SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२२ गते
    १५५१ &#२३४६;&#२३३५;&#२३२५;

    पोखरा ।
    सामीप्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले संस्थाका लागि योगदान पु¥याउनु विभिन्न व्यक्तिहरुलाई सम्मान ग¥यो । सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्तातर्फ गणेश कोइराला, सिता पाण्डे, मनुमाया लामिछाने, चक्रपाणी पौडेल, उषा काफ्ले, गंभिर कँडेल र कृष्णकुमारी घिमिरे रहेका छन् ।

    त्यसैगरि असल ऋणिमा मेलिना गुरुङ्ग र राजेश प्रसाद कोइराला सम्मानित भए । विभिन्न परिक्षाहरुमा उत्तिर्णा हुन सफल संस्थाका सदस्यका छोराछोरीहरुलाई पनि सोही अवसमा सम्मान गरिएको थियो । यसरि सम्मानित हुनेहरुमा एमबिएस उत्तिर्ण बसन्त पौडेल, प्लस टु उत्तिर्ण सन्दिप गुरुङ्ग र श्याम भण्डारी तथा एसइई परिक्षामा उत्तिर्ण आयुष लामिछाने, विक्रान्त लामिछाने र मल्लिका राना रहेका छन् ।

    उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सामीप्य समाज नेपालका अध्यक्ष दिलिप शर्माले एक समारोहका विच दोसल्ला, सम्मान–पत्र लगायतले सम्मानित गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले संस्थाले गरेको सम्मानले विद्यार्थी तथा संस्थाका सदस्यहरुको आगामी दिन थप उर्जासिल बन्ने आशा व्यक्त गरे । समारोहमा बोल्दै संस्थाका सल्लाहकार ध्रुब केसीले संस्थाले पछिल्लो समय राम्रो प्रगती गर्दै गएको भन्दै खुसी व्यक्त गरे ।

    साथै संस्थालाई अझै उत्कृष्ट बनाउन संस्थाका पदाधीकारी, सञ्चालक तथा सदस्यहरुलाई थप जिम्मेबार भएर लाग्न पनि आग्रह गरे । अर्का सल्लाहकार प्राध्यापक डाक्टर भवानी पाण्डेले कुनैपनि संस्थाको विकास तथा हितका लागि खुट्टा तान्ने प्रबृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिए । सल्लाहकार शुभ पाण्डेले संस्थाको उद्येश्य पुरा गराउन सबैजना एकबद्ध हुनुपर्ने औल्याइन् ।

    संस्थाका अध्यक्ष गुरुदत्त लामिछानेले संस्थाको वर्तमान अवस्था तथा चुनौतीबारे प्रकाश पार्दै आफ्नों योग्यता र दक्षताले भ्याए सम्म संस्थाको हितका लागि योगदान पु¥याउने प्रतिवद्धता जाहेर गरे । कार्यक्रममा उपाध्यक्ष राधादेवी पौडेलले स्वागत तथा सचिव परशुराम महतले कार्यक्रम सञ्चालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    माओवादी केन्द्र कोशी सरकारबाट बाहिरियो

    विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले...

    तीन महिनाभित्र बाँकी महसुल नतिरे फेरि उद्योगको लाइन काट्छौं : कुलमान घिसिङ

    काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङले तीन महिनाका लागिमात्र विद्युत महसुल नतिर्ने उद्योगको लाइन...

    आफन्तलाई आजै शव दिइने :सौर्य विमान दुर्घटना

    काठमाडौं । विमान दुर्घटनामा मृत्यु भएकाहरूको शवको पहिचान अन्तिम चरणमा पुगेको छ । त्रिवि शिक्षण...

    भोलि बेलुकासम्म पहिचान भएका शव आफन्तलाई दिन सकिन्छ : स्वास्थ्यमन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान...

    अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण

    पोखरा। अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय अपाङ्गता महासंघ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं