SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२९ गते
    ७७६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । पछिल्लो समय दैनिक उपभोग्य हरियो तरकारीको मूल्य अकासिएको छ । गत वर्षको यसै अवधिको मूल्यअनुसार तरकारीको यस वर्षको मूल्य तीन गुणासम्म वृद्धि भएको पाइएको हो ।

    तरकारीको मूल्य अकासिएपछि त्यसको असर प्रत्यक्ष रूपमा सर्वसाधारणमा देखिन थालेको छ । जसका कारण सर्वसाधारण नागरिकलाई महँगीले भान्सा चलाउनसमेत हम्मेहम्मे परेको छ । कात्तिक तथा मंसिरलाई हरियो तरकारीको सिजनका रूपमा हेर्ने गरिएको भए पनि अहिले बजारमा प्रतिकिलो सय रुपैयाँभन्दा तल कुनै पनि तरकारी पाउन मुस्किल छ ।

    कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष हरियो तरकारीको मूल्य झन्डै तीन गुणासम्म बढेको देखिएको हो । कुनैकुनै तरकारीमा गत वर्षको मूल्यभन्दा प्रतिकिलो २ सय ५० रुपैयाँसम्म बढेको छ ।

    समितिले सार्वजनिक गरेको अघिल्लो वर्षको यसै अवधिको मूल्य सूचीअनुसार यस वर्ष काउली, घिउसिमी, बोडी, तीतेकरेला, ब्रोकाउली, परवल, बन्दा, गोलभेंडा, पालुगोको साग, चमसुर, मेथीको साग, हरियो धनिया, अदुवा, प्याज, गाँजर, चुकुन्दरलगायतका दैनिक उपभोग्य वस्तुको मूल्य दुईदेखि तीन गुणासम्म वृद्धि भएको छ ।समितिको तथ्यांकले गत वर्षको २८ कात्तिकको मूल्य सूचीअनुसार यस वर्षको सोही अवधिमा हरियो तरकारीको मूल्य बढेको देखाएको हो ।

    समितिका प्रवक्ता विनय श्रेष्ठले भने बजारमा तरकारीको आपूर्ति कम हुँदा मूल्यवृद्धि भएको बताए । उनका अनुसार तरकारी बाली लगाउने समयमा धेरै वर्षा भएको र तरकारी लगाउनसमेत ढिलाइ भएका कारण मूल्य बढेको हो ।प्रवक्ता श्रेष्ठले विभिन्न जिल्लाबाट कालिमाटीमा फलफूल तथा तरकारी बजारमा दैनिक ९ देखि १० टन भित्रिँदै आएकोमा हाल ७ टनमा सीमित भएको समेत जानकारी दिए ।ता उपभोक्ताकर्मीहरू भने नियामक निकायले अनुगमन नगरेका कारण मूल्यवृद्धि भएको बताउँदै आएका छन् । नीहरूका अनुसार नियामक निकायबाट नियमित अनुगमन नहुँदा बजारमा बिचौलिया हावी भएका कारणसमेत दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको हो । राजधानी दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार बिस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने...

    जनमत पार्टी सरकारबाट बाहिरियो, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

    काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

    नेपालको जलस्रोतको बारेमा मंत्री खानले उठाएको बिषय सराहनीय : उपाध्यक्ष मौलाना मशहूद

    कपिलवस्तु, । न्यूयोर्कमा द ब्रुकलिन च्याम्बर अफ कमर्शले राखेकाे कार्यक्रममा द यूनाइटेड नेशन्स वाटर कान्फ्रेन्समा...

    रवि लामिछानेलाई प्रश्न : स्वर्णिम वाग्लेलाई तनहुँ १ मा उठाउन लाग्नुभएको ?

    काठमाडौं । आफूलाई पुस्तैनी कांग्रेस बताउँदै आएका अर्थशास्त्री स्वर्णिम वाग्लेले आज बिहीबार पार्टी परित्याग गरेको...

    ओली भन्छन् : मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं