SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२५ गते
    १३२५ &#२३४६;&#२३३५;&#२३२५;

    शिशिर, पोखरा ।
    सामुदायिक विद्यालय तर्फ गण्डकी प्रदेशमा नै उत्कृष्ट वन्न सफल पोखरा १६ वाटुलेचौर स्थित विन्ध्यवासिनी मा.वि सम्मानित भएको छ । उक्त विद्यालय माध्यमिक शिक्षा परीक्षा(एसईई) २०७५ मा नतिजा मुल्यांकनका आधारमा उत्कृष्ट नतिजा ल्याउँदै सरकारी विद्यालय तर्फ गण्डकी प्रदेशमा नै उत्कृष्ट तेश्रो वन्न सफल भएको हो ।

    ४० औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा विद्यालयलाई नगद ४० हजार सहित उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिएको हो ।

    कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ , सामाजिक विकास मन्त्री नरदेवी पुनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रा थापा , प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष शिवराम पौडेललाई नगद र प्रमाणपत्र प्रदान गर्नुभयो ।

    सम्मान ग्रहण पछि समितिका अध्यक्ष चन्द्रा थापाले यो सम्मानले आफुहरुलाई थप हौंशला बढेको वताउँदै, अवको ध्यान देशकै उत्कृष्ट सामुदायिक विद्यालय वनाउँने तर्फ केन्द्रित रहने वताउनु भयो । प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले सवैको सहयोग र मेहेनतले विद्यालय आज प्रदेशकै उत्कृष्ट वन्न पुगेकोमा खुशी व्यक्त गर्दै गुणस्तरिय शिक्षाका लागि आफुहरुले कुनै कसर वाँकी नराख्ने स्पष्ट पार्नुभयो ।

    निजी विद्यालयलाई समेत चुनौती दिदै विद्यालयले प्राप्त गरेको सफलताले यस क्षेत्रकै गौरव बढाएको वडाध्यक्ष जीवनप्रसाद आचार्यले वताउनुभयो ।उहाँले यस वडामा रहेका अन्य विद्यालयले पनि आफुलाई अव्वल वनाउने तर्फ केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो । सवैलाई समेटेर शैक्षिक विकासमा केन्द्रित भए सफलता पाईने उदाहरण विद्यालयले पेश गरेको विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षहरुले वताएका छन् ।

    प्रविधिमैत्री र शैक्षिक वातावरणमा अध्यापन गराउँदै आएको उक्त विद्यालय कास्की जिल्लामा भने उत्कृष्ट दोश्रो वनेको छ । प्रदेशमा उत्कृष्ट पहिलो शितलादेवी मा.वि, उत्कृष्ट दोश्रो बाग्लुङको गणेश मा.वि वनेका छन् । सोही अवसरमा संस्थागत तर्फ पनि उत्कृष्ट बन्न सफल विद्यालयलाई सम्मान गरिएको थियो ।

    करिव १ हजार ३ सय विद्यार्थी अध्ययन गर्ने उक्त विद्यालयले पर्यटकिय क्षेत्र महेन्द्र गुफा र चमेरे गुफाको समेत व्यवस्थापन गर्दै आएको छ । विद्यालयले त्यहाँवाट प्राप्त आम्दानी गुफाको व्यवस्थापनसँगसँगै शैक्षिक र भौतिक विकासमा लगाउने गरेको छ । यसैविच दिवसकै अवसरमा पोखरा महानगर शिक्षा महाशाखाले विभिन्न विषयका उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ । नेपाली विषयतर्फ विन्ध्यवासिनी मा.विकै शिक्षक भेषराज पौडेल सम्मानित हुनुभएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भूमेश्वरमा समाजसेवी पाैडेलकाे सहयाेगमा ट्रस्ट निर्माण हुने

    शिशिर पौडेल पोखरा । पाेखरा १९ घार्मी मैदानमा रहेकाे भूमेश्वर आाधारभूत विद्यालयमा टस्ट निर्माण हुने...

    गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावितकालागि ५० लाख सहयोग गर्ने

    पोखरा । गण्डकी प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहायताका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने...

    पोखरा पिस सोसाइटीद्धारा पिस पोस्टर कार्यक्रम

    पोखरा । लायन्स क्लब अफ पोखरा पिस सोसाइटीले फेदीखोला गाउँपालिका वडा नं. २ स्थित श्री...

    इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक

    पोखरा । गीतकार इन्द्रधारा बिष्टको नयाँ गीत “आमा तिम्रो” सार्वजनिक भएको छ । नेपालीको महान...

    पोखरा पिस सोसाइटीद्धारा सडक दुर्घटना सचेतना कार्यक्रम

    पोखरा । लायन्स अन्र्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्र्तगत रहेको लायन्स क्लब अफ पोखरा पिस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं