SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२८ गते
    ७२० &#२३४६;&#२३३५;&#२३२५;

    गिता राना मगर, पोखरा । पुषको अन्तिम साता पोखराको अमरसिंह चौरमा आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सवको संघारमा आइपुग्दा महोत्सव आयोजक युनाईटेड क्लवले महोत्सवको तयारीलाई तीव्रता दिएको छ । दशौ संस्करणको पोखरा महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि गठन भएको विभिन्न उपसमितिहरुको भेला बुधवार सम्पन्न भएको छ ।

    महोत्सव आयोजक युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङको संयोजकत्वमा महोत्सव सफल पार्न गठन गरिएको ४० वटा उपसमितिका संयोजकहरुले महोत्सवलाई भब्य र सभ्य ढंगले सम्पन्न गराउनका लागी आफुले पाएको जिम्मेवारीलाई पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाएका थिए । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा खुल्ला चिडियाखाना निर्माण र सेती नदी संरक्षणमा विशेष पहलकदमी गर्दै आएको युनाईटेड क्लवले आगामी पुषको २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा दशौ संस्करणको पोखरा महोत्सवको आयोजना गर्दैछ ।

    बुधवार आयोजित भेलामा वोल्दै युनाईटेड क्लवका निवर्तमान अध्यक्ष तथा दशौ पोखरा महोत्सव कार्य सम्पादन उपसमितिका संयोजक सुक बहादुर गुरुङले पोखरा महोत्सव गण्डकी प्रदेशकै गौरवको र एकमात्र सफल महोत्सव भएकाले समग्र पोखरेलीबासीको साथ र सहयोग हुनेमा दुई मत नरहेको वताए । सो अवसरमा महोत्सवका सांस्कृतीक ब्यवस्थापन उपसमिति संयोजक तथा क्लवका प्रथम उपाध्यक्ष राजु श्रेष्ठले विगतका महोत्सवहरु भन्दा दशौ संस्करणको महोत्सवलाई फरक ढंगले सञ्चालन गरी भब्य र सभ्य बनाउनका लागी सम्पूर्ण उपसमितिहरुले आफ्नो जिम्मेवारीबोध हुने गरी काम गर्नुपर्नेमा जोड दिए ।

    पोखरा महोत्सव मुल आयोजक समितिका संयोजक तथा युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङले पोखरा महोत्सव पोखराको गौरवको महोत्सव भएकाले सवै पक्षलाई समेटेर महोत्सवलाई सभ्य र भब्य वनाउनतर्फ सम्पूर्ण कार्यसमिति तथा महोत्सव सम्पन्न गर्न गठित उपसमितिहरु लाग्नुपर्नेमा जोड दिए । महोत्सव प्रचार प्रसार उपसमिति संयोजक शान्त बहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा महोत्सव सचिवालय उपसमिति संयोजक लोक बहादुर थापा, स्वयंसेवक परिचालन उपसमिति संयोजक विष्णु गुरुङ, प्राथमिक उपचार ब्यवस्थापन उपसमिति संयोजक नरहरी पनेरु, स्मारक निर्माण उपसमिति संयोजक सिद्धि कुमार श्रेष्ठ लगायतले वोलेका थिए ।

    युनाईटेड क्लवले पोखरा महोत्सवको आयोजना गरी पोखरामा खुल्ला चिडियाखाना निर्माणका लागी पहलकदमी गर्दै हाल सम्म पोखराको पचभैयामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कमा ५४ लाख ८५ हजार प्रदान गरिसकेको छ । प्रत्येक महोत्सवबाट क्लवले लिएको उद्देश्य शिक्षा, स्वास्थ्य र खेलकुदमा १५ प्रतिशत र चिडियाखानामा २० प्रतिशत रकम खर्चदै आएको छभने सेती नदीमा समेत सरसफाई संगै सिसि क्यामेरा जडान गरिसकेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं