SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/२९ गते
    १२११ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । पछिल्लो समय चर्चामा रहेका पुर्व युवराजा पारस शाहले आफु राजा नभएको बताएका छन् । मोडल तथा युट्युबर सोनिका रोकायासँगको हिमचिमका कारण चर्चाका आएका शाहले आफू राजा हुने मानिस नभएको बताएका हुन् । पारसले हरेक काम गर्न आफू स्वतन्त्र भएको खुलासा गरेका छन् । रोकायासँग हिमचिम बढेको र उनलाई लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बाहिर आएपछि म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ? भन्दै प्रश्न गरेका छन् ।

    आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे नभएको उनले खुलाएका छन् । आफु मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुने भएको हुँदा गाडीको भन्दा यसमा यात्रा गर्ने गरेको उनले जानकारी दिए । उनले भिडियोमा पनि आफु राजावादी नभएको भन्दै बोलेको सुन्न सकिन्छ । उनले आफु सबैभन्दा पहिले नेपाली भएको भन्दै सबैलाई नेपाली बन्न अनुरोध गरेको आषय भाइरल भइरहेको छ ।

    पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको खुलाए । आफुसँग धन सम्पत्तिको नाममा एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको उनले दावा गरेका छन् । पारसले आफूलाई सत्तामा जाने, शक्ति हासिल गर्ने र राजा हुने रहर नभएको स्पष्ट पारेका छन् । उनी भन्छन्, ‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु । लुकाउन के जरुरी छ र ?’ पारसले अहिले आफू अध्ययनमा व्यस्त रहेको बताए । पूर्वीय दर्शनको अध्ययनमा आफू लागेको पारसको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं