SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२९ गते
    ८८१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । यो आईतबार भदौ महिनाको अन्तिम साता हो । यही साताभित्र असोज महिनाको पहिलो हप्तापनि बन्नेछ । किनकी भदौ २९ गतेदेखि ४ असोज ४ गतेसम्मको साप्ताहिक गणना यहाँ गरिएको छ । यसै आधारमा साप्ताहिक राशिफलपनि तयार गरिएको छ । राशिफल तल प्रस्तुत छ ।

    मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको शुरुमा यात्रामा खर्च हुनेछ । सामाजिक कार्य तथा धार्मिक काममा व्यस्तता बढ्नेछ । वैदेशिक कामबाट भने फाइदा एवं आफन्तजनबाट फाइदा मिल्नेछ । नयाँ सवारीको सुख एवं नयाँ मित्रसँग भेटघाट हुनेछ । साताको मध्यमा प्रेममा प्रगति एवं आम्दानीको स्तर वृद्धि हुनेछ । शुरु गरेको काममा सफलता मिल्नाले उत्साह थपिनेछ । साताको अन्त्यमा भने धनको कारोबार बढ्ने, सामूहिक भेटघाट हुने र कुटुम्बसँग सहकार्य बढ्नेछ ।

    वृष राशि (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )–साताको शुरुमा व्यापारमा राम्रो प्रगति हुनेछ एवं अचानक फाइदा मिल्नेछ । आर्थिक सहयोग मिल्नाले अधुरा काम शुरु हुनेछ । साताको मध्यमा भने सामान्य खर्च हुने, शारिरीक अस्वस्थता बढ्ने एवं सर सामान हराउन सक्नेछ । मित्रतामा आँच आउन सक्ने एवं प्रेममा समस्या हुनेछ । साताको अन्त्यमा भने छोटो यात्रा हुने, मनोरञ्जनमा खर्च बढ्ने एवम नयाँ स्थानको भ्रमण हुनेछ । काममा भने अलमल तथा मान सम्मानमा सामान्य आघात पुग्नेछ ।

    मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, हा) सरकारी क्षेत्रमा पहुँच बढ्नेछ । ठूलाबडा व्यक्तिसँगको भेटघाटले समस्या हटेर जानेछ । काममा प्रशंसा मिल्ने एवं प्रतिष्ठामा वृद्धिहुनेछ । साताको मध्यमा भने कृषि एवं पशु चौपायाबाट फाइदा तथा मातृवर्गबाट राम्रो सहयोग मिल्नेछ । व्यापार राम्रो हुनाले ऋणको भार कम हुनेछ । साताको अन्त्यमा भने अनावश्यक बोझ आइपर्ने एवं आर्थिक क्षति हुनेछ । हिसाब किताब गडबड हुनालेसामान्य वादविवाद पर्न सक्नेछ । खानपिन एवं मनोरञ्जनमा खर्च बढी देखिन्छ ।

    कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) धार्मिक काममा व्यस्तता बढ्नेछ । सामुहिक भेटघाट हुने एवं साथीभाइसँग नयाँ कामको योजना बन्नेछ । पुराना अधुरा काम शुरु हुने एवं वैदेशिक कार्यमा प्रगति देखिन्छ । साताको मध्यमा भने राजनीतिक क्षेत्रमा प्रगति एवं जिम्मेवारी थपिनेछ । नयाँ मित्रसँग भेटघाट एवं काममा प्रशंसा मिल्नेछ । साताको अन्त्यमा भने राम्रो आम्दानी हुने, धनको कारोबारमा वृद्धि हुनाले आर्थिक स्थिति मजबुत हुने तथा आकस्मिक लाभको सम्भावना देखिन्छ ।

    सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) –साताको शुरुमा अनावश्यक लाञ्छना लाग्नेछ । स्वास्थ्यमा समस्या देखिने एवं नजिकका आफन्तबाट धोका हुन सक्नेछ । साताको मध्यमा भने लामो यात्रा गर्नुपर्ने, सामाजिक एवं धार्मिक व्यस्तता बढ्ने तथा परोपकार एवं सेवामुलक काममा योगदान बढ्नेछ । साताको अन्त्यमा भने जागिरमा प्रगति देखिने, पदवृद्धि हुने एवं जिम्मेवारी थपिनेछ । ठूलाबडाको साथ मिल्नाले विरोधी तल पर्नेछन् ।

    कन्या राशि (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) रमाइलो यात्रा हुनेछ । पारिवारिक भेटघाट एवम प्रेममा प्रगति देखिन्छ । सन्तानको सुख मिल्ने एवं साझेदारी काममा नयाँ योजनाको सुरुवात हुनेछ । व्यापारमा प्रगति एवम व्यावसायिक यात्रा हुनेछ । साताको मध्यमा भने स्वास्थ्यमा समस्या देखिने एवम अपगाल आउन सक्नेछ । साताको अन्त्यमा भने अधुरा काम पूरा हुने, अरुको साथ पाइने एवम धार्मिक यात्रामा खर्च हुनेछ ।

    तुला राशि (रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) वादविवादमा परिन सकिनेछ । गुप्त शत्रुको भय एवं प्रतिस्पर्धा बढी हुनेछ । स्वास्थ्यमा भने सुधार आउने एवं अधुरा कामबाट फाइदा मिल्नेछ । साताको मध्यमा भने साथीभाइ भेटघाट, प्रेमिप्रेमिकाबीच आपसी सम्बन्ध बढ्नेछ । प्रियजनसँग भेट एवं यात्राको रमाइलो मिल्नेछ । व्यावसायमा प्रगति हुनाले नयाँ योजना बन्नेछ । साताको अन्त्यमा भने काममा बाधा, शारिरीक बिसञ्चोपना बढ्ने एवं मानसिक तनाव थपिनेछ ।

    वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विद्याध्ययनमा प्रगति हुनेछ । कला, संगीत एवं साहित्यमा रुचि बढ्नेछ । आम्दानी बढ्ने एवं सन्तानबाट सहयोग मिल्नेछ । साताको मध्यमा भने अनावश्यक झमेला आइपर्ने, सामान्य स्वास्थ्य बाधा एवं मुद्दामामिलाको झन्झट हुन सक्नेछ । साताको अन्त्यमा भने काममा प्रगति देखिने एवं स्थान परिवर्तन हुनेछ । काममा भने प्रशंसा मिल्ने तथा जग्गा जमिनको कारोबारबाट फाइदा मिल्नेछ ।

    धनु राशि (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) परिवारमा विवाद आउनेछ । घरायसी झमेला थपिनाले मानसिक चिन्ता हुने देखिन्छ । चिसोको समस्या एवं मुटु सम्बन्धि विसञ्चो बढ्नेछ । विद्यामा प्रगति एवं सन्तानबाट खुशियाली मिल्नेछ । व्यापारमा सोचेको जस्तो आम्दानी एवम धन लाभको योग रहनेछ । सांगीतिक क्षेत्रमा प्रगति एवं नयाँ साथीभाइसँग यात्राको सुख मिल्नेछ । साताको अन्त्यमा भने खर्च बढ्ने एवम खानपिनको सुख मिल्नेछ ।

    मकर राशि (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) काममा जिम्मेवारी आउनेछ । नयाँ कामको सुरुवात हुने एवमा छोटो यात्राको तय हुनेछ । व्यस्तता बढ्नाले व्यक्तिगत काम थाती रहनेछ । साताको मध्यमा पारिवारिक चिन्ता बढ्ने एवम घरका सदस्यसँग वादविवाद हुनसक्नेछ । स्त्री पक्षसँग मनमुटाव हुने एवम चिसोको असर देखिनेछ । साताको अन्त्यमा भने आम्दानीको स्तर बढ्ने, धनको कारोबारमा वृद्धि हुने एवम धार्मिक कार्यमा खर्च बढ्नेछ ।

    कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, र्द) भोजनको सुख मिल्ने एवम आफन्तजनबाट सहयोग आउनेछ । इष्टमित्र भेटघाट एव रमाइलो गरेर साताको शुरुवात हुनेछ । साताको मध्यमा भने छोटो यात्रा हुने एवं दाजुभाइपक्षबाट सहयोग मिल्नेछ । बन्धुजनको सहयोगले काममा प्रगति मिल्नेछ । सञ्चार क्षेत्र एवं प्राविधिक क्षेत्रमा प्रगति हुनेछ । साताको अन्त्यमा भने चिसोको समस्या एवं मित्रसँग सामान्य भनाभन पर्नेछ । प्रेममा विवाद एवं आफन्तमार्फत काममा समस्या आउन सक्नेछ ।

    मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, चा, र्चि) खुशियाली बढ्नेछ । नयाँ सामान किनमेलमा खर्च हुने एवं यात्राको सुख मिल्नेछ । वैदेशिक कामबाट फाइदा एवं सभा, सेमिनारमा व्यस्तता बढ्नेछ । भोजको सुख एवं आफन्तसँग रमाइलो मिल्नेछ । धन एवं बोलीको प्रभाव बढ्नाले व्यवसायमा सहजता आउनेछ । साताको अन्त्यमा भने भातृ सहयोग मिल्ने, काममा व्यस्तता बढ्ने, जागिर एवं रोजगारमा जिम्मेवारी थपिनेछ । वैदेशिक यात्राको योग एवं प्रियजन भेटघाट हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरा महानगरस्तरिय अन्तर विद्यालय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    पोखरा ।महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा यहि बैशाख १५...

    जीवन ज्योति सेवा केन्द्रको उद्घोषण तालिम

    पोखरा । मानवीय सेवा र उद्धारमा समर्पित जीवन ज्योति सेवा केन्द्रले अतिरिक्त कृयाकलाप अन्तर्गत व्यक्तित्व...

    पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको सहयोग

    पोखरा । आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई केसी ग्रुपले सघाउने भएको छ ।...

    टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न सर्वोच्च अदालतको अस्विकार

    काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको...

    उपनिर्वाचनः मौन अवधि आज रातिदेखि, यी कार्य गरे हुन्छ कारबाही

    काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं