SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/२ गते
    ६१८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । पटकपटक विवादमा पर्दै आएका फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले फेरि एक विवादास्पद बयान दिएका छन् । उनले उच्च प्रहरी अधिकृतलाई ‘मान्छे मार्न’ निर्देशन दिएका छन् । लेफ्टिनेन्ट कर्नेल जोभी एस्पेनिदोलाई बढुवाको नियुक्तिसँगै दुतेर्तेले यस्तो निर्देशन दिएका हुन् । जोभी उच्च पदस्थ व्यक्तिसमेतको संलग्नतामा भएको लागुऔषध तस्करी काण्डमा मुछिएका प्रहरी अधिकृत भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

    उनै विवादास्पद प्रहरीलाई दुतेर्तेले मनिलामा सार्वजनिक रुपमै यस्तो आदेश दिएका हुन् । राष्ट्रपति दुतेर्तेले भनेका छन्, ‘बाकालोद लागुऔषधले ग्रस्त क्षेत्र हो । जहाँ मैले एस्पेनिदोलाई नियुक्त गरेको छु ।

    मैले उनलाई त्यहाँ गएर जोसुकैलाई मार्न तिमी स्वतन्त्र छौ भनेको छु । ––– का छोराहरु ! मार्न सुरु गर । त्यसपछि हामी दुबैजना जेल जाउँला !’ उनले आक्रोशित बनेर फिलिपिनो र अंग्रेजी दुबै भाषामा यस्तो गाली दिएका थिए । दुतेर्तेले यसअघि पनि धेरै पटक रंगभेदी, जातीय तथा धार्मिक घृणा फैलाउने विवादास्पद गाली सार्वजनिक रुपमै दिएको आरोप खेप्दै आएका छन् । एजेन्सी

    प्रतिकृया दिनुहोस्

    Loading...

    सुन तस्करी आरोपमा विमानस्थलबाट प्रहरी जवान पक्राउ

    सुन तस्करी गर्न सघाएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान पक्राउ परेका छन्। त्रिभुवन...

    श्रोत नखुलेको ६९ लाख ५० हजार सहित कपडा पसलका म्‍यानेजर पक्राउ..

    प्रहरीले श्रोत नखुलेको ६९ लाख ५० हजार सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ...

    बसको ठक्करबाट दाङमा १ जनाको मृत्यु

      दाङमा बसको ठक्करबाट एकको मृत्यु भएको छ । लमही नगरपालिका–७ बनघुस्री निवासी ५५ वर्षीय...

    एकाबिहानै कुश्मा बागलुङ सडक खण्ड पर्वतमा सवारी दुर्घटना एकको मृत्यु, ६ घाइते

    पर्वत, । पर्वतको कुश्मा नगरपालिका ८ परादी स्थित मध्यपहाडी लोकमार्गको कुश्मा बागलुङ सडक खण्डमा शनिबार...

    राप्रपालाई माधव नेपालको सुझाव : परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काममा नलागौं

    काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं