SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२० गते
    ७५० &#२३४६;&#२३३५;&#२३२५;

    अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा ज्या न गुमाएकामध्ये सात जनाको आज सामूहिकरुपमा दाहसंस्कार गरिएको छ । उनीहरुको बाह्रबिसेस्थित भोटेकोशी नदीमा दाहसंस्कार गरिएको हो । दोलखाको शैलुङ गाउँपालिका–५ काटाकुटीका पाँच, शैलुङ माइत भएकी त्रिपुरासुन्दरी गाउँपालिकाकी एक महिला तथा उनको छोराको यहाँ सामूहिकरुपमा दाहसंस्कार गरिएको हो । शैलुङ गाउँपालिका–५ का रिकेश खडका, रत्नकुमारी राउत, उनका छोरा किरण, कविता राउत, रञ्जिता केसी, चमेली श्रेष्ठ र उनकी छोरी सायरानीको श्रेष्ठको सामूहिकरुपमा दाहसंस्कार गरिएको सो गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो ।

    मृ तकहरुमध्ये कोहीको बौद्ध संस्कारअनुसार दाहसंस्कार गर्नु पर्ने भएकोले काठमाडौंको बौद्धमा लगिएको र कोहीका आफन्त काठमाडौंमा रहेकोले पशुपति आर्यघाटमा लगिएको गाउँपालिकाका अध्यक्ष दुलालले जानकारी दिए। मृ तकमध्ये उदयपुरको विजय तामाङको श व उदयपुर नै लगिने र चितवनकाी पूजा बस्नेतको श व लिन आफन्त सम्पर्कमा आइनसकेकोले काठमाडौंस्थित टिचिङ अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

    उक्त दुर्घटनामा मृ त्यु भएका केही यात्रुको भने आफन्त नआएका कारण दाहसंस्कार हुन नसकेको उहाँले बताउनुभयो । अरनिको राजमार्गअन्तर्गत सुकुटेमा आइतबार भएको बस दुर्घटनामा १८ जनाको निधन भएको थियो । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नंको बस सुनकोशी नदीमा खसेको हो ।

    सुकुटे दुर्घटना : अझै पाँच घाइते अस्पतालमै

    सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये अझै पाँचको अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी घाइते भएकामध्ये धुलिखेल र बनेपामा गरी ४९ को उपचार भएको थियो । सो क्रममा धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचाररत ४७ मध्ये चारलाई आइतबार नै थप उपचारका लागि काठमाडौँ पठाइएको र बाँकीको उपचार भइरहेकामा ४१ घाइते उपचारपछि घर फर्किसकेका प्रहरीले जनाएको छ ।

    अझै तीन जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । उहाँका अनुसार उपचाररत घाइतेमा जीवन खड्का, प्रवीण आलेमगर र सविता थापा छन् । घाइते सबै दोलखाका रहेको प्रहरीले जनाएको छ ।

    बनेपास्थित शिरमेमोरिय अस्पतालमा विन्दुमाया लामा र खेमध्वज तामाङको उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो । दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नंको बस चौतारा साँगाचोकगढी नगरपालिका–९ अरनिको राजमार्गस्थित सुकुटेमा दुर्घटना हुँदा सडक तल सुनकोशी नदीमा खसेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मेयर बालेन शाहले एउटै फार्मेसीमा ३६ प्रकारका अवैध औषधि भेटिएपछि दिए १० दिने अल्टिमेटम

    काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले औषधि पसल सञ्चालन र औषधिको कारोबारमा कडाईको चेतावनी दिएका...

    एनसेलको शंकास्पद शेयर खरिद मूल्यमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण

    काठमाडौं। टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकाले छानबिन...

    न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद

    काठमाडौं । प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ...

    रुकुम पश्चिमको नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

    काठमाडौं । जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित...

    सत्ता गठबन्धनमा भागबन्डाको तयारी : राष्ट्रिय सभा चुनाव

    काठमाडौं । राष्ट्रिय सभा चुनावका लागि सत्तारुढ गठबन्धनमा छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्षी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं