SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/९ गते
    ६७१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा महानगरपालिका वडा नं. ३३ आँपु भञ्ज्याङमा रहेकोे कालिका माविमा पोखरा ३० शिशुवामा रहेको युरिका एजुकेसन एकेडेमीले वाटर डिस्पेन्सर सहयोग गरेको छ ।बुधबार विद्यालय प्राङ्गणमा आयोजना गरिएको एक कार्यक्रममा युरिका एजुकेशन एकेडेमीका संस्थापक अध्यक्ष शिवराव सुवेदीले कालिका माध्यामिक विद्यालयका अध्यक्ष गोपाल पुनलाई उक्त डिस्पेन्सर हस्तान्तरण गरेका हुन ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल पुनले सरकारी स्कुल चलाउन सहयोगी हातहरुलाई स्वगात गर्नुको विकल्प नरहेको वताउँदै प्राप्त सहयोगको पुर्ण रूपमा सदुपयोग गरिने वताए ।शिवराज सुबेदीले सहयोगको सुरुवात मात्रै हो, विद्यार्थी तथा शिक्षकहरुलाई जाडो मौसममा तातोपानीको समस्या नहोस् भनेर नै वाटर डिस्पेन्सर वितरण गरिएको र यो सहयोगको सुरुवात भएको पनि वताए ।

    शिक्षक अभिभावक संघका अध्यक्ष गंगाबहादुर गुरुङले विद्यालयमा सुधार गर्नुपर्ने धेरै कुरा भएको वताउँदै पहिला आफु राम्रो हुनुपर्छ त्यस पछि अरुलाइ राम्रो बनाउन सकिन्छ भन्ने कुरा वताए।विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद पोख्रेलले सरकारी विद्यालयमा विद्यार्थीहरुलाई समय सापेक्ष सुविधा उपलब्ध गराउँन नसक्दा विभिन्न दाताहरुको मुख ताक्नु पर्ने वाध्यता रहेको वताए ।

    उनले पोखरा रामबजार निवासी सबिता प्रधानाङ्गले नगद १५ हजार र विद्यार्थीहरुलाई कसरी पढाइमा अब्बल हुने भन्ने विषयमा प्रशिक्षण दिने वताए। सो अवसरमा युवा व्यवसायी पुष्पराज पौडेलले सहयोगको दायारा फराकिलो पार्दै जाने वताए । कार्यक्रमको संचालन शिक्षक कृष्ण पाण्डेले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं