SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/५ गते
    १०५६ &#२३४६;&#२३३५;&#२३२५;

    शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले जेठपछि सुस्ताएको नेपाली फिल्मको व्यापार चलायमान बनाएको छ । प्रदर्शनको पहिलो दिन १ करोड ४७ लाख कमाउँदै वर्षकै सबैभन्दा ठूलो ओपनिङ हासिल गरेको यो फिल्मप्रति शनिबार पनि दर्शकको क्रेज उस्तै जबरजस्त देखिएको छ । बिहानैदेखि सिंगल र मल्टीप्लेक्समा फिल्मले आक्रामक व्यापार गरेको छ ।

    शनिबार फिल्मले १ करोड ७० लाखको आसपासमा व्यापार गर्ने फिल्म पण्डितहरुको अनुमान छ । राजधानी र मोफसलका अधिकांश मल्टीप्लेक्समा कब्जा जमाएको यो फिल्म शनिबार देशैभर शतप्रतिशत अकुपेन्सीका साथ प्रदर्शन भइरहेको वितरक मनोज राठीले जानकारी दिएका छन् । एकलभन्दा मल्टीप्लेक्समा फिल्मको कलेक्सनमा उछाल छ । पहिलो विकेन्डबाटै फिल्मको लगानी सुरक्षित हुने देखिएको छ ।

    नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई शुक्रबारका लागि काठमाडौंको पाँच स्टेशनमा कूल ३८ सोज बाँडेको थियो । फिल्म हेर्न उर्लिएको दर्शकको भीड देखेर शनिबार ३ सोज बढायो । शनिबार फेरि २ सोज थपेको छ । ‘कबड्डी कबड्डी कबड्डी’ ले मल्टीप्लेक्समा बलिउड फिल्म ‘द जोया फ्याक्टर’ र हलिउड फिल्म ‘र्‍याम्बो’ लाई समेत विस्थापित गरेको छ । यी दुबै फिल्मले हलमा दर्शकको चर्को अभाव खेपेका छन् ।

    राजधानीमा सञ्चालित एफक्यूब, विएसआर, सिडिसी, क्यूज, विगलगायतका मल्टीप्लेक्सहरुमा पनि उच्च सोज पाएको फिल्म हेर्न शनिबार दर्शकको ठूलो घुइँचो रहेको हल सञ्चालकले बताएका छन् । मध्यम वर्गिय दर्शकको अत्याधिक चाप रहने राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगालगायतका सिंगल थिएटरमा पनि फिल्मले शनिबार दर्शकको अभाव झेल्नु परेको छैन । सबै सोजमा दर्शकको ठूलो चाप देखिएको छ ।

    निर्मातालाई ठूलो शेयर हात पर्ने गोपीकृष्ण हलले शनिबार दिउँसो २ बजेको सोजमा यो फिल्मलाई ५ वटा हल उपलब्ध गराएको छ । र, सबै हल हाउसफुल भएको गोपीकृष्णका तिर्थ पौडेलले जानकारी दिए । धेरैपछि हलमा दर्शकको यसप्रकारको भीड देखिएको उनी बताउँछन् । मोफसलका प्रमुख स्टेशनमा पनि शनिबार बिहानैदेखि फिल्मले आक्रामक व्यापार गरेको रिपोर्ट प्राप्त छ । फिल्म हेर्न सबै उमेर समुहका दर्शक हल पुगेका छन् ।

    देशैभर फिल्मको आक्रामक व्यापारबाट खुसी भएको ‘कबड्डी कबड्डी कबड्डी’ टिमले शनिबार राजधानीका विभिन्न हल पुगेर दर्शकसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्‍यो । दयाहाङ राई, उपासना सिंह ठकुरी, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराललाई साथ लिएर निर्देशक गुरुङ शनिबार दिउँसो गोपीकृष्ण हल पुग्दा दर्शकले न्यायो स्वागत गरे । फिल्मका कलाकारसँग सेल्फी खिच्न दर्शकको थामिनसक्नु भीड लागेको थियो ।

    फिल्म हेरेर निस्किएका दर्शकले अभिनेता दयाहाङसँग ‘काजीको कहिल्यै बिहे नहुने भयो’ भन्दै गुनासो गरेका थिए । तर, दर्शकले फिल्म निकै राम्रो बनेको प्रतिक्रिया दिएका छन् । गोपीकृष्णको बालकुनीमा उभिएर कलाकारहरुले दर्शकसँग फिल्मको गीत पनि गाए । शनिबार आफ्नो जन्मदिन मनाइरहेकी अभिनेत्री उपासनाले हलमै फिल्मको टिमसँग केक काटेर जन्मदिन पनि सेलिब्रेट गरिन् । उनले पहिलो केक दयाहाङलाई खुवाएकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्री प्रचण्डको आग्रह

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका...

    रास्वपाले नेता र सांसदलाई क्षेत्रगत विज्ञसँग छलफल गराउने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेता र सांसदलाई फरक फरक क्षेत्रका जानकारबाट छलफल...

    भोलि सांसदको शतप्रतिशतमत पाउने आश छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिंदा शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त...

    कावासोती तेक्वान्दो डोजाङको बेल्ट प्रमोसन तथा पुरस्कार बितरण

    गोबिन्द,पर्बत । कावासोती तेक्वान्दो डोजाङ्ग कावासोतीको आयोजनामा हिजो कावासोतीमा जुनियर बेल्ट प्रमोशन, ब्ल्याक बेल्ट प्रमाण...

    गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्दै

    पर्बत । गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्ने भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं