SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/२७ गते
    ७१५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं ।नेपालीको दोश्रो ठूलो चाड तिहार अगावै मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ । परिस्थितमा केही ठूलै फेरबदल नआए वर्तमान सरकारका धेरैजसो मन्त्री तिहारअघि नै सरकारबाट बाहिरिने करिब निश्चितजस्तै छ । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्रीसमेत रहेका केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बालुवाटारमा भएको छलफलमा मन्त्रिमण्डल पुनर्गठनबारे सहमति भएको हो ।

    स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली नयाँ मन्त्रिपरिषदका सदस्यहरुको सपथ गराएर मात्र आगामी कात्तिक पहिलो साता हुने असंलग्न राष्ट्रहरुको बैठकमा सहभागी हुन अजरबैजान जाने मनस्थितिमा छन् ।यसअघि पनि पटकपटक मन्त्रिपरिषद पुनर्गठनको हल्ला चल्दै आएको थियो । तर, नेकपाभित्रको आन्तरिक समीकरणका कारण प्रधानमन्त्री ओलीले निर्णय लिन सकेका थिएनन् । यसपटक भने मन्त्रिपरिषदको पुनर्गठन हुने निश्चित रहेको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दियो ।

    सबैलाई राजीनामा गराउने वा केहीलाई हटाउने ?
    स्रोतका अनुसार मन्त्रिपरिषद विस्तार कसरी गर्ने भन्नेमा शीर्ष नेतृत्व तहमा छलफल भइरहेको छ । एउटा कोणबाट सबैलाई राजीनामा गर्न लगाएर नयाँ ल्याउने र अर्को कोणबाट कार्यक्षमता कमजोर भएका र सुशासनका मामिलामा कमजोर केहीलाई मात्र हटाउनुपर्ने भन्ने विचार आइरहेको नेकपाका एक सचिवालय सदस्यले काठमाण्डुटुडेलाई जानकारी दिए ।

    केहीलाई मात्र हटाउँदा उनीहरुमाथि ‘कारबाही’ गरिएको सन्देश जाने र राजनीतिक ‘करियर’ बिग्रिन सक्ने भएकाले सबैलाई राजीनामा गराउने र पूरानामध्येबाट केहीलाई पुनः मन्त्री बनाउने विकल्प प्रधानमन्त्री ओलीले अघि सारेका छन् । प्रधानमन्त्री ओली अहिलेका सबै मन्त्री बिदा गर्ने सोचमा छन् । सरकारबाहिर रहेका नेकपाका कतिपय नेता पनि सबैलाई बिदा गर्नुपर्नेमा एकमत छन् ।

    स्रोतका अनुसार प्रचण्डले भने आधा कार्यकालपछि सरकारको नेतृत्व परिवर्तन गर्ने दुई पार्टी एकताका बेलाको सहमतिअनुरुप वर्तमान प्रधानमन्त्री र मन्त्रीहरु एकैपटक बिदा हुँदा राम्रो हुने सोचमा छन् । त्यसैले उनले सबैलाई राजीनामा गराएर नयाँलाई ल्याउने विकल्पमा सहमति जनाएका छैनन् ।

    प्रधानमन्त्रीले काम गर्न सहहज ठानेका र जनताबाट आलोचित केहीलाई हटाउनुपर्ने प्रस्ताव उनको छ । ‘सबैलाई हटाउने होइन, प्रधानमन्त्रीसँग ‘स्प्रिट’ नमिल्ने र जनस्तरबाटै आलोचित भएकाहरुलाई हटाएर बाँकी सबै आधा कार्यकालमा एकैपटक बिदा हुँदा राम्रो हुन्छ भन्ने उहाँको भनाइ छ’, प्रचण्डका एक निकट सहयोगीले काठमाण्डुटुडेसँग भने । यद्यपि जसरी भए पनि मन्त्रिपरिषद पुनर्गठन गर्ने भन्नेमा चाहिं दुवै नेता सहमत भएका छन् । पार्टी सचिवालय बैठक डाकेर केही दिनमै त्यसबारे निर्णयमा पुग्ने तयारी छ । काठमाण्डौं टुडेबाट साभार

    प्रतिकृया दिनुहोस्

    Loading...

    मेयर बालेन शाहले एउटै फार्मेसीमा ३६ प्रकारका अवैध औषधि भेटिएपछि दिए १० दिने अल्टिमेटम

    काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले औषधि पसल सञ्चालन र औषधिको कारोबारमा कडाईको चेतावनी दिएका...

    एनसेलको शंकास्पद शेयर खरिद मूल्यमा छानबिन हुन्छ : दूरसञ्चार प्राधिकरण

    काठमाडौं। टेलिकम कम्पनीहरुको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको शेयर खरिद मूल्य शंकास्पद रहेकाले छानबिन...

    न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद

    काठमाडौं । प्रहरीले न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो सुन बरामद गरेको छ...

    रुकुम पश्चिमको नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

    काठमाडौं । जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित...

    सत्ता गठबन्धनमा भागबन्डाको तयारी : राष्ट्रिय सभा चुनाव

    काठमाडौं । राष्ट्रिय सभा चुनावका लागि सत्तारुढ गठबन्धनमा छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्षी...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं