SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/९ गते
    ५५० &#२३४६;&#२३३५;&#२३२५;

    मेष राशी ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
    महिना संघर्षदायी रहनेछ । खर्चमा वृद्धि हुन सक्नेछ । शत्रु पक्ष सबल रहनेछन् । हाड नसामा समस्या देखिन सक्छ । अध्यनको क्षेत्र सबल र सफल रहनेछ । नयाँ कार्यप्राप्तिको योग देखिन्छ । व्यापार व्यवसाय मध्यम लाभदायी रहनेछन् । वाणिज्य क्षेत्रमा विशेष उन्नति हुने देखिन्छ । आमदानीका स्रोत बढ्ने छन् । पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ । भगवतीको उपासनाका साथै राता वस्तुको प्रयोग शुभ रहने देखिन्छ ।

    बृष राशी ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
    महिना लाभदायी रहनेछ । सामाजिक मान प्रतिष्ठा मिल्ने देखिन्छ । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । कार्यक्षेत्रमा भने कडा मिहिनेत र परिश्रमको जरुरत पर्ने देखिन्छ । अध्ययन अध्यापनका क्षेत्रमा उन्नति प्रगति हुनेछ । कार्योन्नतिको योग पनि देखिन्छ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । काम बन्नुका साथै मित्र सुख मिल्नेछ । कृषि कार्यमा रुचि जाग्ने देखिन्छ । आमदानीका स्रोत निरन्तर बढ्ने देखिन्छन् ।

    मिथुन राशी ( कि, कु, घ, ङ, छ, के, को, ह):
    महिना उन्नतिकारक रहनेछ । कर्म प्राप्त्किा योग देखिन्छन् । पराक्रम बढ्नुका साथै कार्यमा उन्नति हुने देखिन्छ । व्यापार व्यवसायबाट उन्नति हुने देखिन्छ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै राजनीतिक क्षेत्रमा पििन रुचि जाग्ने छ । प्रेम जीवन सफल र सुखद् रहनेछ । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । आफन्तजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । व्यवसायमा वृद्धि हुने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । नयाँ कार्य गर्ने उत्साह मनमा छाउने देखिन्छ ।

    कर्कट राशी ( हु, हे, हो, डा, डि, डु, डे, डो):
    महिना मिश्रित फलदायी रहनेछ । कार्यमा उन्नति हुनेछ । सामाजिक पद प्रातिष्ठा प्राप्त हुनुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । कला मनोरञ्जनका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । सामाजिक कार्यम मन जानेछ । स्वास्थ्यको क्षेत्र भने निर्वल देखिन्छ । जलीय पदार्थबाट सजग रहनु नै उत्तम हुनेछ । मित्रजनबाट साथ सहयोग मिल्नेछ । विद्या अर्थकरी रहनेछ । भू–धनबाट विशेष लाभ हुने देखिन्छ । प्रेम जीवन सबल र सुखद् रहने देखिन्छ ।

    सिंह राशी ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
    महिना कार्यदायी रहनेछ । भूधनबाट लाभ हुनेछ । प्राविधिक कार्यमा रुचि जाग्नुका साथै उन्नति प्रगति हुने पनि देखिन्छ । विद्याको क्षेत्र उन्नतिकारक देखिन्छ । व्यापार व्यवसायबाट विशेष लाभ रहनेछ । बौद्धिक उन्नयनका कार्यमा लगाव रहने देखिन्छ । मित्र जनको सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । सामाजिक कार्यमा विशेष रुचि जाग्नेछ । कुरा कबाट्नेको संख्या बढ्नुका साथै महिनाको उत्तराद्र्धकबाट स्वास्थ्यमा प्रतिकूलता रहनसक्ने देखिन्छ ।

    कन्या राशी (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :
    यात्रादायी रहनेछ । व्यवसायमा व्यस्तता बढ्ने छ । आर्थिक उन्नतिका साथै सामाजिक मान प्रतिष्ठा मिल्ने देखिन्छ । धनको क्षेत्र सबल देखिन्छ । आर्थिक वृद्धिका परिसूचकहरू देखा पर्नेछन् । अध्ययन अध्यापनको क्षेत्र फलदायी रहनेछ । धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनेछ । सखद् यात्राका योग पनि देखिन्छन् । कीर्ति वृद्धिका साथै पदोन्नतिका अवसर पनि मिल्ने देखिन्छ । स्वास्थ्यमा भने प्रतिकूलता रहन सक्ने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ ।

    तुला राशी (र, रि, रु, रे, रो, ता, ति, तु, ते) :
    उन्नतिकारक रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । पराक्रम ब्नुकका साथै सामाजिक मान प्रतिष्ठा प्राप्त हुने छ । यात्राका विशेष योग देखिन्छन् । पारिवारिक सुख मिल्नेछ । कलाका क्षेत्रमा विशेष रुचि जाग्नेछ । भू–धनबाट विशेष लाभ हुने देखिन्छ । विद्या लाभदायी रहनेछ । शत्रु पराजित हुनेछन् । व्यापार व्यवसायबाट लाभ हुनेछ । सोचेका काम बन्नुका साथै नयाँ कार्यको थालनी हुने देखिन्छ । शत्रु सबल रहनेछन् । प्रेम जीवन सुखद् रहनेछ ।

    बृश्चिक राशी (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
    महिना मध्यम फलदायी रहनेछ । पारिवारिक सुख मिल्नेछ । आफन्तजनबाट साथ सहयोग मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्र मध्यम रहनेछ । यात्राका विशेष योग देखिन्छन् । व्यवसायमा उन्नति हुनेछ । पारिवारिक सुख मिल्नुका साथै धार्मिक सामाजिक कार्यमा अभिरुचि जाग्नेछ । शत्रु पक्ष भने सबल रहेछन् । स्वास्थ्यमा विशेष ध्यान दिनु उपयुक्त हुनेछ ।

    धनु राशी (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) :
    महिना मध्यम फलदायी रहनेछ । कार्यमा उन्नति हुनेछ । सोचेका काम बन्नेछन् । व्यापार व्यवसायबाट विशेष लाभ हुने देखिन्छ । श्रीवृद्धिका साथै कार्य प्राप्तिको योग पनि देखिन्छ । मित्रजनबाट सुख मिल्नेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुनेछ । स्वास्थ्यमा सजगता अपनाउनु नै उचित हुनेछ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै कर्मप्राप्तिको योग पनि देखिन्छ । स्वास्थ्यमा भने प्रतिकूलता रहनेछ । चिसा वस्तु हानिकारक रहन सक्ने देखिन्छ ।

    मकर राशी (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
    महिना फलदायी रहनेछ । कर्मप्राप्तिको योग देखिन्छ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आर्थिक लाभका योग पनि देखिन्छन् । बोलीको विशेष प्रभाब बढ्नेछ । मित्र जनबाट साथ सहयोग मिल्नुका साथै कीर्ति वृद्धिको योग पनि देखिन्छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । आफन्त एवं परिवारजनबाट पनि विशेष लाभ हुने छ । शत्रु पराजित हुने छन् । प्रेम जीवन सुखद् रहनेछ ।

    कुम्भ राशी (गु, गे, गो, सा, सि, सु, से, सो, द):
    महिना सफल रहनेछ । कर्म प्राप्तिको योग देखिन्छ । भू–धन लाभदायी रहनेछ । पारिवारिक सुख मिल्नेछ । मित्रजनबाट विशेष लाभ हुने देखिन्छ । स्वास्थ्यको क्षेत्र मध्यमछ । व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुनेछ । राजनीतिक कार्यमका विशेष रुचि जाग्ने छ । विद्याबाट लाभ देखिन्छ । धनको क्षेत्रमा भने अपचलन भइरहनेछ । कार्यमा केही कठिनाई पर्न सक्ने छ । शत्रु पक्ष सबल रहने छन् । अन्य क्षेत्र मध्यम फलदायी रहने देखिन्छ ।

    मीन राशी (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
    महिना लाभदायी रहनेछ । व्यवसायमा वृद्धि हुनेछ । आय आर्जनका स्रोत बढ्नेछन् । कार्यमा उन्नति हुने देखिन्छ । सामाजिक मान सम्मान मिल्नेछ । मित्र जनको साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । अध्ययन अध्यापनको क्षेत्र सफल रहनेछ । पारिवारिक सुखका साथै व्यापार व्यवसायबाट पनि लाभ हुने देखिन्छ । शत्रु पक्ष निर्वल रहनेछन् । कर्मप्राप्तिको योग छ । स्वास्थ्यको क्षेत्रमा विशेष सजग रहनु उपयुक्त हुने देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं