SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/२९ गते
    ५७४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । पूर्वसभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडांैमा उपस्थित गराइँदा केही हास्य दृश्य देखिएको थियो। मंगलबार अपराह्न जिल्ला अदालत काठमाडौं पुर्याइएका महराको बयानपछि म्याद थप गर्न न्यायाधीश दीपककुमार दाहालको इजलास तोकिएको थियो।

    इजलास अधिकृतले म्याद थपसम्बन्धी फाइल न्यायाधीश दाहालको च्याम्बरमा पुर्याएका थिए। बयानपछि पूर्वसभामुख महरालाई इजलासनजिकै रहेको स्रेस्तेदारको कोठामा केहीबेर राखिएको थियो। स्रेस्तेदारको कोठामा पुग्नुभएका महराले जिल्ला अदालतमा लागेको भीड देखेर अचम्म मान्नुभएको थियो।

    उहाँले सँगै रहेका आफ्ना सहयोगी, कानुन व्यवसायी, सरकारी वकिल र सुरक्षाकर्मीलाई प्रश्न गर्नुभएको थियो– ‘हैन यहाँदैनिक यति धेरै मानिस मुद्दाका लागि नै आएका हुन् त ?’ उहाँसँग नजिकै रहेकाहरूले यहाँ दैनिक हजारौंको संख्यामा मुद्दा मामिलाका लागि नै आउने गरेको जानकारी गराएका थिए।

    आदेश आउन समय लागेपछि उहाँसगै रहेका सरकारी कर्मचारीले चिया खाने सर भनेर उहाँलाई सोध्दा उहाँले आफूले कहिल्यै चिया पिउने नगरेको जानकारी गराउँदै ‘बरु पानी छ भने खाऊँन’ भनेर आग्रह गर्नुभएको थियो। कार्यालय सहयोगीले तुरुन्तै महराका लागि बोतलमा पानी ल्याएका थिए।

    ती कार्यालय सहयोगीलाई नजिकै रहेका एक अधिकृतले गिलास ल्याउन आग्रह गर्नासाथ महराले ती अधिकृतलाई भन्नुभयो–‘अभियुक्तले पनि के गिलासमा पानी खानु ?’ उहाँले ‘पर्दैन बोतलबाटै खान्छु’ भनेर बोतलबाटै पानी खानुभएको थियो।

    उहाँले पानी पिएको केही क्षणमा नै अदालतले ३ दिन म्याद थप गरेको पत्र थमाएपछि उहाँ नर्भिक अस्पतलतर्फ प्रस्थान गर्नुभएको थियो। मंगलबारको म्याद थपका लागि महराको तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठसहित ४ जना र सरकारको तर्फबाट एक जना सरकारी वकिलले बहस गर्नुभएको थियो। नेपाल समाचार पत्र

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं