SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/३१ गते
    १४८५ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । कुस्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ। दुई दिनदेखि भइरहेको अविरल वर्षाका कारण आएको बाढीले मंगलबार बिहान पौने पाँच बजे ध १ ज ६६० नम्बरको ट्याक्सी बगाएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार उक्त बिरामी बोकेको ट्याक्सी म्याग्दीको बेनीबाट बिरामी लिएर पोखरा जाँदै थियो।

    खोलामा भेल आएको देखेपछि यात्रु झारेर ट्याक्सी मात्र पार गराउने प्रयास गर्दै चालक म्याग्दीका हरिबहादुर खड्काले खोलाको नजिकै ट्याक्सी पुर्‍याउँदा हिलोमा फसेको थियो। पहिरो र भेलको जोखिम देखेपछि चालकले ज्यान जोगाउन ट्याक्सी नै छोडेर फर्किएको केही समयमा नै भेलले ट्याक्सी बगाएको हो। सडकबाट केही तल पुगेको ट्याक्सीलाई बाहिर निकाल्न प्रयास भइरहेको ट्राफिक प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    जहाज दुर्घटनाका मृतकको आफन्तले ३ दिनपछि शव पाउने,२ घण्टापछि पोस्टमार्टम सुरु हुने

    काठमाडौं । सौर्य एयरको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको बुधबार नै पोस्टमार्टम सुरु...

    सौर्यका क्याप्टेन मनिषको स्वास्थ्य अवस्था कस्तो छ ?

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ ।...

    चालक दलका सदस्यसहित १९ जना सवर सौर्य एयरको जहाज दुर्घटना, १८ जनाको मृत्यु, पाइलट घाइते

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक...

    सौर्यको जहाज इन्जिन परीक्षणका लागि पोखरा लगिंदै थियो

    काठमाडौं । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ । यो...

    सौर्य एयरलाइन्सको विमान दुर्घटना १८ जनाको मृत्यु

    काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं