनको श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर प्रथम

    पोखरा। एन प्यानव्सन कास्कीले आयोजना गरेको दोस्रो नेपाली पठन सिप एवम् श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर एकेडेमी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं