SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/१८ गते
    ५३८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ, । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई पनि डेंगु भएको पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि शाक्यको स्वास्थ परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनलाई डेंगुको संक्रमण भएको पुष्टि भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

    उनलाई ब्लू क्रस अस्पताल त्रिपुरेश्वरमा भर्ना गरिएको छ । यसअघि कृषि मन्त्री चक्रपाणि खनाललाई पनि डेंगुको संक्रमण भएको थियो । काठमाडाैँ उपत्यकासहित देशका धेरै ठाउँमा डेंगुको संक्रमण फैलिएको छ ।डेंगुका कारण यो वर्ष अहिलेसम्म सात जनाको मृत्यु भएको छ भने हजाराैँ प्रभावित भएका छन् ।

    चिकित्सकहरुका अनुसार एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइका कारण डेंगु लाग्ने गर्छ । यो जातको लामखुट्टेले बिहान र दिउँसोको समय टोक्ने गर्छ । लामखुट्टेको टोकाइबाट जोगिनु नै यो रोगबाट बच्ने मुख्य उपाय भएको चिकित्सकहरुले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं