SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/२६ गते
    १०७१ &#२३४६;&#२३३५;&#२३२५;

    चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई अब भूपरिवेष्ठित मुलुकबाट भूजडित मुलुक बनाउन मद्दत गर्ने प्रतिबद्धता उद्घोष गरेका छन् ।

    चिनियाँ राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार आयोजना गरेको रात्रिभोजमा उनले यसका लागि दीर्घकालीन र तत्कालका योजनाहरू अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । होटेल सोल्टीमा भएको रात्रिभोजमा राष्ट्रपति भण्डारीको स्वागत मन्तव्यपछि सीले ‘नमस्ते’ भन्दै सम्बोधन गरेका थिए ।

    ‘मैले चिनियाँ भाषामा लेखेको ‘नमस्ते’ राम्रोसँग भन्न जानिनँ होला, सुनिएन होला,’ उनले भने, ‘नेपाल र चीनबीच कुनै समस्या नरहेको र मित्रता मात्र रहेको छ ।’ राष्ट्रपति सीले चीनको सहयोगमा केरुङ–काठमाण्डु सुरुङ मार्ग र रेल मार्गसम्बन्धी परियोजना अघि बढ्ने संकेत गर्दै आइतबार प्रधानमन्त्री केपी ओलीसँग हुने दुईपक्षीय छलफलमा यसबारेमा थप स्पष्टता आउने पनि बताए ।

    हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल विस्तार पनि अर्को पाटोको रूपमा हामीले व्याख्या गर्न सक्छौं भन्दै यसबाट दुवै मुलुक लाभान्वित हुने उनको धारणा थियो । नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ६५ वर्षसम्म कुनै समस्या नभएको बताउँदै उनले भने, ‘शरद ऋतुमा नेपालमा सयौं फूल फुलेका छन् । यही मौसममा म पहिलोपटक काठमाण्डुमा छु । यहाँ राजनीतिक स्थायित्व छ । पुराना र नयाँ मित्रहरू भेट्दै छु । म हर्षित छु र आशा जागेको छ ।’

    उनले सुविधाजनक र रणनीतिक सहकार्य, रेलमार्ग, अरनिको राजमार्गको विकास, सुरुङदेखि सडकमार्ग हुँदै काठमाण्डु जोड्ने योजनालगायतले आफू खुशी भएको पनि बताए । उनले हिमालय वारिपारि रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कार्य अघि बढाउने पनि बताए । अधिकतम नाका र पुराना सडकको स्तरोन्नतिमा जोड दिने पनि उनले बताए ।

    यसले दुई मुलुकका जनताबीचको सहकार्य बढ्ने पनि बताए । नेपाली नेताहरू सहकार्य गरेर यहाँसम्म आइपुगेको सुनाउँदै दुई मुलुक मिलेर सम्बन्धको नयाँ खाका कोर्ने काम भएको पनि उनले बताए । ‘दुवै मुलुकका नेताहरू मिलेर बनाएको योजना पूरा गरौं। चीनमा पनि हामीले यस्तै गर्दै आएका छौं,’ उनले भने ।

    उनले राष्ट्रपति भण्डारी र आफूबीच चुनौती र कठिनाइको सामना गर्ने र विकास तथा समृद्धितिर जान सहकार्य गर्ने सहमति भएको समेत जानकारी दिए । सीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न अधिकतम सहयोग गर्ने र चिनियाँ पर्यटकलाई नेपाल भ्रमणमा निस्कन उत्प्रेरित गर्ने बताए । साथै जलवायुबारे नेपालको चासोको समर्थन गर्ने र हिमालय क्षेत्रको रक्षामा सहयोग गर्ने धारणा पनि सीको थियो ।

    रात्रिभोजमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपाली जनताले केरुङ–काठमाण्डु हुँदै लुम्बिनीसम्म रेलमार्ग पुगेको हेर्न चाहेको बताइन् । नेपाली जनताको यो चाहना छिट्टै पूरा हुने आशा समेत उनले व्यक्त गरिन् । उनले नेपालमा चिनियाँ लगानी बढाउन आग्रह गर्दै लगानीको सुरक्षाको लागि सरकार प्रतिबद्ध रहेको धारणा पनि राखिन् ।

    राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालको भूभाग कुनै पनि छिमेकी मुलुकविरुद्ध उपयोग हुन नदिने स्पष्ट पारिन । गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्र बनाउन चीनको सहयोग आवश्यक रहेको बताउँदै भण्डारीले भनिन्, ‘नेपाल–चीन सम्बन्ध सागरझैं गहिरो र सगरमाथा जस्तै उच्च छ ।’

    पञ्चशीलमा आधारित दुई देशको न्यानो सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावना रहेको बताउँदै उनले बताइन् । ‘पारस्परिक विश्वास, सम्मान र हितमा आधारित हाम्रो सम्बन्ध घनिष्ठ, मजबुत तथा समस्यारहित छ,’ उनले भनिन् ।

    रात्रिभोजमा प्रधानमन्त्री, मन्त्री, पूर्व प्रधानमन्त्रीहरू, प्रमुख प्रतिपक्ष दलका नेता, संवैधानिक निकायका प्रमुख, उद्यमी तथा सरकार उच्च अधिकारी उपस्थित थिए ।यसअघि चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति भण्डारीसँग राष्ट्रपतिभवन शीतलनिवासमा भेटवार्ता गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं