SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/३० गते
    ७६७ &#२३४६;&#२३३५;&#२३२५;

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
    यो महिना राशिस्वामी मङ्गलले सातौं भावमा र सूर्यले आठौं भावमा यात्रा गर्ने समय छ । यसको प्रभावले अध्यात्म, ध्यान र कसरतमा रुचि बढ्नेछ । यो दुर्घटनाकारक भाव भएकाले सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सावधान हुनु राम्रो हुन्छ । स्वास्थ्यस्थितिप्रति समेत सचेत हुनुपर्छ, खानपान र आहारविहारको अनुशासन पालना गरेको जाति हुन्छ । आफूबाहेक अभिभावक वा परिवारको कुनै सदस्यको स्वास्थ्यमा समेत नकारात्मकता देखिन सक्छ । पारिवारिक विवादमा संयमता अपनाउनु राम्रो हुन्छ, किनभने मानसिक अशान्ति र बेचैनीको योग छ, नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले विनाकारण झगडा र विवाद हुनेछ । शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ, महत्त्वपूर्ण कागजातमा हस्ताक्षर गर्नुअघि राम्ररी पढ्नु बेस होला । उता राशिस्वामी मङ्गलको सातौं भावमा उपस्थिति रहेकाले दैनिक कामकाज र व्यवहारमा अनेकानेक कठिनाइको सामना गर्नुपर्छ । सहयोगी र साझेदारहरूसँग विवाद हुने सम्भावना छ ।

    बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
    सूर्यले सातौं भावमा र राशिस्वामी शुक्रले सातौं, आठौं र नवौं घरको यात्रा गर्ने यो महिना मध्यम प्रकृतिको समय रहने छ । यो समय खासगरी जीवनसाथी वा व्यवसायिक साझेदारसँग मतभेद बढ्ने समय हो । मानसिक तनाव र खिन्नता बढ्ने समय भएकाले झिनामसिना कुरामा चिन्ता र शङ्का गर्नहुदैन । निरङ्कुश बानी र कडापन तपाईंका कमजोरी बन्नसक्छन् । घरायसी व्यवहारमा कडापन बढ्न सक्छ, त्यसैले परिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयमता अपनाउनु राम्रो हुनेछ । व्यक्तिगत स्वास्थ्यस्थितिप्रति गम्भीर हुनु जाति हुन्छ । कार्यक्षेत्रमा एक्लै खटेर मिहिनेत गर्नुपर्ने परिस्थिति छ, नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् । आर्थिक पक्ष बलियो छैन, बाध्यताका खर्चमा धनव्यय हुनेछ । तर तपाईंको जीवनसाथीले आफ्नो कार्यक्षेत्रमा उन्नति गर्नेछन् । त्यस्तै राशिस्वामी शुक्रको प्रभावले यस समयमा रागात्मक मनोवृत्ति, गीतसङ्गीत एवं अन्य ललितकलाका विषयहरूमा र सुगन्धित एवं सौन्दर्यपूर्ण वस्तुहरूमा झुकाव बढ्ने छ । पेसागत र व्यवसायिक परिस्थतिमा सुधार आउने छ । धनसम्पत्तिको लाभ हुने सम्भावना छ । पारिवारिक वातावरण पनि सुखद हुनेछ । पेसा र व्यवसायमा देखिएका अड्चन र बाधा हटाउन तथा शत्रुदमन गर्न प्रयास गरिने छन् । समग्रमा समय राम्रै भए पनि ०४ गतेदेखि २८ गतेसम्म राशिस्वामी अष्टम भावमा रहने हुँदा यस अवधिमा वाहनादिमा यात्रा गर्दा सावधान हुनु बेस हुनेछ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
    सूर्यको छैठौं भावको तथा राशिस्वामी बुधको पाँचौं र छैटौं भावको यात्रा हुने यो महिना तपाईंका लागि उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । पहिले देखिएका प्रायशः समस्याहरूको निराकरण हुनसक्छ । मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । शत्रु र प्रतिस्पर्धीमाथि पकड कायम हुनेछ । पछाडि उछित्तो काड्ने र कुरा काट्नेहरू आफैं चुप लाग्नेछन् । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । आफ्नो सर्कलमा सम्मान र साख मिल्नेछ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । उता राशिस्वामी बुधको प्रभावले यो समय प्रणय र रोमान्सका लागि पनि राम्रै छ । सृजनशीलताको प्रशंसा र सराहना हुनेछ । तर छैटौं भाव झगडा र रोगको घर भएकाले मौसमी रोगको चाप बढ्ने सम्भावना छ, त्यस्तै उधारोमा गएको धन फिर्ता नहुन सक्छ, अनि पारिवारिक किचलो र बिना उद्दश्यको यात्रामा समयको बर्बादी हुनसक्छ । त्यस्तै सङ्क्रान्तिकै दिन राशिमा ग्रहण योग भएकाले कुबुद्धि हाबी हुने महिना पनि हो, बढी महत्त्वाकाङ्क्षी बन्नु हुँदैन, सचेत हुनुपर्छ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
    पञ्चम भावमा सूर्यको उपस्थिति रहेको यो महिनाको संक्रान्तिका दिन राशिस्वामी चन्द्रमाले बाह्रौं भावको यात्रा गरेको परिस्थिति देखिन्छ । त्यसैले यो आर्थिक पक्ष फितलो बन्नाले मानसिक तनाव उत्पन्न गर्ने महिना हो । हुन त पञ्चम भावमा उपस्थित सूर्यको प्रभावले मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि नै हुनेछ, तर बजेटलाई सन्तुलनमा ल्याउन सक्नुहुन्न, महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि नहुने समय हो । बालबच्चाको खानपिन र स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ । धार्मिक कार्यप्रति रुचि जाग्नेछ । प्रेम जीवनमा उतारचढाव आउनेछ, प्रेमप्रसङ्ग, प्रणय एवं रतिरागका क्षेत्रमा निर्लिप्त हुन यो समय उपयोगी हुँदैन, फकाउने र फुस्ल्याउने काममा समय बित्न सक्छ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ, तर चिन्तनमननमा बढी निर्लिप्त हुनु पनि हानिकारक बन्नसक्छ । आकस्मिक यात्राको अवसर आउन सक्छ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
    राशिस्वामी सूर्यको चतुर्थ भावमा तथा भाग्येश मङ्गलको तृतीय भावमा गोचर भएकाले यो महिना आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय छ । यो समय घमण्ड र जिद्दीपना बढ्ने समय पनि हो, त्यसैले वादविवादका क्रममा, तुजुक देखाउने काममा तथा सवारी हाँक्दा र बाटो काट्दा सावधान र सचेत रहनु ठीक हो । त्यस्तै प्रत्येक कुरामा अडान लिने बानीले दुख पाइने छ, यद्यपि व्यवसायिक क्षेत्रमा लिएको अडानले फाइदा दिलाउने छ । यो समय कडा मिहिनेत र परिश्रम गर्ने महिना हो । निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा समेत कमी आउने छ । मन कुकर्म र गलत आचरणतर्फ आकर्षित बन्न सक्छ । मातापिता र अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ ।

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
    यो महिना राशिस्वामी बुधले द्वितीय र तृतीय भावको यात्रा गर्ने तथा मासाधिपति सूर्यको तृतीय भावमा उपस्थिति रहने समय भएकाले पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । पारिवारिक जीवन सुखद रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोेग लिन/दिन सकिनेछ । लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ, बहुप्रतीक्षित इच्छा, आकाङ्क्षा र उद्देश्य सफल हुनसक्छन् । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । सामान्यतया स्वास्थ्यका दृष्टिकोणले यो समय राम्रै छ, तर व्यवसाय वा काममा बढी मिहिनेत गर्नेहुँदा स्वास्थ्यस्थितिमा नकारात्मक असर पर्न सक्छ । राशिस्वामी बुधको प्रभावले गर्दा आर्थिक तवरले यो उत्तम समय छ । व्यावसायिक कारोबारबाट लाभ मिल्नेछ । परिस्थितिलाई मनन गर्नसक्ने क्षमताको विकास हुनाले जोसुकैलाई पनि आफ्नो विचार र लक्ष्यप्रति सहमत तुल्याउन सकिने छ । सामाजिक प्रसिद्धि प्राप्त हुनेछ ।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
    यो महिना राशिस्वामी शुक्रले दोस्रो, तेस्रो र चौथो भावको यात्रा गर्ने महिना छ, त्यस्तै सूर्यको दोस्रो भावमा उपस्थिति रहने छ । यस्तो परिस्थितिमा यो समय धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्ने समय हो, तर पनि आर्थिक पक्ष पेचिलो नै रहने समय भएकाले खासगरी दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । महत्त्वाकाङ्क्षा राख्नाले निराशा हात लाग्नेछ, त्यसैले बढी रौसिनु हुदैन । शारीरिक तनाव र बोझलाई झेल्नसक्ने सामर्थ्य हुँदाहुँदै पनि पारिवारिक झैझमेला र समस्या बढ्नाले मन विचलित हुनसक्छ र पारिवारिक जीवनमा निराशापना देखिने सम्भावना छ, प्रेम जीवन र दाम्पत्य जीवनमा कलहको सम्भावना भएकाले घरायसी समस्या र परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ । नोकरी र कार्यक्षेत्रमा सन्तोषजनक परिणाम प्राप्त हुनेछ । स्वास्थ्यतर्फ आँखा र मुखको क्षेत्र कमजोर छन् । बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ । यद्यपि राशिस्वामी शुक्रको प्रभावले परिवारमा कुनै माङ्गलिक कार्यको आयोजना हुनसक्छ । विपरीत लिङ्गीसँग सुमधुर सम्बन्ध कायम हुनेछ । महंगा र सुस्वादु भोजनप्रति रुचि जागृत हुनेछ ।

    बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
    तपाईंको आफ्नै राशिमा सूर्यको प्रवेश भएको महिना छ, तर राशिस्वामी मङ्गलले बाह्रौं भावको यात्रा गर्दैछ । त्यसैले यो समय उतारचढावले युक्त समय रहने छ । खासगरी सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । यो महिना धनधान्यमा वृद्धि हुनेछ, यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुनेछ, तपाईमा अहंकार र आडम्बरको भावना पनि विकसित हुनसक्छ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ, जुन सुझबुझ र लगनशीलताका कारण फलदायक सिद्ध हुनेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । स्वास्थ्यस्थितिमा उतारचढाव आइरहने छ, त्यस्तै स्वास्थ्यस्थितिमा असर पर्ने वा परिवारका कुनै सदस्य अस्वस्थ हुने सम्भावना समेत छ, सचेतता अपनाउनु बेस हुने देखिन्छ । राशिस्वामी मङ्गलको द्वादश भावमा उपस्थिति रहेकाले स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । खर्चको मात्रामा बृद्धि भइरहन्छ । सारांशमा यस अवधिमा आर्थिक कारोबार र मानसिक उल्झनलाई व्यवस्थापन गर्न सकेमा राम्रै समय रहने देखिन्छ ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
    यो महिना बाह्रौं भावमा बसेको भाग्येश सूर्य तथा तपाईंको आफ्नै राशिमा रहेको शनिश्चर र केतुको प्रभाव कमजोर रहे पनि राशिस्वामी बृहस्पतिको आफ्नै घरमा उपस्थिति रहेकाले केही सकारात्मक परिणामको आशा गर्न सकिने महिना छ । खासगरी यस अवधिमा क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गरी अघि बढेमा मात्र लाभ पाउन सक्नुहुनेछ, भन्ने कुरामा हेक्का राख्नु आवश्यक छ, नत्र कुनै कामकुरामा गलत निर्णयका कारण अकल्पनीय हानि पनि हुनसक्छ । पारिवारिक भरणपोषण र बाध्यताका खर्चमा वृद्धि हुने समय च छँदैछ, त्यसमाथि जुवातास, लटरी र सट्टापट्टातर्फ हौसिनु ठिक हुनेछैन । धनमाल हराउने वा चोरी हुने सम्भावना पनि छ । तर पञ्चमेश मङ्गल र राशिस्वामी बृहस्पतिको प्रभावले केही राम्रा काम बनाउन सकिने समय पनि हो । खर्चको मात्रामा बृद्धि भइ रहे पनि यस अवधिमा आय आर्जनका मार्गमा पनि बढोत्तरी हुनेछ । जेजस्तो विपरीत परिस्थिति भए पनि मन प्रसन्न र फुर्तिलो रहनेछ र परिवारमा पनि कुनै माङ्गलिक कार्य सम्पन्न हुनेछ, योग्यताको प्रयोग गरी विपरीत परिस्थितिलाई समेत आफ्नो पक्षमा ल्याउन सकिने छ । परिवारमा सुखसुविधाको जोहो हुनेछ ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
    राज्यस्थानमा रहेको सूर्यको प्रभावले यो महिना इच्छा र आकाङ्क्षा पूर्ण हुने समयको आगमन भएको देखिन्छ । उता भाग्येश बुधले पनि दसौं र एघारौं घरको यात्रा गर्ने भएकाले आशावादी नै बन्ने समय हो, तर राशिस्वामी शनिश्चर र बृहस्पति बाह्रौं भावमा रहेकाले केही काममा बाधाअवरोध खडा हुनाले यस महिनालाई मध्यम फलप्रदायक समय बनाएको देखिन्छ । सूर्य र बुधको शुभ प्रभावले बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुनेछन् । सरकारी ओहोदाका विशिष्ट व्यक्तिहरूको सहयोग जुटाउन सकिन्छ । सरकारी कामबाट फाइदा हुनेछ । थालेको काम छिटै सम्पन्न हुन्छ । स्वयं आफैंले वा जीवनसाथीले बढुवा/प्रशंसा पराउने योग छ । नातागोताका सदस्यहरूबाट सहायता मिल्नेछ । यस समयमा गरिएका किनमेल र कारोबारहरू सफल हुनेछन् । करार र सम्झौताबाट लाभ मिल्नेछ । दाम्पत्य जीवन, घरायसी सुख, प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय हो । आय आर्जनका मार्गमा सुधार आउने छ । लामो यात्रा सुखद र सफलतम सिद्ध हुनेछ । तर राशिस्वामी शनिश्चर र बृहस्पतिको प्रभावले असुरक्षाको भावना जाग्नेछ । अर्काका लागि काम गर्नुपर्ने हुन्छ । खर्च धेरै हुनेछ । शत्रु र प्रतिस्पर्धीले तनावको सिर्जना गर्नेछन् । त्यसैले समय बलियो तुल्याउनका निमित्त विपरीत परिस्थितिलार्ई सामना गर्न आँफूभित्र प्रतिरोधात्मक शक्तिलाई विकसित तुल्याउनु राम्रो हुन्छ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
    राज्यस्थानमा बसेको राशिस्वामी शनिश्चर र कर्मक्षेत्रमा रहेको सूर्यको प्रभावले यो महिना अत्यन्त क्रियाशील र व्यस्त रहने कर्मक्षेत्रको परीक्षणको समय हो । व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ, हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । त्यस्तै मिहिनेत गरेमा नयाँ व्यवसाय वा रोजगारीको प्रबल सम्भावना छ, साथै गरीआएको काममा बढुवा वा प्रगति हुनेछ । यस अवधिमा गरिएको कडा मिहिनेत र परिश्रमको राम्रो परिणाम पाउन सक्नुहुन्छ । दैनिक व्यवहार र घरायसी वातावरणमा भने उतारचढाव भइरहनेछ, सङ्क्रान्तिका दिन भाग्यस्थानमा ग्रहण योग परेको हुँदा घरका वरिष्ठ सदस्यको स्वास्थ्यस्थिति भने चिन्ताको विषय बन्नसक्छ । जेजस्तो भए पनि यस अवधिलाई सन्तोषजनक समयका रूपमा लिन सकिन्छ । व्यवसायिक/व्यापारिक दृष्टिले फलदायी यात्राको सम्भावना छ । अधिकतम आर्थिक समस्याहरू हल हुनसक्छन् । उता पञ्चमेश बुधले भाग्यस्थान र कर्मक्षेत्रको भ्रमण गर्ने भएकाले प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । ख्याति, प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुनेछ । बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ । भाग्येश शुक्रले समेत दसौं र एघारौं घरमा बसेर शुभफल प्रदान गर्ने समय छ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
    भाग्य भावमा सूर्यको प्रवेश भएको छ । पहिले नै कर्मक्षेत्रमा राशिस्वामी बृहस्पतिको उपस्थिति रहेको छ, अतः यो महिना पिता, परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने समय हो । अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्द्धामा सफल भइने छ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । सन्तानले उन्नति/प्रगति गर्नेछन्, सामाजिक वा परोपकारी काममा मन जानेछ । भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । उच्च पदमा प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले राम्रै समय छ । तर भाग्येश मानिएको मङ्गल ग्रह अष्टम भावमा बसेको साथै चतुर्थ भावमा सङ्क्रान्तिका दिन ग्रहण योग बनेकाले यस समयमा जोखिमपूर्ण काम गर्नु उचित हुँदैन, जुवातास, लटरी र सट्टापट्टामा धन नाश हुनसक्छ । आफ्ना परिजन र घरपरिवारकै सदस्यका कारण समेत तनावको सामना गर्नु पर्ने हुन्छ । कार्यक्षेत्रमा बोझ बढ्ने सम्भावना भएकाले धेरै मिहिनेत गर्नुपर्छ । महत्त्वहीन र बेकारका काममा आफ्नो शक्ति र समयको खर्च हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    यहि अप्रिल २१ तारिख गगन थापा क्यालिफोर्निया आउदै, यस्तो छ कार्यक्रमको तयारी

    बैकुण्ठ गिरी, क्यालिफोर्निया । नेपाली काङग्रेसका प्रभावशाली नेता तथा महामन्त्री गगनकुमार थापा यहि आउदो अप्रिल...

    गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकटका कृति प्रकाशन गरिदिने

    राजाराम पौडेल, पोखरा । उपचारका क्रममा मंगलबार निधन भएका साहित्यकार प्रकट पंगेनी शिवका प्रकाशन हुन...

    यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण

    पोखरा । यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण...

    नेपाली क्रिकेट खेलाडीको लागी अमेरिकामा सहयोगको बर्षा एकैदिनमा १२ हजार डलर संकलन

    बैकुण्ठ गिरी, अमेरिका । गैर आवासिय नेपाली संघ राष्टिय सम्वनय परिषद, युवा बिद्यार्थी र खेलकुद...

    यूनाइटेडको रक्तदानमा ८५ यूनिट रगत संकलन

    पोखरा । यूनाइटेड क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा ८५ यूनिट रगत संकलन भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं