SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/३१ गते
    १४५५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । विश्वको सबैभन्दा ठुलो लोकतन्त्रका रुपमा चिनिएको भारतमा लगातार दुईपटक प्रधानमन्त्री बन्न सफल नरेन्द्र मोदीको आज ६९औं जन्मदिन धुमधामका साथ मनाइदैछ । प्रधानमन्त्री नरेन्द्र मोदी आज देखि ६९ वर्षका भए । यस अवसरमा उनी केवडियाको सरदार सरोवर बाँधमा माता नर्मदाको पूजा गर्नेछन् ।

    मोदी नमामि देवी नर्मदे महोत्सवमा पनि भाग लिने छन् । यस पछि स्ट्याच्यू अफ लिबर्टीमा गएर सरदार वल्लभभाई पटेललाई श्रद्धांजलि दिने जनाइएको छ । पार्टी स्रोतका अनुसार उहाँ दिउँसो अहमदाबादमा पनि आमा हीराबेनको आशीर्वाद लिन जानेछन् । मोदी यहाँ दत्त मन्दिर र पोषण पार्कको पनि भ्रमण गर्ने छन् । यस पछि एक सार्वजनिक सभालाई सम्बोधन गर्ने जनाइएको छ ।

    यी सबै कार्यक्रम पछि, मोदी गांधीनगर जानेछन् । सरदार सरोवर बाँधमा नर्मदा नदीको पानी सतह १३८.६८ मिटरमा पुगेको छ । सरदार सरोवर मोदीको सपनाका परियोजना हुन् । बाँधको जग पहिलो प्रधानमन्त्री जवारलाल नेहरूले १९६१ मा हालेका थिए, तर २०१७ मा ५६ बर्ष पछि सम्पन्न भयो । पछिल्लो वर्ष, कम वर्षाका कारण बाँध आधा खाली थियो ।

    अर्को तर्फ, सुरतको बेकरीले ७०० फिट अग्लो केक बनाउँदैछ । जानकारी अनुसार ७,००० केजीको केक मोदिको जन्मदिनको लागि तयार पारिएको छ । यसलाई ‘केक अगेन्स्ट करप्शन’ अर्थात भ्रष्टाचार विरोधी केक नाम दिइएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं