SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२२ गते
    ८२२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले निलम्बित सांसद मोहम्मद अफताम आलम निर्दाेष रहेको जिकिर गरेका छन्। पत्रकार श्रीराम पौडेलको अन्तर्वार्तामा नेता सिटौलाले आलममाथिको अभियोग अविश्वसनीय भएको टिप्पणी गरे। ‘मलाई उहाँ (आलम)ले त्यत्रो जघन्य अपराध गर्नुभयो भन्ने कुरा कदाचित विश्वास हुन सकिरहेको छैन। मेरो नजरमा उहाँ निर्दाेष हुनुहुन्छ’, सिटौलाले आफ्नो स्पष्ट धारणा सुनाए, ‘लामो समयपछि यो घटनाबारे जुन कुरा आएका छन् यसले मलाई आश्चर्यमा पारेको छ। अब अदालतको अन्तिम निर्णयलाई पर्खिनुपर्छ।’

    रौतहटकै नेता माधव नेपाल प्रधानमन्त्री हुने तथा आलम मन्त्री हुँदा पनि यति ठूलो घटना लामो समयसम्म गुपचुप रहनु आफैंमा आश्चर्यको कुरा भएको उनको भनाई छ। ‘माधव नेपाल प्रधानमन्त्री हुनुभयो। उहाँकै क्याविनेटमा आलम मन्त्री हुनुभयो। साथै उहाँहरु एउटै जिल्लाको हुनुहुन्छ। यो बीचमा धेरै प्रधानमन्त्री भए, अहिले मात्रै यो मुद्दा जसरी अगाडि आयो यसले मलाई लाग्दैन कि यो घटना आलमले गरेका हुन्’, सिटौलाले भने, ‘आश्चर्य लागेको छ। सरकारले जे भन्छ त्यहीँ सत्य हुँदैन। कानून, अदालतले भन्ला।’ सरकारले अदालतमा मुद्दा लगेको र अदालतले के गर्छ अहिले भन्न नसकिने बताउँदै उनले भने, ‘अदालतको अन्तिम फैसला नभएसम्म निर्दोष आँखाले हेर्छाैं। हाम्रो पार्टीको सांसद भएकाले मेरो सहानुभूति छ।’

    यो घटना हुँदा गृहमन्त्रीसमेत रहेका सिटौलाले आफूलाई कुनै जानकारी नआएको पनि दाबी गरे। ‘त्यसबेला यो घटना गृह मन्त्रालयमा आएकै छैन, अहिले मलाई सोधपुछका लागि बोलाएको छैन, बोलाउनु आवश्यक छैन जस्तो लाग्छ। किनकी यो घटना प्रहरीसँग सम्बन्धित हुन्छ’, उनले भने। नेता सिटौलाले बलात्कार प्रयासको अभियोग मुद्दा खेपिरहेका निवर्तमान सभामूख कृष्णबहादुर महरालाई षडयन्त्रपूर्वक फसाइएको संकेत गरे। महरालाई नर्भिक अस्पतालमा आफूले भेटेको जानकारी दिँदै गिरफ्तारी, राजीनामा, हिरासत, विरामी अवस्थामा सहानुभूति व्यक्त गरेको बताए।

    ‘उहाँ मेरो नजिकको मित्र हो। शान्ति प्रक्रियाका क्रममा म सरकारी वार्ता टोलीको संयोजक, उहाँ विद्रोही माओवादी टोलीको संयोजकका रुपमा विस्तृत शान्ति सम्झौता, लडाकु समायोजनमा काम गर्यौं’, उनले भने, ‘उहाँको बारेमा भन्दा सगरमाथाको शिखरमा पुगेर लात्ताले हानेर खसालेको, बाटो विराएर लडेको मान्छेजस्तो लाग्छ। आफ्नो साथी अप्ठेरोमा पर्दा भेट्न गए। मानवीय कर्तव्य निर्वाह पुरा गरे।

    नेता सिटौलाले महरालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउँदा दुःख लागेको बताए। ‘त्यो घटनामा हो र होइन भन्ने एकिन गर्ने आधार छैन। जसरी महिलाको बयानबाजी वक्तव्य फरक फरक ढंगले आइरहेको छ, त्यसबाट विश्वास गर्ने आधार छैन। अदालतमा पनि महिलाको बयान टेस्ट होला। बकपत्र गराउला। बाँकी अदालतले भन्ला’, उनले भने। महराले गल्ती गरेको र षडयन्त्रपूर्वक फसाइएको कुरा आफूले सोच्न नसकिरहेको भन्दै सिटौलाले थपे, ‘गल्ती हो भने कसरी गर्नुभयो होला? षडयन्त्र हो भने यत्रो दुइतिहाइ कम्युनिस्ट सरकार छ?’, उनले प्रश्न गरे, ‘तर पनि उहाँप्रति मेरो सहानुभूति छ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार बिस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छु : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने...

    जनमत पार्टी सरकारबाट बाहिरियो, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

    काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

    नेपालको जलस्रोतको बारेमा मंत्री खानले उठाएको बिषय सराहनीय : उपाध्यक्ष मौलाना मशहूद

    कपिलवस्तु, । न्यूयोर्कमा द ब्रुकलिन च्याम्बर अफ कमर्शले राखेकाे कार्यक्रममा द यूनाइटेड नेशन्स वाटर कान्फ्रेन्समा...

    रवि लामिछानेलाई प्रश्न : स्वर्णिम वाग्लेलाई तनहुँ १ मा उठाउन लाग्नुभएको ?

    काठमाडौं । आफूलाई पुस्तैनी कांग्रेस बताउँदै आएका अर्थशास्त्री स्वर्णिम वाग्लेले आज बिहीबार पार्टी परित्याग गरेको...

    ओली भन्छन् : मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं