SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/४ गते
    ७८७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू लक्षित अभिव्यक्ति दिएपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल शनिबार दिउँसो सिन्धुपाल्चोकको झुले उक्लिनुभयो । परिवारका सदस्य, निजी सचिवालय, सुरक्षाकर्मीसहित झुले गएका दाहालसँग नेकपा स्थायी समिति सदस्य अग्नि सापकोटा पनि साथमा हुनुहुन्थ्यो ।

    शनिबार मध्याह्नदेखि आइतबार बिहानसम्म उतै बसेका अध्यक्ष दाहाल फर्किएपछि प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभयो, करिब २ घण्टा त्यहीँ अलमलिनुभयो । ओलीले पुराना सहमति कार्यान्वयनमा चासो नदेखाएको निष्कर्ष निकालेका दाहालको आइतबारको भेट पनि त्यही विषयमै केन्द्रित थियो ।

    स्रोतका अनुसार ‘मिलिनियम चालेन्ज कर्पोरेसन ‘एमसीसी’ को परियोजनासम्बन्धी सम्झौतालाई संसद्बाट अनुमोदन गराउन तत्कालीन सभामुख महराले असहयोग गरेको भन्ने ओलीको अभिव्यक्तिप्रति पनि दाहाल सन्तुष्ट हुनुहुन्न । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुख समक्ष पेस गर्‍यो वार्षिक प्रतिवेदन

    पोखरा। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेशका प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७९÷८० को...

    नेपाल प्रहरीका उच्च अधिकारी र एनआरएनए अमेरिका पश्चिम क्षेत्रीय संयोजक विच भेटघाट

    अमेरिका। एनआरएनए अमेरिका पश्चिम क्षेत्रीय संयोजक र प्रहरीका उच्च अधिकारी विच भेटघाट सम्पन्न भएको छ...

    ‘पूर्ण बहादुरको सारङ्गी’मा अञ्जना बराइली

    काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा नायिका अञ्जना बराइली अनुबन्धित भएकी छन् । सेभेन सिज...

    हाजिर जमानीमा ९ दिनपछि छुटे कैलाश सिरोहिया

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन् । जिल्ला...

    बढेन वृद्ध भत्ता

    काठमाडौं । सरकारले आगामी वर्ष वृद्ध भत्तासहित समाजिक सुरक्षा भत्ता नबढाउने भएको छ ।मंगलबार प्रतिनिधि...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं