SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२३ गते
    ५१२ &#२३४६;&#२३३५;&#२३२५;

    मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    वैदेशिक क्षेत्रबाट लाभ उठाउने समय छ । हरदम सचेत र सतर्क रहनुपर्ला । समयमा होस नपुग्दा आम्दानीमा बाधा पुग्न सक्छ । साथीभाइको सहयोगले शत्रु र प्रतिस्पर्धीको चलखेललाई तोड्न सकिन्छ ।कडा मिहिनेत र परिश्रमपश्चात लगानीको प्रतिफल हातलाग्नेछ । गरिआएको कामलाई निरन्तरता दिन सकिन्छ । आस मारेको काम लगनशीलता र सुझबुझले सुल्झाउन सकिन्छ ।

    वृष राशी (इ, उ, ए, ओ, बो, बु, बे, बो)
    ईष्र्या गर्नेहरुले सताउन सक्छन् । आर्थिक समस्याले आँटेको काममा बाधा हुनसक्छ । शुभचिन्तकले वेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ । कृषि तथा पशुपालनमा भने सोचेको लाभ मिल्नेछ ।सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कडा मिहिनेतले रोकिएको काम बन्नेछ । प्रयास गर्दा नयाँ जिम्मेवारी हात पर्नेछ । धार्मिक अनुष्ठान र परोपकारजन्य काममासमय बित्नेछ । तीर्थाटनको समय छ ।

    मिथुन राशी (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    प्रयत्न गर्दा समयको सही सदुपयोग हुनेछ । सहयोगीहरुले काममा तत्परता देखाउनेछन् । आस मारेको फल पुनः प्राप्त हुनसक्छ । गोप्य रहस्य पत्ता लगाउने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ । प्रतिस्पर्धी परास्त होलान् ।सहयोगीहरुले राम्रै साथ दिनेछन् । र काममा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । सानो प्रयासले राम्रो फाइदा लिन सकिन्छ । प्रतिष्ठित काम गरेर धेरैलाई आकर्षित गर्न सकिन्छ । विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

    कर्कट राशी (हि, हु, हो, डा, डि, डु, डे, डो)
    आजको दिन राम्रो छ । आँटेको काम सजिलै बन्नेछ । प्रतिष्ठा कमाउने समय छ । भाग्यले नसोचेको फाइदा दिलाउनेछ ।भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । मंगलमय काम र तीर्थाटनको अवसर प्राप्त हुनेछ । रोकिएका काम समेत सम्पादन हुनेछ । धेरैले तारिफ गर्नेछन् । कीर्तिमानी काम सम्पादन हुनेछ ।

    सिंह राशी (मा, मि, मु, मे, मो, टा, टि, टु टे)
    मनमा कता कता डर र निराशा भए पनि आजको कामबाट प्रतिष्ठा र मान–सम्मान मिल्नेछ । परिवारसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फूसर्दिलो रहनेछ ।इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शूरु गर्न सकिनेछ । व्यापार र उद्योगमा फाइदा छ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रक्रिया अघि बढ्न सक्छ । काममा अनावश्यक प्रतिस्पर्धा भए पनि सोचेको काम गर्न सकिनेछ । चुनौतीको सामना गर्नुपरे पनि डराउनुपर्ने स्थिति छैन ।

    कन्या राशी (टो, प, पी, पु, ष, ण ठ, पे, पो)
    आत्मबल र उत्साहमा वृद्धि हुने समय छ । उचित समयमा गरिएको निर्णयले उम्किन लागेको काम बन्नेछ । आफन्तसँग आत्मियता बढ्नेछ । तर्क, विवाद र बहसमा विजयी भइनेछ । आशा गरेअनुसार साथ मिल्नेछ । गरेको प्रयासमा सफलता मिल्नेछ ।शुभचिन्तकको सुझावले उत्साह थप्नेछ । नयाँ समाचारले खुशी दिनेछ । व्यापार व्यवासयमा लाभ लिन सकिनेछ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद र समृद्ध बन्ने देखिन्छ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।

    तुला राशी (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । मातृधन र पैत्रिक सम्पत्तिको उपयोगबाट सामान्य लाभ उठाउन सकिनेछ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । पढाइमा समय दिन सकिदैन् ।नयाँ ज्ञान सिक्ने मौका छ । व्यापारमा सामान्य फाइदा हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । कुनै पनि निर्णय गर्नुअघि अनुभवीको सल्लाह लिनुहोला । हतारमा गरेको कामले घाटा हुनेछ ।

    वृश्चिक राशी (तो, ना, नि, नु, ने, या, यि, यु)
    आज समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । आफ्नो क्षेत्रको नेतृत्व हात लाग्नेछ । कीर्तिमानी काम गर्ने समय छ । प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरुले साथ दिनेछन् । आँटेका काम सजिलै सम्पादन हुनेछन् । उद्योग तथा व्यापारमा विशेष फाइदा मिल्नेछ । आफन्त र साथीभाइको साथले नचिताएको काम बन्नेछ । आर्जित धनको दिर्घकालिक उपयोग हुनेछ । पुरानो समस्यालाई निराकरण गरी अघि बढ्ने समय छ । भाइबहिनीले खुशी दिनेछन् ।

    धनु राशी (ये, यो, भ, भी, भू, ध, फा, ढ, भे)
    बनिसकेको काम बिग्रन सक्छ । सचेत भई काम गर्नुपर्ने दिन छ । स्वास्थ्यमा कमजोरीको अनुभूति हुनसक्छ । कामधन्दा र जिम्मेवारीमा कमी आउनेछैन । बाध्यतापूर्ण काममा समय बित्न सक्छ । काममा लगानीको समय छ ।मको मूल्य कमै मात्र पाइने देखिन्छ । आशा देखाउनेहरुले धोका दिन सक्छन् । व्यवसायिक काममा खर्च बढ्ने र काम पूरा हुन गाह्रो हुने हुन्छ । होसियारीका साथ काम गर्नुपर्ने समय छ । आज सेवामूलक र वैदेशिक क्षेत्रबाट भने लाभ लिने समय छ ।

    मकर राशी (भो, ज, जी, खि, खु, खे, खो, गा, गी)
    अल्छीपन र आलस्य त्याग्न सके आजको दिन राम्रो छ । मिश्रित फल प्राप्त हुने सम्भावना छ । लापरवाही गरेमा कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला ।व्यवसायिक काममा पनि विभिन्न समस्या आउन सक्छ । धैर्य गर्न सके आज रचनात्मक काम शुरु हुन सक्छ । विगतको त्रुटी केलाउँदै नयाँ काम गर्न हौसला मिल्नेछ । सद्भाव र प्रेरणा प्राप्त हुनेछ । विगतका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ । इष्टदेवको पूजा–उपासनाले तपाईलाई फाइदा हुनेछ ।

    कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरण हुने योग छ । टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । परिवारजन र कुटुम्बकाबीचमा सम्बन्ध सुमधुर हुनेछ ।प्रयत्न गर्दा मनग्ये फाइदा उठाउन सकिनेछ । विभिन्न अवसर प्राप्त हुँदा उत्साहित भइनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्व निर्खान सकिनेछ ।

    मिन राशी (दी, दु, थ, झ, ञ, दे, दो, च, ची)
    आम्दानीका नयाँ स्रोत फेला पर्नेछ । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लाग्ने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त लाभ लिन सकिनेछ । स्वास्थ्य सबल छ । रोकिएको काम बन्नेछ । चुनौती पन्छाएर काम गर्ने समय छ । संघर्षको बलमा अधिकार स्थापित गर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कृस्ती पोखरा सम्पर्क समाजको अध्यक्षमा सुवेदी

    पोखरा । कृस्ती पोखरा सम्पर्क समाजको आठौं साधारण सभा तथा छैटौं अधिवेशनले उमानाथ सुवेदीको अध्यक्षतामा...

    पोखरा महानगरपालिका वडा नं १० द्धारा वडा भित्रका सामुदायिक विद्यालयलाई स्टेशनरी वितरण

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० ले वडा भित्र रहेका सामुदायिक विद्यालयहरुलाई स्टेशनरी सामाग्री...

    बाग्लुङ बाट पोखरा जाँदै गरेको कार बन्द्रेविडी मा बिजुलीको पोलमा ठोकिएर दुर्घटना

    गोबिन्द रिजाल, पर्वत । बाग्लुङ बाट पोखरा जाँदै गरेको ग ३ च ६५१ नम्बर को...

    पत्रकार श्रेष्ठको निधनले महासंघ स्तब्ध

    काठमाडौं । नेपाल पत्रकार महासंघ थाहा सञ्चार प्रतिष्ठान शाखाका राष्ट्रिय परिषद् सदस्य निरा श्रेष्ठ ‘निरु’...

    पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी सघंको कार्यालय उद्घाटन

    पोखरा । पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं