SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/२७ गते
    १०५५ &#२३४६;&#२३३५;&#२३२५;

    नेपाली फिल्म क्षेत्र बाहिरबाट हेर्दा जति झकिझकाउ र रंगिन छ, भित्र त्यस्तो छैन । जुन सोचका साथ कलाकारले यो क्षेत्रमा प्रवेश गर्छन्, भित्री रुपमा उनीहरुले त्यो पाउँदैनन् । नेपाली फिल्म क्षेत्रमा जोडिएका सम्बन्ध टुट्न समय नै लाग्दैन । अहिले निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको सम्बन्ध यस्तै देखिएको छ । ३ बर्ष अघि बिहे गरेर ६ महिना अघि मात्र शिल्पा र छविले बिहे दर्ता गरेका थिए । यसको अर्थ, छवि र शिल्पा कानुनी रुपमा जोडिएको ६ महिना मात्र भयो । तर, छवि र शिल्पाको सम्बन्ध सकिने बाटोमा छ । घरेलु हिंसाको उजुरीबाट सुरु भएको सम्बन्ध अब डिभोर्सको बाटोमा छ ।

    छविसँग डिभोर्स गर्नका लागि शिल्पाले काठमाण्डौ जिल्ला अदालतमा फाइल गरिसकेकी छिन् । शिल्पा र छविको सम्बन्ध सकिनुमा शंका र उमेर अन्तरले साथ दिएको छ । एकले अर्कालाई गर्ने शंका, उमेरको अन्तरले सोचमा देखिएको फरकपनाले गर्दा उनीहरु अलग हुँदैछन् । तर, बाहिरी रुपमा एकले अर्कालाई नराम्रो देखाउने खेल ठूलै छ । छवि र शिल्पाको सम्बन्ध डामाडोल हुने बाटोमा छ । तर, नेपाली फिल्मका कलाकारको डिभोर्स घटना यो पहिलो पटक होइन । छविले नै अभिनेत्री रेखा थापासँग डिभोर्स गरेका थिए । रेखा र छविको सम्बन्ध पनि १० बर्षमा सकियो । रेखा र छविको सम्बन्ध पनि शंका र उमेर अन्तरमै सकिएको देखिन्छ ।

    गायिका अन्जु पन्त र गायक मनोजराजको पनि डिभोर्स भयो । यो जोडीमा पनि शंकाले ठूलो स्थान लियो । शंका नै शंका र मनोज र अन्जुको पारिवारिक सम्बन्ध टुट्यो । अन्जुको आँशु संचारमाध्यमका लागि मसला त बन्यो । तर, अन्जु र मनोजले पनि करिअरलाइ एकसाथ लैजान सकेनन् ।अभिनेत्री रीमा विश्वकर्माको पनि डिभोर्स भयो । बिहे भएको २ बर्षमै उनको डिभोर्स भयो । रीमाको डिभोर्स हुनुमा पनि शंकाले नै ठूलो हात राख्यो । विदेशमा रहेका उनका पूर्व श्रीमान् र उनी नेपालमा रहँदा शंकाले काम गर्यो र उनीहरु अलग हुन पुगे ।

    अभिनेत्री प्रियंका कार्की पनि डिभोर्सी हुन् । उनले भने रोचक मैनालीसँग डिभोर्स गरेकी हुन् । रोचक र प्रियंकाले अमेरिकामा नै बिहे गरे । तर, प्रियंका नेपाल आएपछि उनी फिल्ममा बढी व्यस्त भइन् । यसपछि भने उनी र रोचक मिल्न सकेनन् । दुइले डिभोर्स दिने निर्णय गरे । डिभोर्स भएपछि प्रियंका अब अभिनेता आयुष्मान देशराज जोशीसँग बिहे गर्ने तयारीमा छिन् ।

    अभिनेत्री संचिता लुइटेलको पनि पहिलो बिहे डिभोर्समा टुट्यो । अभिनेता आकाश शाह र अभिनेत्री संचिताविच बिहे भएको थियो । तर, आकाश र संचिताको बिहे लामो समय टिक्न सकेन । बिहेलाइ अघि बढाउन नपाएपछि दुइले अलग हुने निर्णय गरे । अभिनेत्री संचिताले आकाशसँग बैबाहिक सम्बन्ध टुटेको केही बर्षपछि अभिनेता निखिल उप्रेतीसँग बिहे गरिन् ।

    गायक धीरज राई र नायिका छुल्ठिम गुरुङको वैवाहिक सम्बन्धमा पूर्णबिराम लागेको हो । डिभोर्स गरेरै दुई जना छुट्टीएका थिए । नेपाली सिनेमामा डिभोर्स गर्ने कलाकारको संख्या लामो छ । शिव श्रेष्ठदेखि राजेन्द्र खड्गीसम्मले डिभोर्स गरेर अर्को बिहे गरे ।बिवाहको कुरामा अभिनेता भूवन केसी र अभिनेत्री सुस्मिता केसी पनि छन् । यी दुइले पनि प्रेम गरेरै बिहे गरे । तर, लामो समयको बैबाहिक सम्बन्ध अलग भयो । यी दुइको सम्बन्धमा पनि शंकाले नै बढी काम गर्यो । कलाकारको वैवाहिक सम्बन्ध अलग हुनुमा शंकाले ठूलो काम गरेको छ ।

    विशेषगरि, घर छाडेर लामो समयसम्म छायांकनमा व्यस्त हुनुपर्ने, पुरुष वा महिला कलाकारसँग हिमचिम हुनुपर्ने आदि कारणले गर्दा पनि कलाकारको सम्बन्ध विग्रिएको छ । यसैले कलाकारको घर लामो समयसम्म टिक्दैन पनि भनिन्छ । धेरै कलाकारको यो खालको खबरले विशेषगरि सिनेमा क्षेत्रमा कलाकार हुनका लागि आफ्ना छोराछोरीलाई भित्राउने वर्गको संख्या कम देखिएको हुन्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्री प्रचण्डको आग्रह

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका...

    रास्वपाले नेता र सांसदलाई क्षेत्रगत विज्ञसँग छलफल गराउने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेता र सांसदलाई फरक फरक क्षेत्रका जानकारबाट छलफल...

    भोलि सांसदको शतप्रतिशतमत पाउने आश छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिंदा शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त...

    कावासोती तेक्वान्दो डोजाङको बेल्ट प्रमोसन तथा पुरस्कार बितरण

    गोबिन्द,पर्बत । कावासोती तेक्वान्दो डोजाङ्ग कावासोतीको आयोजनामा हिजो कावासोतीमा जुनियर बेल्ट प्रमोशन, ब्ल्याक बेल्ट प्रमाण...

    गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्दै

    पर्बत । गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्ने भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं