SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/२७ गते
    ६७५ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।
    गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला(रुपक)ले मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि कृषि फार्मको निरिक्षण गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने कास्कीको रुपा गाउँपालिका वडानं ३ पोल्याङको नमुना कृषि गाउँको अबलोकन गर्नुभएको हो ।

    गण्डकी प्रदेशका ३६ वटा गाउँलाई नमुना कृषि गाउँको रुपमा विकास गर्ने गरि २०७५ चैत १०गते गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँको औपचारीक रुपमा शुरुवात गरेको थियो । प्रदेश सांसदको सिफारिसमा ‘एक निर्वाचन क्षेत्र एक नमुना कृषि गाउँ’को रुपमा विकास गर्ने गरी गण्डकी प्रदेशमा अहिले ३६ वटा निर्वाचन क्षेत्रमा ३६ वटा वातावरणमैत्री कृषि फार्म सञ्चालन भएको छ ।

    कास्कीको रुपा गाउँपालिका वडानं ३ पोल्याङमा रहेको वातावरण मैत्री फार्म सांसद कोइरालाको सिफारिसमा गण्डकी प्रदेशको भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक सहयोगमा फार्म सञ्चालनमा आएको हो । सभापति कोइरालाले स्थानीयलाई फार्ममा पुर्वाधार निर्माण भएकोले अब ब्यवसायिक उत्पादनमा लाग्न आग्रह गर्नुभयो । सांसद कोइरालाले किसानलाई परेको समस्या के छन भन्ने जिज्ञासामा किसानहरुले प्राविधिकको समस्या भएको बताएका थिए । प्राविधिक नहुदा आफुहरुलाई समस्या भएको पुर्वाधारको कामपनि केही पुरा हुन बाँकी रहेको किसानहरुको भनाई रहेको थियो । सांसद कोइरालाले मन्त्रालय संग समन्वय गरेर केही दिनमा प्राविधिक पठाउने बताउनु भयो ।

    रुपागाउँ पालिकाका अध्यक्ष नवराज ओझाले अबलोकन पछि फार्म ब्यबस्थीत रुपमा सञ्चालन गर्न आग्रह गर्नु भयो । आफुहरु बेला बेलामा निरिक्षणमा आउने बताउदै अध्यक्ष ओझाले अन्यठाउँको भन्दा राम्रो फार्म सञ्चालन गर्न आग्रह गर्नु भयो ।
    त्यहाँ दुई समुहले बंगुर पालन संगै प्लाष्टीक घर भित्र गोलभेडा खेती गर्दे आएका छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं