SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/१३ गते
    १०७० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । सरकारले सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि काठमाडौंमा आवास तथा सम्पर्क कार्यालय बनाउन ८५ करोड रुपैयाँ खर्चने भएको छ । विकास निर्माणका कार्यमा सुस्त देखिएको सरकार भीआईपीको आवास निर्माणमा भने चुस्त देखिएको छ ।ललितपुरको भैंसेपाटीमा बन्न लागेको मुख्यमन्त्री तथा प्रदेश प्रमुखको आवास तथा सम्पर्क कार्यालयको प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सोमबार शिलान्यास हुने कार्यक्रम तय गरिएको सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए ।

    ललितपुरको सैंबुमा सांसद आवासका लागि छुट्याइएको १४९ रोपनी ४ आना ३.२८ दाम जग्गामा मन्त्री निवासका साथै राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभा उपसभामुखका लागि २७ वटा आवास भवन निर्माण गर्ने तयारीलाई समेत सरकारले तीव्रता दिएको छ । सो भवन निर्माणका लागि १ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।८५ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सुविधासम्पन्न र अत्याधुनिक आवास तथा सम्पर्क कार्यालय दुई वर्षमा बनाइसक्ने गरी ठेक्का सम्झौता गरिएको छ । केसी कन्सट्रक्सन तथा समानान्तर ज्वाइन्ट भेन्चरले सो भवन निर्माणको ठेक्का पाएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि छुट्टाछुट्टै गरी १४ वटा भवन बन्नेछन् ।

    गत १२ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भैंसेपाटीमा मन्त्री निवास, राष्ट्रिय सभा अध्यक्ष तथा उपाध्यक्षको आवास, प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय निर्माण गर्ने निर्णय गरेको थियो ।विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकीर्ण तुलाधारले मन्त्रिपरिषद्ले निर्णय गरेको र नीति तथा कार्यक्रम र बजेटमा पनि समावेश भएसँगै भवन निर्माण अघि बढाइएको बताए ।अबको केही समयपछि ललितपुर भैंसेपाटीस्थित सैंबुमा १ अर्ब ४५ करोड लागतमा मन्त्री निवास बनाउने तयारी छ ।सरकारले हाल ललितपुर पुल्चोकस्थित मन्त्री निवास भैंसेपाटी सैंबुमा बनाउने निर्णय गरेको छ भने मन्त्री निवासका लागि ठेक्का सम्झौता गर्ने तयारी भइरहेको छ ।

    विभागका इन्जिनियर तुलाधारले ठेक्का सम्झौताका लागि मूल्यांकनको काम भइरहेको बताए । निर्माणको तयारी भइरहेको मन्त्री निवासअन्तर्गत २७ वटा भवन बन्नेछन् ।तुलाधारले आवास निर्माणका लागि १ अर्ब ४५ करोड रुपैयाँको लागत अनुमान गरिएको बताए । सैंबुमा बन्ने मन्त्री निवासमा केन्द्र सरकारका मन्त्रीहरूका लागि २४ वटा भवन बन्नेछन् भने राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखका लागि एक/एक वटा भवन बन्नेछन् ।

    मंसिरमा बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार ललितपुरकै पुल्चोकस्थित हालको मन्त्री निवास परिसरमा १० वटा राजकीय अतिथि गृह निर्माण गर्ने निर्णय गरेको थियो । यसका लागि मन्त्री निवास रहेको जग्गा अपर्याप्त भए नेपाल राष्ट्रिय पुस्तकालय छेउको सरकारी जग्गासमेत उपयोग गर्ने निर्णय गरेको छ । राजधानी दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं