SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/५ गते
    १०११ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा शनिबारदेखि एनआईसी एसिया बैंक नेपाल आईटिएफ सिनियर विश्व बरियता ग्रेड–४ टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा भेट्रान अन्र्तराष्ट्रिय खेलाडी कमल थापाले विजयी शुरुवात गरेका छन् । पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले ५५ वर्ष माथिको एकलतफर्प भारतिय खेलाडी एसएन बसिष्ठलाई ६–०, ६–२ सहज सेटमा पराजित गर्दै विजयी यात्रा शुरु गरेका हुन् ।

    च्याम्पियनसिपको पहिलो दिन पोखरेली भेट्रान खेलाडी अनिल तुलाचनले करिमुल्ला मुश्लिमलाई ६–०, ४–६ र ६–० ले पराजित गर्दै अर्को चरणमा स्थान बनाए । ४५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा विमलकुमार गुरुङले कुलबहादुर तामाङमाथि ६–२, ६–२ को नतिजा निकाले । त्यसैगरी अर्को खेलमा उत्तम बोगटीलाई पोखरेली खेलाडी बिकास गुरुङले ६–३, ६–१ को सेटमा पराजित गरे ।

    ३५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा सन्जयप्रकाश श्रेष्ठले अनिषसिंह गुरुङलाई ६–३, ६–० को सोझो सेटमा पराजित गरेका थिए । यसैगरी अर्को खेलमा पोखराका युवा खेलाडी बिकास गुरुङले अशोक गुरुङलाई रिटायर्ड हर्डमा पराजित गरे ।

    यसअघि गण्डकी प्रदेश आर्थिक विकास समितिका सभापति एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पुर्व अध्यक्ष दिपक कोईरालाले टुर्नामेण्ट डाइरेक्टर अजय विष्टलाई टेनिस बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । प्रतियोगिता उद्घाटन गर्दै कोइरालाले टेनिसले पोखरामा खेल पर्यटनमा महत्पूर्ण योगदान पु¥याएको बताए । आयोजक कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे तामाङ्गको अध्यक्षतामा भएको उद्घाटन समारोह सचिव नविन चालिसेले सञ्चालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं