SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२२ गते
    ८८१ &#२३४६;&#२३३५;&#२३२५;

    मेष : शुभचिन्तकहरूको सहयोग जुटे पनि सानो कमजोरीले विवाद हुनेछ । परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला । मौका पर्खंदा स्थितिमा सुधार आउनेछ । मिहिनेतले आँटेको काम बन्नेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला । अर्थ उपार्जनका विभिन्न स्रोतहरू फेला पर्नेछन् ।

    बृष : रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

    मिथुन : अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । छर~छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला । आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । बेलैमा होस नपुग्नाले फाइदा गुम्ने देखिन्छ ।

    कर्कट : भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ ।

    सिंह : मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला ।

    कन्या : परिस्थितिवश चिताएको काम रोकिन सक्छ । धेरै समय सामाजिक काममा जुट्नुपर्ला । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । तत्काल फाइदा नहुने काममा जुट्नुपरे पनि उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ ।

    तुला : परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ । सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला । आम्दानी रोकिन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्ला । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ ।

    बृश्चिक : मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो बन्नेछ। वादविवादले घर(गृहस्थीमा समस्या निम्त्याउने देखिन्छ । अर्थअभावले सताउन सक्छ । यात्राको प्रक्रियाले पनि खर्च बढाउनेछ। लोकाचारका लागि भोगविलासका अनावश्यक वस्तु जुटाउनुपर्ला । परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउने समय छ ।

    धनु : शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन ।

    मकर : गोप्यता बाहिरिनाले समस्या आउला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुपर्ला। अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ । अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला । अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ ।

    कुम्भ : बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ ।

    मीन : काममा मिहिनेतको फल प्राप्त हुनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । रचनात्मक काममा जुट्ने समय छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं