SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/३ गते
    ८११ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ । नेपाली कांग्रेसका युवा तथा प्रखर नेता रामहरी खतिवडा कांग्रेस पार्टिमा प्रस्ट वक्ताको रुपमा चिनिएको नाम हो । गुण र दोसको आधारमा विरोध र समर्थन गर्ने खतिवडाको शैलि खरो वक्ताको रुपमा पनि परिचित छ । कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईको संगतबाट राजनीति थालेको बताउँने खतिवडा ०४८ सालमा वलवहादुर राई मन्त्री बन्दा स्वकीय सचिव थिए । त्यसयता उनी जिल्लाबाट लगातार महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य रहँदै आए ।

    सांसद नहुँदा पनि चर्चामा रहिरहने खतिवडा युवाहरुबीच लोकप्रिय नेताकारुपमा स्थापित छन् । ०७० सालको संविधानसभा निर्वाचनमा ओखलढुंगा २ बाट एमालेका नानीबाबु बुढाथोकीलाई करीव ५ हजार मतान्तरमा पराजित गर्दै खतिवडा निर्वा्चित भएका थिए । सभाषद भएपछि खतिवडाले सदनमा धेरै पटक बोल्ने र गृह जिल्ला पुग्ने रेकर्ड बनाए । जनताको घर दैलोमा पटक–पटक पुगेर गुनासो सम्वोधन गरेका खतिवडा २०७४ सालको सांसद निर्वाचनमा भने पराजित भए । वामगठवन्धनका उम्मेदवार यज्ञराज सुनुवार संग करिव ३ हजार पाँच सय मत अन्तरले खतिवडा पराजित भएका हुन् ।

    ओखलढुङगा स्थाई घर भएका कांग्रेस नेता खतिवडाले स्नातकोर सम्मको अध्यन गरेका छन ।कांग्रेसको राजनितमा सक्रिय नेता खतिवडाले कांग्रेस कमजोर हुँदा राष्ट्रियता,मिडिया, कानुन, लोकतन्त्र र बौदिक बर्ग सवै कमजोर हुने रहेछन भन्ने पाठ सिकेको उल्लेख गरे ।स्वदेश नेपाल संगको कुराकानीमा प्रतिपक्ष दलका नेता खतिवडाले मोदिको कुर्ता लाएर प्रधानमन्त्रि केपि शर्मा ओलिले राष्ट्रियताको ढोल पिट्नुमा तुक नभएको जिकिर गरे ।

    नेता खतिवडाले कांग्रेसले वनाएको संरचनामा नेकपाले न्वारान गरेको भन्दै हामिले गर्यौ भनेर जनतालाई भ्रममा नर्पान आग्रह गरे ।
    खतिवडाले दुई तिहाईएको सरकार भएको भन्दै जनताको काम गर्न सरकारलाई कसले रोकेको छ भनि प्रश्न समेत गरे ?अर्को एक रमाईलो प्रसङमा नेता खतिवडाले आफ्नो पक्षवाट आफु बिवाहको लागि तयार भई सकेको र केटी तयार भएपछि आफ्नो पुरा बिवाह हुने वताए। पछिलो समय मिडियामा कोमल वली संग रामहरीको बिवाह चर्चा भन्नेकुरा हल्लामात्र भएको उनको भनाइ थियो।बिवाहका लागि आफु तयार भएको र त्यो एकपक्षिय आदि बिवाह हुने तथा केटि तयार भएपछि पुरा बिवाह हुने खतिवडाको भनाइ छ। स्वदेश नेपालबाट ( भिडियो सहित)

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं