SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/१६ गते
    २४६० &#२३४६;&#२३३५;&#२३२५;

    सानै देखि जब दशै आउथ्यो मन मा खुशिहरुले बुर्कुसि मार्न थाल्थे । दशै आउदा मन का हरेक चाहानाहरु पुरा हुन्छन जस्तो लाग्थ्यो , कतिपय पुरा हुन्थे कति अपुरा तर पनि मन मा खुशि र उमङ्ग उस्तै हुन्थ्यो । जब दशै नजिकिन्थ्यो घर आगन लाइ राम्रो बनाउन मन लाग्थ्यो । सबै साथि भाइ मिलेर धेरै टाडा बाट कमेरो माटो बोकेर ल्याउथेउ घर चिटिक्कै बनाउथेउ । खै अहिले त सङै कमेरो बोकेका साथि भाइ हरु कहा पुगे होलान सधै समय एकैनास नहुने रहेछ ।

    दशै ले छुदै गर्दा खरबारिमा पुगि बाबियो ल्याएर घर नजिकैको चौपारिमा पिङ हालेको आहा त्यो रमाइलो अहिले त सम्झना मा मात्रै छ । बाबियो काट्न खरबारिमा जादा अरिङगाल ले टोकेर बाबियो छोडेर भागेको पनि मन मा ताजै छ । अहिले त्यो चौपारि मा पिङ राखे होलान कि के गरे होलान मन मा प्रस्न उब्जिरहन्छ । साच्चि नै गाउ घर मा हुदाको दशै बहुत अबिस्मरनिय हुदो रहेछ ।

    बारिमा कोदो फुल्दै गर्दा खेतमा धानका बालाहरु लहलह झुल्दै गर्दाको त्यो रमणीय वातावरण मा रम्न मन लाग्छ तर के गर्नु म त गाउ घर बाट धेरै टाडा आइसकेछु । यहा त केबल काम र अर्काको गालि मात्र खानु पर्छ न त रमाउनु छ न त रम्नु नै छ । घरदेश छाडेपछि यि सबै चिजहरु समेत गुमाउनु पर्दो रहेछ । मलाइ असाध्यै मन पर्ने घुमाको रोटि दशै आउदा बित्तिकै आमाले बनाउनु हुन्थ्यो अहिले त उता आमाले रोटि बनाउदै गर्दा मलाइ सम्झनु हुन्छ म आमालाइ सम्झन्छु ।

    गाउमै छदा दशैमा खसि बाख्रा काटेको ठाउमा खुब हेर्न गैन्थ्यो खसिको कान समेत पोलेर खाइन्थ्यो त्यो समय झन धेरै याद आउछ । आफु भन्दा ठुलोबाट आसिर्बाद लिने र सानोलाइ आशिर्बाद दिने हाम्रो दशैको बिशेशता निधार मा रातो टिका र कानमा पहेलो जमरा लगाएर मामाघर सम्म पुग्दा को त्यो मजा सबै प्रदेश ले लुट्दो रहेछ । यसै क्रममा देश छोड्नु भन्दा पहिला को थोरै बिगत को सम्झना आयो ।

    भरखर प्लस टु सकेको थिए एउटा गतिलो जागिर पनि नपाइने मेरो देश मा गाउ घरमै हल्लिरहेको थिए । गाउमा केइ काम छैन हल्लेको छ बसेको छ भन्ने मान्छेको पनि कमि थिएन । घरको स्थिति पनि तेस्तै झन भन्दा झन जिम्मेबारि ले थिचे को महसुस भयो के गर्ने कसो गर्ने केहि सोच्न सकिन अन्तिममा परदेश पस्ने एउटै उपाए देखे । एकाबिहानै उठेर झोला मा डकुमेन्ट बोकेर शहर तिर निस्के शहर मा राम्रो देश राम्रो काम मा लगाइदिन्छु भन्ने दलालहरु प्रशस्तै भेटे ।

    अन्जान शहर मा कस्को बिस्वास गर्ने कसको नगर्ने अलमल परे घर तिर सम्झे आखिर म प्रदेस लाग्नु नै पर्छ भन्ने लाग्यो एक ठाउमा सबै डकुमेन्ट बुजाएर घर तर्फ लागे । (केहि दिन पछि )दशै ले छुदै थियो बारि तिर कोदो फुल्दै थियो खेतमा धान का बालाहरु लहलाउदै थिए आकाश खुल्ला थियो रमाइलो वातावरण थियो तेहि वातावरण हेरेर रमाइरहेको थिए अचानक खल्ति मा फोन बज्यो हेरे नया नम्बर थियो हेलो भने उताबाट हेलो …. जि म फलानो बोलेको हजुरको भिसा लाग्यो बधाइ छ भन्नु भयो मैले ए होर सर धन्यवाद भने फोन राखे ।

    बेलुका आफ्नो परदेश को भिसा लागेको कुरा घरमा भने सबै जनाको अनुहार मलिन देखे खुशि हुनु पनि कसरि अब छोरो पर्देश हिड्दै छ , कोहि केहि बोल्न सक्नु भएन म पनि अनुहार मलिन बनाउदै कोठातिर पसे । गाउ घर मा दशै को माहोल बड्दै थियो परदेश बाट सबै दाजु भाइ हरु दशै मनाउन आउदै थिए तर मेरो भने बिदेशिने दिन नजिकिदै थियो ।

    अब बिदेश लाग्दै छु के होला कसो होला भन्ने चिन्ताले मन सारै पिरोलिन थाल्यो । दशै नजिकिदै गयो जता ततै हर्श र उमङ छाइरहेको थियो तर मेरो मन जलिरहेको थियो । दशै को बेला सबै सङ हासो खुसि साट्ने बेलामा सबै साथि भाइ गाउ घर छाडेर मेरो प्रदेश हिड्ने दिन आयो ।
    घर छोड्दा को दिन बनेको मेरो घर को माहोल सम्झदा अहिले अनि शरिरमा काडा उम्रन्छ । सबै सङ बिदा भएर लगेज बोकेर घर बाट निस्के । बिहान पाच बजे काठमाडौं झरे एउटा होटल खोजेर तेइ होटल मा बसे मन मा सारै नरमाइलो लागेको थियो । एउटि चेलि जन्म घर छाडेर पराइ घर जानु र एउटा बेरोजगार युवा घरदेश छाडेर परदेश हिड्नु को पिडा उस्तै उस्तै हुने रहेछ । मन मा छटपट भैरहेको थियो भोलि पल्ट बेलुका को मेरो फ्लाइट थियो ।

    (भोलि पल्ट ) पारिको डाडाले सुर्यलाइ ढाक्नै लागेको थियो होटल को सबै बिल तिरेर एयरपोट तिर लागे जब एयरपोट मा पुगे कोहि बिदेश बाट खुसि लिएर फर्कदै थिए त कोहि आखा भरि आशु लिएर बिदेश हिड्दै थिए , त्यो दृस्य ले मेरा आखा झन भरिएर आए । चेकिङ को काम सकेपछि वेटिङ रुम बस्न आग्रह गर्यो । त्यहाबाट जहाज हरु आउने जाने गरेको देखे मन समाल्न सारै गारो भयो । केहि समय पछि म उड्ने जहाज को समय भयो भनेर अनाउन्स गर्यो त्यहाबाट म लगायत अन्य यात्रु हरु जहाज भएको ठाउ तिर लागेउ पशुपतिनाथ लाइ एक फन्को मारेर जहाज उड्यो जहाज सङ सङै म र मेरो मन पनि उड्यो ।
    यसरि हात मा हरियो पासपोट बोकेर हिडेको म देश छाडेको बर्शौ बितिसकेछ ।

    बिदेश मा न त रमाइलो छ न त चाडपर्ब अझ भनौ मैले त चाडपर्बहरु समेत काठमाडौं को बिमान्स्थल मा छाडेर आइसकेको रहेछु । यसपालि को दशैमा पनि जमरा नछर्नु है आमा म आउन पाउदिन । हरेक बर्श म जस्तै लाखौ परदेशि हरु को निधार खालि हुन्छ । एतिबेला गाउ घरमा आएका चाडपर्बहरु लाइ परदेश बाट टुलुटुलु हेरिरहेको छु ।

    बिजयादशमि तथा शुभ दिपावलि 2076 को पावन अबसरमा सन्सार को हरेक कुनामा रहनु हुने समस्त नेपालिहरु लाइ हार्दिक मङ्गलमय शुभकामना ब्यत्त गर्दछु । ❤️🙏
    मया ❤️❤️❤️❤️ राजिब शर्मा हाल अमेरिका

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं