SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/१४ गते
    ५१२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाण्डौं । सभामुख कृष्णबहादुर महरामाथि यौन दुराचारको आरोप लगाउने संसदकी कर्मचारीले केही आत्महत्या प्रयास गरेको खुलासा भएको छ । ती युवतीले करिब डेढ वर्षअघि विष सेवन गरी आत्महत्या प्रयास गरेकी थिइन् । बानेश्वर प्रहरी वृत्त अगाडि दिउँसै विष सेवन गरेकी उनलाई तत्काल प्रहरीले उद्धार गरी अस्पताल पु(याएको थियो ।

    महिलाका श्रीमानले उनले आत्महत्या प्रयास गरेको काठमाण्डुटुडेसँग बताए । २६ दिन अस्पतालमा राखेर परिवारले उनलाई घर लगेको थियो ‘एकपटक आत्महत्याको प्रयास गरेको थियो’, उनले काठमाण्डुटुडेसँग भने, ‘त्यतिबेला बचाइयो ।’ शाहीले उनकी पत्निले डिप्रेशनको औषधि सेवन गर्दै आएको समेत खुलासा गरे । तर, बीचमा औषधि छाडेका कारण समस्या भएको बताए ।

    ‘डिप्रेशनको औषधि खाँदै आएकी थिइन्’, उनले भने, ‘केही समय भयो औषधि खान छाडेको ।’ संसद सचिवालयमा काजमा कार्यरत उनले आइतबार राति सभामुख महराले आफ्नो बानेश्वरस्थित डेरामा आएर जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।

    सभामुख महराको सचिवालयले भने आरोपको खण्डन गर्दै त्यस दिन महरा १२ बजे संसद सचिवालय गएको र त्यहाँबाट २ बजे बालुवाटारस्थित सरकारी निवास पर्केपछि बाहिर ननिस्केको दाबी गरेको छ । महराको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको भन्दै सचिवालयले त्यसको निन्दा गरेको छ । काठमाण्डौं टुडेबाट साभार गरिएको ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं