SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१ गते
    ५०८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नौ महिनामा चारपटक मुलुकमा ठूलो आन्दोलन हुने, आफू जंगल जान सक्ने र आन्दोलन गर्ने इच्छा रहेको अभिव्यक्ति दिएका छन्। उनले गत माघदेखि अहिलेसम्म चारपटक मुलुकमा ठूलो आन्दोलन हुनसक्ने, आफूले त्यसको नेतृत्व गर्न सक्ने तथा जंगल जान अनुमति दिए जंगल नै जान सक्नेजस्ता अभिव्यक्ति दिएका हुन्। दलका कार्यक्रम वा अन्य कार्यक्रममा पनि उनले त्यस्ता अभिव्यक्ति दिएका छन्।

    बिहीबार मात्रै गृहजिल्ला चितवन पुगेर उनले फेरि एकपटक आन्दोलन गर्ने इच्छा रहेको बताए। समाजवादको उद्देश्य प्राप्तिका लागि र नेकपालाई कम्युनिस्ट पार्टीजस्तो बनाउन आन्दोलन गर्ने इच्छा रहेको उनको भनाइ थियो। ‘हामी त जीवनको उत्तराद्र्धमा आइसक्यौं। बाँकी जीवन फेरि यो समाजवादको उद्देश्यका निम्ति, यो पार्टीलाई कम्युनिस्ट पार्टीजस्तो बनाउनका लागि आन्दोलन गर्ने इच्छा छ। यो महान् उद्देश्यमा साथ दिनुहुनेछ भन्ने मेरो विश्वास छ। हामी जित्छौं पनि’, उनले भने।

    यसअघि असोज ६ मा आयोजित कम्युनिस्ट आन्दोलनकी नेत्री सहाना प्रधानको स्मृति दिवस कार्यक्रमममा पनि दाहालले फेरि एउटा अर्को आन्दोलन चाहिएको बताएका थिए। उनले त्यो कार्यक्रममा त्यस्तो आन्दोलन शान्तिपूर्ण र प्रतिस्पर्धात्मक हुने बताएका थिए। ‘हामी हिजो जेलाई आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त ? हामी सबैले गर्नुपर्ने मुख्य प्रश्न यही हो,’ सो कार्यक्रममा दाहालले भनेका थिए, ‘हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ। सम्पूर्ण ताकत लगाउने फौज चाहिएको छ। नत्र हाम्रो पार्टीको हालत पूर्वी युरोपका कम्युनिस्ट पार्टीको जस्तै हुन्छ।’ याे खबर आजकाे नागरिक दैनिकमा छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मेयर बालेन शाहले एउटै फार्मेसीमा ३६ प्रकारका अवैध औषधि भेटिएपछि दिए १० दिने अल्टिमेटम

    काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले औषधि पसल सञ्चालन र औषधिको कारोबारमा कडाईको चेतावनी दिएका...

    एनसेलको शंकास्पद शेयर खरिद मूल्यमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण

    काठमाडौं। टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकाले छानबिन...

    न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद

    काठमाडौं । प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ...

    रुकुम पश्चिमको नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

    काठमाडौं । जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित...

    सत्ता गठबन्धनमा भागबन्डाको तयारी : राष्ट्रिय सभा चुनाव

    काठमाडौं । राष्ट्रिय सभा चुनावका लागि सत्तारुढ गठबन्धनमा छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्षी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं