SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/७ गते
    १०१४ &#२३४६;&#२३३५;&#२३२५;

    गजल
    जन्मेको ठाउँ नियाली हेरेँ माटोको माया छ ।
    यो मेरो पर्वत तल र माथी पाटोको माया छ ।।

    हुर्किँदा मैले गुल्टिदै उठ्दै गरेको स्वर्गमा ।
    झोलुङ्गे पुल यता र उता बाटोको माया छ ।।

    झुपडी मेरो खरले छाको घाम्पानी नछेक्ने ।

    चुहिने छानो पुराना डाँडा भाटोको माया छ ।।

    क्या मज्जा हुन्थ्यो खेल्थौनी हामी डन्डिब्यो कपर्दी ।
    समात्दा सैँले लागेको चोट खाटोको माया छ ।।

    प्रदेश जाँदा पारेर पोको दिएको पछ्यौरी ।
    आमाका आँसु खसेर लाग्या टाटोको माया छ ।।

    जन्मेको आँफू नियाली हेरेँ माटोको माया छ ।
    यो मेरो पर्वत तल र माथी पाटोको माया छ ।।
    निर्मल पौडेल एन पि घायल कुस्मा पर्वत

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं