SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१७ गते
    ३३६६ &#२३४६;&#२३३५;&#२३२५;

    श्रीभद्र पौडेल, हेमजा, । पोखरा–२५, हेमजा स्थित गौरीशंकर बचत तथा ऋण सहकारी संस्था तथा पोखरा– १४ चाउथे स्थित चाउथे कृषि सहकारी संस्था बीच एकीकरण भएको छ ।पोखरामा आज एक कार्यक्रमका बीच दुवै सहकारी एक भएको घोषणा गरिएको हो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी गण्डकी प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युतप्रसाद ढकालले सहकारीहरुले ऐतिहासिक कार्य गरेको दावी गर्दै सहकारी मार्फत नै जनताको समृद्घि आउने विश्वास लिए ।सहकारी भनेको सहकार्य हो भन्दै सचिव ढकालले सहकारी संस्थाहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने भनाई पनि राखे।

    गौरीशंकर सहकारीका अध्यक्ष केशवशरण पौडेलले सरकारको निति अनुसार नै दुई सहकारी बीच एकीकरण भएको स्पष्ट्र पारे।चाउथे कृषि सहकारीका अध्यक्ष खड्कबहादुर कार्कीले ऐतिहासिक कार्य भएको दावी गर्दै एकीकरणले दुवै सहकारीलाई फाइदा पुग्ने विश्वास लिए । कास्की बचत संघका लेखा संयोजक रुद्रनाथ पौडेलले सरकारको निति अनुसार नै एकीकरण भएको जनाउँदै संस्था थप बलियो भएको भनाई राखे।

    उक्त भेलाले केशवशरण पौडेलको अध्यक्षतामा संचालक समिति गठन गरेको छ।जसको उपाध्यक्षमा खड्कबहादुर कार्की, सचिवमा घनश्याम तिम्सिना, कोषाध्यक्षमा विष्णुप्रसाद पौडेल, सहसचिवमा दलबहादुर कुँवर तथा सदस्यहरुमा दानबहादुर थापा, प्रकाशचन्द्र पौडेल, कृष्णबहादुर कुँवर, बलबहादुर कँुवर, सरस्वती थापा र ताराप्रसाद सुवेदी रहेका छन् ।

    त्यस्तै टीकाराम बास्तोलाको संयोजकत्वमा कृष्णबहादुर थापा र शोभाराज भुर्तेल सदस्य रहेको लेखा समिति तथा प्रकाशचन्द्र पौडेलको संयोजकत्वमा जितबहादुर कार्की, झुलेन्द्र कुँवर, तुलसीराम शर्मा र उपेन्द्रराज अधिकारी सदस्य रहेको ऋण उपसमिति पनि सर्वसम्मत चयन गरिएको छ । यसअघि दुवै सहकारीको वार्षिक साधरणसभा बसी सर्वसम्मत रुपमा एकीकरण गर्ने निर्णय गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं