SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२८ गते
    ८१५ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा, । नेपाली कांग्रेस कास्कीको चुनावी अभियान अन्तर्गतका पहिलो चरणको कार्यक्रम सकिएको छ । कांग्रेसले बिहीबारदेखि दोस्रो चरणको अभियान शुरु गर्दैछ । पहिलो चरणको कार्यक्रम अन्तर्गत केही वडामा बाहेक अधिकांशमा घरदैलो कार्यक्रम सकिएको चुनाव प्रचार समितिका मूल संयोजक एवं कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए । उनका अनुसार दोस्रो चरणको कार्यक्रम अन्तर्गत बाँकी वडामा घरदैलो सक्ने र पुनः घरदैलो दोहोर्याउने कार्यक्रम छ ।

    ‘पार्टीका सबै संयन्त्रलाई सक्रिय बनाएर मतदाता समक्ष पठाएका छौं । अबको २÷३ दिनमा सबै संगठनका संयोजकसंग बैठक बसेर मतादाताको गुनासो र सुझाव बारे छलफल गर्छौं । त्यसपछि पार्टीको धारणा लिएर पुनः मतदाता समक्ष नै पठाउँछौं’, सभापति केसीले भने । उनले आफ्ना कुरा निर्धक्कसंग राख्न मतदातासंग आग्रह समेत गरेका छन् । ‘मतदाताका गुनासा र सुझाव हाम्रा लागि अमूल्य हुनेछन् । कांग्रेस जनताकै पार्टी हो र जनताकै भावना अनुरुप अघि बढ्न तयार छ । त्यसैले मतदाताले आफ्नै पार्टी सम्झिएर भन्दा हुन्छ’, सभापति केसीले भने ।

    घरदैलो अभियान जारी
    कांग्रेस उम्मेदवार खेमराज पौडेल मंगलबार र बुधबार पोखरा–१७ का मतदाता भेट्न र मत माग्न व्यस्त रहे । यस क्षेत्रमा उनको अभियान अझै सकिएको छैन । बिहीबारबाट उनी पोखरा–२० तर्फ लाग्दैछन् । वडा नं. १७ मा बाँकी रहेका मतदातालाई पुनः समय मिलाएर भेट्ने तयारी गरेका छन् । ‘पोखरा–१७ निकै ठूलो छ, १÷२ दिनले केही पनि हुँदैन । दोस्रो चरणमा समय मिलाएर बाँकी मतदाता भेट्छु’, उनले भने ।

    पोखरा–१७ उनको छिमेकी वडामात्र होइन, उनको गाउँ पुम्दीभुम्दीका अधिकांशको बसोबार यसै क्षेत्रमा छ । त्यसैले पनि उनी प्रत्येकको घरमा पुग्ने प्रयत्न गर्दैछन् । कास्की कांग्रेसले पनि सभापति केसीलाई नै यस क्षेत्रमा खटाएको छ । सभापति केसी पनि ठूलो वडामा चुनाव जित्न सकिए राहत हुने भएकाले यस क्षेत्रमा निकै खटिएका छन् ।

    उम्मेदवार पौडेलसंगै पार्टी सभापति केसीसंग पनि भेट्न पाउँदा मतदाता निकै उत्साहित भएको सभापति केसीले बताए । मतदाताले आफ्ना र टोलका समस्या निर्धक्कसंग आफूहरुसंग राखेको उनले बताए । ‘कतै खानेपानी, कतै बाटो, कतै पुल लगायतका समस्या आफूहरुसंग मतदाताले राखेका छन्, ती समस्या सुन्नेमात्र होइन समाधानका लागि पनि प्रयत्न गर्नेछौं’, सभापति केसीले भने ।

    यता, पोखरा ४ मा पनि घरदैलो अभियान अन्तिम चरणमा पुगेको छ । चुनाव प्रचार समितिका उपसंयोजक एवं कास्की कांग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डेका अनुसार पोखरा–४ मा घरदैलो अभियान लगभग सकिएको छ । ‘प्रत्येक मतदाताका घरघरमा पुग्ने काम भइरहेको छ । यो कार्यलाई दोस्रो चरणमा पनि निरन्तरता दिनेछौं’, उनले भनिन् । यो क्षेत्रमा कास्की कांग्रेसले यज्ञबहादुर थापालाई खटाएको छ ।

    पोखरा–१५ मा ५ दिनदेखि निरन्तर रुपमा खटिरहेकी छन् सांसद विन्दादेवी राना पनि । उनले यस वटाको कमाण्डिङ गरिरहेकी छन् । वडाभित्र ६ वटा क्षेत्र छुट्याएर प्रत्येक घरमा पुग्ने काम भइरहेको र अझै केही बाँकी रहेको उनले बताइन् । ‘मतदातासंग भेट्दा निकै राम्रो उत्साह पाएका छौं । जनताले कम्युनिष्ट सरकारप्रति निकै गुनासो गरेका छन् । ती गुनासोको संवोधन कांग्रेसले गर्नुपर्छ अब’, उनले भनिन् । अब उम्मेदवारसहितको घरदैलो अभियानलाई थप विशेष बनाउने संयोजक रानाको लक्ष्य छ ।

    यता, कांग्रेसका केन्द्रीय सदस्य जीवन परियारले पनि ५ दिनदेखि पोखरा–३३ छाडेका छैनन् । उनी लगायत उनको टिमले मतदाता भेटघाट र छलफललाई तीव्रता दिएको छ । यो वडामा पनि पार्टीका सबै संयन्त्रलाई क्रियाशिल बनाइएको संयोजक परियारले जानकारी दिए । ‘५ वटा कलष्टर र ५ वटै वुथ केन्द्रित सम्पर्क कार्यालय पनि स्थापना गरेका छौं । पार्टीका सबै संयन्त्र परिचालन गरेका छौं’, उनले भने, ‘युवा भेट्न तरुण दललाई पठाएका छौं, महिला भेट्न महिला संघका नेता कार्यकर्ता र विद्यार्थी भेट्न नेविसंघलाई खटाएका छौं ।’

    यता, पोखरा–२० मा मतदाता भेट्ने कार्यतालिका दोस्रो चरण्मा पर्यो । यो क्षेत्रमा बिहीबार र शुक्रबार उम्मेदवार खेमराज पौडेल, पार्टीका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल, कास्की कमाण्डर कृष्ण केसी, सांसद एवं यो क्षेत्रका संयोजक विन्दुकुमार थापासहितको टोलीले घरदैलो गर्नेछन् ।
    ‘प्रत्येक मतादातालाई भेट्ने गरी तयारी गरेको छु’, संयोजक थापाले भने, ‘२ दिन लगाएर भए पनि जनताक समस्या र गुनासा सुन्ने काम गर्छौ ।’ यो क्षेत्रमा पनि पार्टीका सबै संयन्त्र परिचालन गरेर चुनाव प्रचार गरिने उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    शिक्षामन्त्रीले राजनीतिमा लागेका शिक्षक चिन्न मागिन् निर्वाचन आयोगसँग सहयोग

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा आवद्ध शिक्षक पहिचानका लागि...

    यसरी भब्य रुपमा सम्पन भयो, अमेरिकाको सानफ्रान्सिस्कोमा नेपाल परेड डे कार्यक्रम (फोटो फिचर)

    बैकुण्ठ गिरी, क्यालीफोर्निया, अमेरिका । गैर आवासिय नेपालीहरुको भावनासँग जोडिएको अमेरिकाको एउटा कार्यक्रम नेपाल पेड...

    मानव सेवा आश्रममा आश्रितलाई भोजन सेवा गराई यूनाइटेडको साताब्यापी कार्यक्रम शुरु

    पोखरा । यूनाइटेड क्लब पोखराले १४ औं वार्षिकोत्सवको अवसर पारी शनिवार देखी साताब्यापी कार्यक्रम शुरु...

    दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने

    वैशाख । दोस्रो राष्ट्रिय संगीत अवार्ड समारोहमा पत्रकार रञ्जन अधिकारीलाई सम्मान गरिने भएको छ ।...

    आलुको पहाडसँगै सेल्फीको मञ्जा

    श्रीभद्र पौडेल,बैशाख । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलुको पहाडसँग तस्विर...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं