SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/२७ गते
    ५४३ &#२३४६;&#२३३५;&#२३२५;

    अमृत भट्टराई / गुल्मी । पश्चिम नेपालको पहाडी जिल्लामा रहेको सराँय नाच गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर छ खड्ककोट खनियापाटमा अहिलेसम्म नै चलिरहेको छ ।लोपोन्मुख अवस्था र पहाड केन्द्रित रहेको सराय नाच गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर छ खड्ककोट खनियापाटमा २०१४ सालदेखि कोजाग्रत पूर्णिमाबका दिन देखाउने गरेको पाइन्छ । दशैंको अवसरमा लुम्बिनीका अर्घाखँची, गुल्मी , पाल्पा र प्युठान जिल्लामा लोकप्रिय सराँय नाच गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर छ खड्ककोट खनियापाटमा प्रदर्शन गरिएको हो ।

    पहाडी जिल्लामा हुर्किएकाहरुले परम्परा जोगाउने उदेश्यले गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर छ खड्ककोट खनियापाटमा जोगाएका हुन् । भाला, खुकुरी र बाजागाजासहित सराय नाच देखाइएको थियो । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर छ खड्ककोट खनियापाटमा रहेको खड्का देवी मन्दिरको प्राङगणमा देखाइएको नाचले परम्पराको जर्गेना गरेको विगत २०१४ सालदेखि सराय नाँच देखाउन थालिएको थ्रि स्टार युवा क्लबका सदस्य हरिकुमार केसीले बताए ।

    परापूर्वकालदेखि नै सराय नाच चलिआएको र अहिले नयाँ पुस्ताले साँस्कृतिक नाच बिर्सदै गएकाले त्यसको संरक्षणका लागि पनि गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर छ खड्ककोट खनियापाटमा सराँय नाच देखाइएको उनको भनाई छ । गुल्मी, अर्घाखाँची , पाल्पा र प्युठान जिल्लामा निकै लोकप्रिय मानिने सराय असत्यमाथि सत्यको विजयकोउत्सवको रुपमा मनाइने प्रचलन रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माइती नेपालद्वारा स्थानीय मानव बेचविखन नियन्त्रण समितिसंगको बार्षिक समीक्षा र योजना बैठक सम्पन्न

    रबिप्रकाश कसाैधन कृष्णनगर, कपिलवस्तु, । स्थानीय मानव बेचविखन नियन्त्रण समिति संगको दुई दिने बार्षिक समीक्षा...

    लगातार चौथो दिन पनि शेयर बजार राताम्मे, नेप्से २७ सय विन्दुमा झर्‍याे

    काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन आज बुधवार पनि घटेको छ ।...

    जापानबाट प्राप्त हुने २ अर्ब ६१ करोड अनुदान सहायता स्वीकार गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने अनुदान सहायता...

    नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले गरे भारतीय जनताको समृद्धिको कामना

    काठमाडौं । भारतलाई ७३ औं गणतन्त्र दिवसको अवसरमा नेपालले पनि शुभकामना दिएको छ । नेपालको...

    खोप’ भने तर, अहिले खोप लगाउने मान्छे छैन : प्रधानमन्त्री देउवा

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप प्रचुर मात्रामा रहेपनि अहिले खोप लगाउने मान्छे...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं