SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/३१ गते
    ८२३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,। पक्राउ परेदेखि नै बिरामी भएको भन्दै गृहमन्त्रीका साहिँला भाइ नरेशकुमार थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को आफ्नै हिरासत भए पनि चिकित्सको ‘प्रेप्सकिप्सन’ ल्याएर उनी सो अस्पतालमा भर्ना भएका हुन्। ‘केही दिनदेखि उहाँ हाम्रो अस्पतालमा उपचारका लागि आउनुभएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘उहाँको उपचार भइरहेको छ।’

    ब्युरो स्रोतका अनुसार गत बुधबारदेखि नै थापा बिरामी भएको बहानामा अस्पताल भर्ना भएका हुन्। उनले त्यहाँ एउटा क्याबिन रुम लिएका छन्। मंगलबार सिआइबीले बयानका लागि कार्यालयमा बोलाएपछि आफैं गएका थापा त्यहाँ एक रात मात्रै बसेका थिए। त्यसपछि यता अस्पताललाई नै उनले ‘हिरासत’ बनाउँदै आइरहेका छन्। ब्युरो प्रमुख डिआइजी निरजकुमार शाहीले पनि थापा अस्पतालमा भएको पुष्टि गरे।

    ‘बिरामी भएपछि उहाँ मात्र होइन, अरू पनि अस्पताल भर्ना हुन्छन्। बिरामी हुने कुरा प्रहरीको वशमा नरहने भएकाले चिकित्सकले जे भन्छन्, त्यही नै गर्ने हो। अस्पतालमा हाम्रा सुरक्षाकर्मी भने हुन्छन्,’ उनले भने, ‘यो सामान्य प्रक्रिया हो। बिरामी भएपछि जाँच गराउन लानुपर्छ। चिकित्सकले अस्पतालमै राखेर उपचार गर्नुपर्छ भन्यो भने हामीले सुरक्षा दिनेबाहेक अर्को उपाय हुन्न।’ अदालतको आदेशमै उनलाई न्यायिक हिरासतमा राखेको जनाइएको छ।

    प्रहरीले उनलाई अस्पतालबाटै बयानका लागि बिहीबारदेखि काठमाडौ जिल्ला अदालतमा लैजाने गरेको छ। बिहीबार उनी मुखमा ‘मेडिकल मास्क’ लगाएर अदालत गएका थिए। बिहीबार उनलाई ३ बजेसम्म इजलास नं. ४ मा उपस्थित गराइएको थियो। आइतबार पनि प्रहरीले उनलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो। सोमबार १२ बजे मात्रै उनको बयान भएको थियो।

    उनले करिब एक घण्टा इजलासमा सरकारी वकिलले उठाएको प्रश्नको जवाफ दिएका थिए। उनीलगायत आपराधिक लाभ तथा संगठित अपराधमा पक्राउ परेका अन्य सातजनाकै बयान सकिएपछि सोमबारबाटै थुनछेक बहस सुरु भएको छ। थुनछेकको बहस मंगलबार पनि जारी रहने अदालतले जनाएको नागरिक दैनिकले समाचार छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं