SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/१ गते
    ५५८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । पछिल्लो समय नेपालले समग्र अवस्थामा एक फड्को माथी उक्लिएको अनुमान गर्न थालिएको छ । ब्यवसायको हिसाबलेपनि नेपालको ५४.५ प्रतिशत व्यवसाय युवाले सञ्चालन गरिरहेको देखिएको छ । केन्द्रीय तथ्यांक विभागको आर्थिक गणनाका अनुसार, देशका कुल ९ लाख २३ हजार ३५६ व्यवसायिक प्रतिष्ठानमध्ये ४ लाख ५० हजार ४६४ प्रतिष्ठान ४० वर्षभन्दा मुनिका युवाले हाँकिरहेका छन् ।

    यो तथ्यांकले कुल प्रतिष्ठानमध्ये ५४ प्रतिशतको व्यवस्थापन युवाको नेतृत्वमा रहेको देखिन्छ । त्यस्तै, देशका कुल व्यवसायिक प्रतिष्ठानमध्ये झ्ण्डै ३० प्रतिशत महिलाको स्वामित्वमा रहेको देखिएको छ । कुलमध्ये २९ दशमलव ८ प्रतिशत व्यवसायिक प्रतिष्ठानमा महिलाको स्वामित्व रहेको र २९ दशमलव ६ प्रतिशत व्यवसायमा महिला नै प्रबन्धक रहेको सरकारी गणनाले देखाएको छ ।

    गणनाका अनुसार, व्यवसायिक प्रतिष्ठानमा कुल ३२ लाख २८ हजार जना आवद्ध छन् । विवरणका अनुसार, २०७४ सालमा अहिलेसम्मकै सर्वाधिक व्यवसायिक प्रतिष्ठान शुरु गरिएको देखिएको छ । त्यो वर्ष कुल १ लाख ९८ हजार प्रतिष्ठान शुरु गरिएका थिए । अघिल्लो वर्ष २०७३ मा कुल १ लाख ९ हजार व्यवसाय शुरु भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं