SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/३० गते
    ७७५ &#२३४६;&#२३३५;&#२३२५;

    कर्णाली छेउमा आयोजित डल्फिन महोत्सवमा प्रमुख अतिथि बनाइएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई शनिबार बिहान काठमाण्डुबाट धनगढी उत्रिए, बुद्ध एयरको उडानमा । दुई सुरक्षाकर्मी र एक स्वकीय सचिवसहित पुगेका उनी आयोजकले पठाएको टीकापुर नगरपालिकाको गाडीमा चढेर गेटा विमानस्थलबाट महोत्सवस्थल पुगे ।

    कार्यक्रम सकेर काठमाण्डु फर्कने तय भइसकेको थियो, तर टिकापुरबाट धनगढी फर्किएर साँझ पाँच बजेको जहाज भेट्न नसकिने भएपछि आयोजकको सल्लाहमा मन्त्रीसहित चारजना नेपालगञ्जबाट आउने भए ।धनगढीबाट फर्कने चार जनाको टिकट ३ बजे नेपालगन्जस्थित बुद्ध एयरको कार्यालयलाई जानकारी गराएर सारियो । धनगढीको तुलनामा नेपालगञ्जबाट एक घण्टा अबेलासम्म जहाज पाइने भएकाले मन्त्री भट्टराई पौने ४ बजे कार्यक्रम सकेर हुइँकिए ।

    पूर्वपश्चिम राजमार्गबाट लामो हुने भएकाले बर्दिया राजापुरभित्रको हुलाकी सडक पछ्याए । राजापुर, गुलरिया र खजुरा हुँदै जब उनी विमानस्थल पुगे, जहाज होल्ड गराएको भन्दै अन्य यात्रुले गालीगलौज गरे, हुलहुज्जत प्रयास गरे ।

    यस्तो अवस्था कसरी भयो ?
    मन्त्रीलाई नेपालगन्ज विमानस्थलबाट जहाजमा उडाउने जिम्मेवारी लिएका नेपालगञ्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुर भन्छन्, ‘काठमाण्डुबाट आएको जहाज नेपालगन्ज ग्राउण्डमा ५५ मिनेट बस्यो । जसमा जहाजको इन्जिन सट डाउन गरिएपछि यात्रु ओराल्ने, चढाउने, इन्धन र कार्गो राख्ने आदि समयमा ३५ मिनेटदेखि ४० मनेट लाग्छ । त्यसबाहेक अतिरिक्त समय १५ मिनेट ढिला भएको हो ।’

    यस घटनाबारे नागरिक उड्डयन प्राधिकरणले नेपालगञ्ज विमानस्थललाई आइतबार प्रस्टीकरण पठाउन निर्देशन दिएको छ । शनिबार नेपालगन्जमा भएको घटनाबारे सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि मन्त्री भट्टराईले आफ्नो कारण भएको १५ मिनेट ढिलाईमा क्षमा मागेका छन् ।

    ढिलाई हुनुमा मन्त्रीका स्वकीय सचिव प्रेम हुमागाईं, नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुर र एयरलाइन्सका स्टेसनका कर्मचारीबीच भएको त्रिपक्षीय कम्युनिकेशन ग्याप देखिएको घटनालाई नजिकबाट नियालीरहेका एक अधिकारी भन्छन्, ‘टाइम क्याल्कुलेशन गर्न जानेको भए यस्तो हुँदैनथ्यो । मन्त्रीलाई चाकरी गर्ने प्रवृत्तिले यस्तो भएको हो ।’
    कान्तिपुर दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    बालकृष्ण खाणले न्याय पाउनुहुन्छ :शेरबहादुर देउवा

    भैरहवा (रुपन्देही) । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाणले न्याय पाउनेमा आफू आशावादी...

    बाहिर चर्को भाषण ओलीको , सिंहदरबार र बालुवाटारमा प्रचण्डसँग भेटवार्ताको लर्को

    काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुक र जनतालाई पार लगाउन...

    दलबलसहित प्रदर्शनमा हिँडेका दुर्गा प्रसाईँलाई बाटोबाटै फर्काइयो

    काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईँले संघीय लोकतान्त्रिक गणतन्त्र...

    अब गौर हत्याकाण्डका हत्यारालाई पक्राउ गरेर राज्यलाई बुझाउँछौं : प्रभु साह

    काठमाडौं। आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका हत्यारालाई आफूहरुले पक्राउ गरेर सरकारलाई बुझाउने...

    दुर्गा प्रसाईं समूहको गौशालामा प्रदर्शन, प्रहरीले गर्‍यो लाठी चार्ज

    काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा प्रदर्शन भएको छ ।विभिन्न धार्मिक संगठनका व्यक्तिहरु समेतको...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं