SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२६ गते
    ५३४ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । शिक्षकहरुलाई व्यवशायिक शिक्षण तालिम सञ्चालनार्थ स्थापित राष्ट्रिय शिक्षक शिप विकास (एन्फोस्र्ड) फाउण्डेशन कास्कीको पाँचौ साधारण सभा आइतबार पोखरामा सम्पन्न भएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि शिवशक्ति क्याम्पस पोखरा ११ का व्यवस्थापन समितिका अध्यक्ष दामोदर वास्तोलाले उद्घाटन गरेको कार्यक्रमा आमन्त्रित विशिष्ठ अतिथि शिवशक्ति क्याम्पसका क्याम्पस प्रमुख दिपक वास्तोलाले क्याम्पसले संस्थाका शिक्षक तालिममा सहकार्य मात्रै होइन एउटै भएर काम गरी असल शिक्षकहरु उत्पादन गर्ने आफ्नो उद्धेश्यमा सहकार्यले टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए ।

    ५ दिवसीय शिक्षक तालिम तथा कार्यशाला गोष्ठीगरी आगामी २ वर्षसम्म पढाईने अन्तराष्ट्रिय स्तरको पाठ्यक्रमको निर्माण गर्न कार्तिक २ गते देखि ६ गतेसम्म मातहतका विद्यालयका शिक्षकहरु, टिआईपि कार्यक्रममा सहभागी प्राचार्यहरु, शिवशक्ति क्याम्पसमा वि.एड. कार्यक्रममा अध्ययन गर्ने विद्यार्थीहरु समेत सम्मिलित गराईने कुरा वताईएको छ ।

    संस्थाका सचिव प्रेमबहादुर कुँवरले पेश गरेको वार्षिक कार्य प्रगतिप्रतिवेदन माथि छलफल गरी थप कार्यक्रम सहित पास गरिएको तथा कोषाध्यक्ष शोभा मिश्र अधिकारीले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन ।

    शिवशक्ति क्याम्पस, एन्फोस्र्ड फाउण्डेशन कास्की र हल्याण्डस्थित केपिजे विश्वविद्यालय र थिओला फाउण्डेशनविच गत वर्ष चैत्रमा शिक्षक तालिम तथा क्याम्पसको वि.एड. कार्यक्रमलाई शशक्तिकरण गर्नको लागि एक समझदारी पत्रमा हस्ताक्षर भएको थियो भने संस्थाको आयोजनामा चैत्र १९ देखि २१ गतेसम्म अन्तराष्ट्रिय शिक्षक सम्मेलन (टिचर्स इन पोखरा) कार्यक्रम सम्पन्न गरिएको थियो ।

    साधारण सभामा आगामी दिनमा वि.एड. कार्यक्रममा आकर्षण वढाउन र शिक्षण पेशामा वौद्धिक विद्यार्थीहरुलाई ल्याउन विभिन्न कार्यक्रम समेत गर्नुपर्ने विषयमा छलफल भएको वताईन्छ । संस्थामा हाल ७ वटा संस्थागत तथा सामुदायिक विद्यालयका शिक्षकहरु तथा प्रत्येक विद्यालयका स्याटेलाइट विद्यालयका शिक्षकहरुले विभिन्न समयमा अन्तराष्ट्रिय स्तरको तालिम प्राप्त गर्दै आएका छन् ।

    तालिम कार्यक्रममा सहकार्य गर्न कर्मफ्लाइट्स फाउण्डेशन पोखरा कास्कीसंग समेत एमओयु गरिने संस्थाका सदस्य युवराज त्रिपाठीले वताए । संस्थाका अध्यक्ष विश्वराज वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णु प्रसाद तिमिल्सिनाले स्वागत मन्तव्य र संचालन सचिव प्रेमबहादुर कुँवरले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्री प्रचण्डको आग्रह

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गरेका...

    रास्वपाले नेता र सांसदलाई क्षेत्रगत विज्ञसँग छलफल गराउने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेता र सांसदलाई फरक फरक क्षेत्रका जानकारबाट छलफल...

    भोलि सांसदको शतप्रतिशतमत पाउने आश छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिंदा शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त...

    कावासोती तेक्वान्दो डोजाङको बेल्ट प्रमोसन तथा पुरस्कार बितरण

    गोबिन्द,पर्बत । कावासोती तेक्वान्दो डोजाङ्ग कावासोतीको आयोजनामा हिजो कावासोतीमा जुनियर बेल्ट प्रमोशन, ब्ल्याक बेल्ट प्रमाण...

    गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्दै

    पर्बत । गोर्खा सेमीट्रिज ट्रष्टले पहिलो पटक ‘ट्रेल ब्लेजर नेपाल दौड” आयोजना गर्ने भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं