SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/३ गते
    १०६४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडाैं,।
    महराबाट यौन दुर्व्यवहार
    संसद्की महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार आरोपमा तत्कालीन सभामुख महरा हिरासतमा छन्। यस्तो आरोपमा आरोपमा पद गुमाउने भीआईपीमा महरा पहिलो हुन्। शाहीले बयान फेर्दै गरे पनि प्रहरीले महरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। सांसद पद नछोडे पनि त्यसबापतको सेवासुविधा निलम्वन छ। फौजदारी अभियोग प्रमाणित भए महराको पद स्वतः खारेज हुनेछ।

    घाइतेलाई इँटाभट्टामा जलाएर हत्या !
    कांग्रेस सांसद अफताब आलम १२ वर्ष पुरानो फौजदारी अभियोगमा पक्राउ परेका छन्। बम विस्फोटका घाइतेलाई जिउँदै इँट्टाभट्टामा हालेर मारेको किटानी जाहेरीका आधारमा प्रहरीले आलमलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

    विमानस्थल तोडफोड
    जनकपुर विमानस्थल तोडफोड गर्ने राजपा सांसद प्रमोदकुमार साह पक्राउ परे। विमान आउन ढिला भएको आक्रोशमा संवेदनशील स्थानमा तोडफोड गरेको आरोपमा पक्राउ परेका साह अदालतको आदेशमा तारेखमा छुटेका छन्। विगतमा ‘सामान्य’ मानिने घटनामा सांसद नै पक्राउ पर्नुले जनतामा कानुनी शासनको अनूभूत हुन थालेको छ।

    कुटपिटमा पक्राउ पुर्जी
    कुटपिट र फौजदारी अभियोगमा अदालतको म्याद बुझ्न ३५ दिने पुर्जी नेकपा सांसद पार्वत गुरुङविरुद्ध जारी भएको छ। तत्कालीन माओवादीका नेतालाई गुरुङको निर्देशनमा कुटपिट गरिएको भन्ने मुद्दा उनीविरुद्ध जिल्ला अदालतमा परेको छ।

    लोगो लाउने, सुविधा नपाउने
    जेलमै रहेका बेला संसद् सचिवालयले सांसदको लोगो दिए पनि राजपा सांसद रेशम चौधरीले सांसदको सेवासुविधा पाएका छैनन्। टीकापुर घटनाका मुख्य योजनाकार भन्दै जिल्ला अदालत कैलालीले सांसद चौधरीलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। चौधरी जेलमा छन्। उनले सांसदको भूमिका खेल्न नपाउँदा त्यस क्षेत्रका जनताले जनप्रतिनिधिको अनभूति गर्न पाएका छैनन्।

    ‘आफ्नो क्षेत्रको सांसद नहुँदा जनताका पीडा, मर्का कसलाई सुनाउने भन्ने हुँदो रहेछ’, कैलालीका राजेन्द्र खड्का भन्छन्। फरार रहेकै अवस्थामा चुनाव लडेका चौधरीले प्रतिनिधिसभा चुनाव त जिते तर सांसदको स्वाद चाख्न पाएका छैनन्। टीकापुर घटनामा नेपाल प्रहरीका एसपीसहित नौ जनाको हत्या भएको थियो।

    रातो पासपोर्ट
    जनआन्दोलनको बलमा प्राप्त उपलब्धि संस्थागत गर्न जनताले संविधान बनाउन पठाए ६ सय १ जनालाई। तर, पहिलो संविधानसभामै दुखद् घटना भयो। सांसदहरूले बेचे सुविधाको पासपोर्ट। सांसदद्वय गायत्री साह र बीपी यादव जेल परे।सांसद नारदमुनि रानाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। त्यति बेला (विदेशको लोभ)मा स्पेनको कार्यक्रम जाने भन्दै रातो पासपोर्ट बेचिनबाट जोगिए, केही सांसद।

    जेलमै रहँदा सकियो पदावधि
    जनकपुर बमकाण्डमा पक्राउ परेका सांसद सञ्जय साहले जेलभित्रै दोस्रो संविधानसभाको कार्यकाल पूरा गरे। जिल्ला अदालतले बमकाण्डमा दोषी ठहर गरेपछि साह जेलमा छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं