SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/३० गते
    ५२६ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता बर्मिङ्गम फिनिक्सबाट खेल्ने भएका छन् ।

    बुधबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप बर्मिङ्घम फिनिक्समा अनुबन्धित भएका हुन् । बर्मिङ्घमले सन्दीपलाई १ लाख पाउण्ड (१ करोड ४६ लाख) नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो ।

    विश्वका थुप्रै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका हुन् । उनले यसअघि विभिन्न अन्तर्राष्ट्रिय क्लबमा अनुबन्धित भएर खेलिसकेका छन् ।

    सन्दीप बुधबार मात्रै युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी–टेन लिगका लागि समेत कर्नाटकामा अनुबन्धित भएका थिए । उनलाई ४५ हजार अमेरिकी डलर मूल्यमा कर्नाटकाले अनुबन्ध गरेको हो । प्रतियोगिता सन् २०२० को १७ जुलाईदेखि १६ अगष्टसम्म आयोजना हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं