SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१७ गते
    २३५० &#२३४६;&#२३३५;&#२३२५;

    पाथीभरा देवी मन्दिर इलाम जिल्लाको एक पवित्र तीर्थस्थल हो । कोल्वुङ गा.वि.स. २ मा रहेको यो तीर्थस्थल जान झापा जिल्लाको चारालीबाट उत्तर मेची राजमार्ग हुँदै २ घण्टामा भाडा वा निजी सवारी साधनबाट पुग्न सकिन्छ । मन्दिर रहेको ठाउँबाट ताप्लजुङको पाथीभरा भगवतीको समेत दर्शन गर्न सकिने भएकोले यसलाई बहिनी पाथिभराको रूपमा लिने गरिएको छ ।

    शनिवार र मंगलवार बढी तिर्थालुहरूको भीड लाग्ने मन्दिरको फेदीबाट १ कि.मी.को ठाडो उकालोमा सिडी बनाएर मन्दिर परिसर सम्म पुग्ने व्यवस्था गरिएको छ । मन्दिर नजीकै रहेका दुइवटा पोखरी छेउ हाँसको आकृति भएका ढुगाहरू रहेको यो ठाउँलाई हाँसको आकृति भएका ढुंगाहरू रहेकोले यो ठाउँलाई हाँस पोखरी पनि भन्ने गरेको पाईन्छ । यहाँ वि.स. २०५१ सालमा मन्दिर स्थापना गरिएको हो। मनले चाहेको भाकल पूरा हुने आशा लिएर कैयौं भक्तजनहरू इलामको कुटिडाँडा स्थित पाथीभरा देवीको मन्दिरमा दर्शनार्थ आउने गर्दछन्। जिल्लाको दक्षिणपूर्वी गाविस कोल्बुङ्ग–२, कुटिडाँडादेखि करीब ८०० मिटर माथिको डाँडामा यो मन्दिर रहेको छ।

    धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको यो मन्दिर समुद्री सतहबाट १ हजार ८ सय चालिस (१८४०) मिटरको उचाइमा अवस्थित छ। मन्दिर नजीकै रहेको रमिते टावरबाट तराइका समतल फाँटहरू, इलामका नागबेली चियावारी, भारत, भुटान र बङ्गलादेशसम्मका भू–भागहरू खुल्ला आँखाले नियाल्न पाइन्छ। साथै यहाँबाट विश्वको तेश्रो अग्लो हिम शिखर कञ्चनजङ्घा तथा ताप्लेजुङ्गको ठूलो पाथीभरा पनि देख्न सकिन्छ।

    यो मन्दिर पुग्न मेची राजमार्गको कुटिडाँडा खण्डबाट १ हजार तेत्तीस वटा सिमेन्टका खुट्किला चढेर पुग्न सकिन्छ। यो खुट्किलाबाट चिप्लिएर लडेपछि शरीरबाट रगत निस्किएमा मन्दिरलाई बली दिएको हुने भएकोले केही दिनपछि सो व्यक्तिको मृत्यु हुने गरेको बताइएको छ। ताप्लेजुङ्गमा अवस्थित पाथीभरा देवीको अन्तरी बहिनी भनेर चिनिने यो मन्दिरलाई सानो पाथीभरा पनि भन्ने गरिन्छ।

    विशेषतः दशैं–तिहार, तीज, वालाचतुर्दशी, रामनवमीलगायतका चाडपर्वहरूमा मन्दिरमा मेला लाग्ने गर्दछ। साथै प्रत्येक शनिबार र मङ्गलबार यहाँ विशेषगरी दर्शनार्थीको भीड लाग्ने गर्दछ। सो दिन मन्दिरमा १ सयदेखि १२ सय जनासम्म भक्तजनहरू आउने गरेको मन्दिरका पुजारी–मोतिखर तिम्सिनाले बताउनु भयो। मन्दिरमा विवाह ब्रतबन्ध तथा पुराणजस्ता उत्सव पनि हुने गरेको छ।

    नेपाल बाहेक भारत, बङ्गलादेश तथा भुटानसम्मका भक्तजनहरूको भिड हुनृ गर्दछ । पाथीभरा देवीको उत्पत्ति कसरी भयो भन्ने बारेमा विभिन्न धारणाहरू व्यक्त हुँदै आएको छ। पूर्खाहरूको पालादेखि नै पूजा–आजा गरिँदै आएको हुनाले यसको विकास भएको एउटा किम्बदन्ती रहेको छ। तर प्राप्त तथ्यको आधारमा एउटै धारणालाई महत्व दिइँदै आएको छ। वि.सं. २००५ साल भन्दा अगाडि हाँसपोखरीमा एउटा ठूलो जंगल थियो, जहाँ मानिसहरू जान डराउँथे। त्यतिकैमा वि.सं. १९९० सालमा झापा बुधबारे–९ का डिल्लीराम पाठक भन्ने एक जना व्यक्तिले पाथीभरा मन्दिर जाने भाकल गरेका थिए रे। तर सोबेला मन्दिरको पहिचान भइसकेको थिएन।

    वि.सं. २०३४ सालतिर उनले सपनामा पाथीभरा देवीको अन्तरी बहिनीको इच्छा पूरा गर्ने उर्दी आएपछि उनले सोही वर्षको ऋषि तर्पणी पूर्णिमाको मध्यरात चिन्ता बसेछन्। चिन्ता बस्न थालेपछि मध्यरात पूरै उज्यालोमा परिणत भएछ। के रहेछ भनेर हेर्दा दुई वटा बाघ आएछ,पछि त्यो बाघ दुई वटी केटी भएर निस्कियो। तिनै केटीहरूले पाठकलाई पहिलेको थामडाँडा, हाल सो स्थानमा पाथीभरा देवीको मन्दिर रहेको छ,मा पुर्‍याएर मन्दिरको शिला देखाइदिएछन्। जङ्गलको बीचमा भेटिएको उक्त शिलालाई तीन दिनपछि पाठकले विधिपूर्वक मन्दिरको स्थापना गरी पाथीभरा देवी नामाकरण गरिदिए।

    पाथीभरा मन्दिरदेखि केही तल मेची राजमार्गसँगै जोडिएको अर्को पनि मन्दिर छ हाँसपोखरी पहिले त्यहाँ एउटा ठूलो पोखरी थियो, जहाँ हाँस पौडी खेल्थ्यो, त्यही बस्थ्यो। हाँस बस्ने भएकोले नै त्यो पोखरीलाई हाँस पोखरी भनिन्थ्यो। तर कालान्तरमा त्यो पोखरी सुक्योपछि हाँस पनि लोप भयो। तर केही वर्षपछि सोही ठाउँमा हाँसको प्रतिमा कुँदिएको एउटा शिला फेला परेछ। त्यही शिलालाई स्थापना गरी २०५० सालमा, मन्दिर निर्माण गरिएको छ। अहिले पनि त्यो शिलामा हाँसको चित्र स्पष्ट देख्न सकिन्छ। पाथीभरा मन्दिर मात्रै गएर चिताएको पूरा हुँदैन त्यसकारण दाहिने पारेर दुवै मन्दिरको परिक्रमा गर्नुपर्छ भन्ने धार्मिक विश्वास रहेको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं