SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२३ गते
    १३२८ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा रहेको रामेश्वर कृषि सहकारी संस्था लिको छैटौं साधारण सभा तथा तेस्रो अधिबेशन शनिबार डिल्लीराम भट्टराईको अध्यक्षतामा १३ सदस्यीय नयाँकार्यसमिति चयन गरी सम्पन्न भएको छ ।

    समितिको उपाध्यक्ष शालिकराम भण्डारी, सचिवमा तारानाथ आचार्य, कोषाध्यक्षमा माधब आचार्य, सहसचिवमा विष्णुप्रसाद वराल, सहकोषाध्यक्षमा भोजराज आचार्य र सदस्यहरुमा डिल्लिराम शर्मा पौडेल, इन्द्राखत्री पोखरेल, तोयनाथ पौडेल, कृष्णकुमारी लामिछाने, कृष्ण अर्याल, खमबहादुर केसी, सिताराम गौतम सर्वसम्मत चयन गरिएको छ ।

    कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै सहकारी सदस्यहरुको सहकार्य र सहभागितामा संचालन हुनुपर्ने वताउँदै आफुले वडाबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

    त्यसैगरी कार्यक्रममा संस्थाका सल्लाहकार लिलाप्रसाद पंगेनी, विरुवा साकोसका अध्यक्ष चित्रराज वराल, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेल, सामाजिक अभियान्ता शुस्मा पौडेल, जिल्ला सहकारी संघका संचालक नवराज वराल लगाएतले वोलेका थिए ।

    सो अबसरमा २०७५ सालको कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याउने स्वस्तीका सुवेदी, एसईई उत्तिर्ण श्रेया आचार्य, नविन गौतम कृति श्रेष्ठ र सन्देश पौडेल, शेयर सदस्यहरुमध्येबाट उत्कृष्ट कारोबार गर्ने सावित्रीकुमारी शर्मा वराल, भगवतीदेवी रेग्मी, पवित्रा सुवेदी भण्डारी, तारानाथ आचार्य र तोयानाथ पौडेल, उत्कृष्ट कर्मचारी तिलक आचार्यलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका सम्पुर्ण ३ सय ३५ जना शेयर सदस्यहरुलाई कृषि औजार तथा तरकारीका विउ विजन वितरण गरिएको थियो ।

    अध्यक्ष लक्ष्मण पोखरेलले संस्थाको बार्षिक प्रतिबेदन, कोषाध्यक्ष माधब आचार्यले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । लेखा समिति संयोजक अग्निधर पौडेलले लेखा समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

    २०६९ सालमा स्थापना भएको सहकारीले हालसम्म गरेका गतिविधिहरु समेटेर तयार गरिएको स्मारिका प्रमुख अतिथि वडा अध्यक्ष तिर्थराज अधिकारी र संस्थाका अध्यक्ष लक्ष्मण पोखरेलले विमोचन गरेका थिए भने सहकारीका सात सिद्धान्तको बाचन शिक्षा उपसमिति संयोजक भोजराज आचार्यले गरेका थिए ।

    संस्थाका अध्यक्ष लक्ष्मण पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष डिल्लीराम भट्टराईले र संचालन सचिव शालिकराम भण्डारीले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं