SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२४ गते
    १७८६ &#२३४६;&#२३३५;&#२३२५;

    बागलुङ । लामो समयदेखि विवादमा पर्दै र पारिदै आएको कालीगण्डकी नदि उत्खनन्को बिषयमा बागलुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.सांसद सुर्य पाठकले सँसदमा आवाज उठाएपछि पर्वतको जलजलाका व्यावसायी र जनप्रतिनिधि खनिएका छन् ।

    सांसद पाठकले प्रतिनिधिसभा र केहि सञ्चार माध्यममा नदि उत्खननन्को विषयलाई लिएर अभिव्यक्ति सार्वजनिक गरेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत पाठकको चर्को बिरोध भएको हो । साँसद जस्तो पदमा भएको मानिसले आफ्नो गरिमा र क्षेत्राधिकार समेत बिर्सीएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा चर्को बिरोध भएको हो ।

    जलजलामा क्रसर व्यावसाय गर्दै आएका विप्लब हमालले सांसद पाठकलाई गरेर खाएको रिस नगर्न चेतावनी दिएका छन् । उनले बगेर गएको वालुवालाई सदुपयोग गरेर विकास निर्माणमा सहयोग गर्न आग्रह गर्दै हाबा कुरा गरेको आरोप लगाएका छन् । हमालले आफु जुनसुकै फोरममा बार्ता गर्न तयार रहेको बताउँदै पञ्चायतकालमा प्रधानपञ्च भीमनाथको हत्या भएजस्तो व्यावसायीको हत्या गर्न नखोज भन्दै आक्रोस पोखेका छन् ।

    उनी मात्रै होईन उनको स्टाटसमा कमेण्ट् गर्ने अधिकांसहरुले साँसद पाठकलाई आलोचना नै गरेका छन् । हमालले पछि अर्का युवा बस्याल बाबुले त अलिकती युवाले रोजगार पायका थिय सबै बन्दा गर्देउ माननीय जिउ तिम्रै छ पालो बिहार बाट बालुवा ल्याउ अनि देश बिकास गर समेत भनेर लेखेका छन् ।

    त्यसैगरी जलजला गाउँपालिका वडा नं. ८ नाङलीवाङका वडा अध्यक्ष हरिबिकास जिसीले सुर्य पाठक जस्तो सांसदले कालीगण्डकी दोहन भनेर बारम्वार संसदमा आवाज उठाउँदा पनि किन रोकिएन भन्ने कुराको तथ्य बुझ्न आग्रह गरे । उनले कालीगण्डकीको विकल्प खोज्न चेतावनी दिँदै सके उत्खनन् रोक्न चेतावनी दिएका छन् । जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ल वैदेशिक भ्रमणका लागि अमेरिका गएका बेला कालीगण्डकी उत्खनन्को विषय चर्किएको हो ।

    यस अघि गाउँपालिकाले भदौ १५ सम्म उत्खनन् गर्न रोकेको थियो । सांसद पाठकले कालीगण्डकीको अस्तित्व नै समाप्त हुने गरी मध्यरातमा डोजर र स्काभेटर लगाएर दोहन भैरहेको भन्दै यसलाई व्यवस्थित गर्नुपर्ने बताएका थिए । उक्त समाचारपछि जिल्लामा रहेको अनुगमन समितिले पनि अनुगमन गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं