SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/१० गते
    ७५६ &#२३४६;&#२३३५;&#२३२५;

    श्रीभद्र पौडेल, अन्नपूण (लुम्ले), । कास्कीको अन्नपूर्ण गाउँपालिका ६ स्थित लुम्लेमा रहेको कालिका मन्दिर पुनःनिर्माण तथा संरक्षण प्रतिष्ठान सहयोगार्थ हुन लागेको महायज्ञको तयारी पुरा भएको छ।

    यहि असोज ११ गतेदेखि १९ गतेसम्म श्रीमद्भागवत महापुराण एवं देवी भागवत नवाह ज्ञान महायज्ञ गर्ने तयारी गरिएकोमा त्यसको सम्पूर्ण तयारी पुरा भएको बिहीवार(आज) लुम्लेमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो।जसमा कथा शिरोमणि पं. दिपकप्रसाद पौडेलले प्रवचन गर्ने कार्यक्रम रहेको छ।

    सो अवसरमा भनाई राख्दै मूल आयोजक समितिका अध्यक्ष भरत देवकोटाले उक्त मन्दिर क्षेत्र तथा समग्र लुम्लेलाई नै धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यका साथ यज्ञ गर्न लागिएको प्रष्ठ पारे ।उनले गण्डकी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षलाई पनि धार्मिक पर्यटनको माध्ययम मार्फत महायज्ञले सघाउने विश्वास जनाए।

    यज्ञबारे प्रकाश पार्दै वडाध्यक्ष चित्रबहादुर गुरुङले वि.स. २०२२ सालमा स्थापना गरिएको उक्त मन्दिरलाई दैवी शक्ति पिठमा रुपमा चिनाए । यो लुम्लेको पहिलो महायज्ञ भएकाले आम लुम्लेवासी यसको सफलताका लागि लाग्नुपर्ने उनको धारणा थियो ।मूल आयोजक समितिका प्रथम उपाध्यक्ष एकदेव देवकोटाले कालिका मन्दिरलाई लुम्लेको ऐतिहासिक घरोहरका रुपमा चिनाए ।
    यज्ञको गण्डकी प्रदेश सांसद राजीव पहारीले उद्घाटन गर्ने कार्यक्रम छ ।जसअन्र्तगत

    ११ गते मन्दिर परिषरबाट बाजागाजा सहित शोभायात्रा निकाली यज्ञको समुद्घाटन गरिनेछ ।त्यस्तै १२ गतेदेखि १८ गतेसम्म नियमित कथा प्रवचन, १८ गते दिउँसो तीन बजे भागवतको पुरस्तकमा तिलार्पण, ४ बजेदेखि लक्ष्य बत्ती प्रज्वलन तथा रात्रि जाग्राम कार्यक्रम, १९ गते विहान यज्ञ पुर्णाहुती गरी समापन गर्ने तयारी भइरहेको वडाध्यक्ष चित्रबहादुर गुरुङले बताए ।

    यज्ञबाट रु.५० लाख दान संकलन गर्ने लक्ष्य राखिएको छ ।त्यस्तै विस्तृत परियोजना प्रतिवेदन निर्माण गरि पेगौंडा शैलीमा मन्दिरको पुनःनिर्माण गर्ने सोच पनि मूल आयोजक समितिले बनाएको छ ।यज्ञमा उधारोलाई भने निशेष गरिएको जनाइएको छ।

    महायज्ञ अवधिभर सामुहिक पितृ तर्पण, हवन, अन्नदान, भुमिदान, तुलादान, धान्याञ्चल, ब्राम्हण भोजन, विवाह, व्रतबन्ध, गुन्युचोली, नवग्रहपुजा, चौरासी पुजा सहित पितृको तस्विर राखी आरती अर्पण गर्दै दान गर्न सकिने यज्ञका मिडिया संयोजक श्रीभद्र पौडेलले बताए ।यज्ञको संरक्षकमा अन्नपूर्ण गाउँपालिका तथा सह–संरक्षकमा वडा कार्यालय रहेका छन् ।

    मूल आयोजक समितिका अध्यक्ष देवकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रचारप्रसार उपसमितिका संयोजक एकदेव देवकोटाले स्वागत तथा मूल आयोजक समितिका महासचिव दिनेशकुमार जिसीले कार्यक्रम संचालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं