कविता
“प्रिय तिम्रो शहरमा”
घर नजिक तर मन टाढा टाढा रैछन तिम्रो शहरमा!
मलाई यहि अनुभुति दिलायो आज तिम्रो शहरले
म वेवारिसे अवस्थामा रन्थनिएर भोक भोकै सडक सडक डुल्दा
अगाडी हात तेर्साऊँदा
अहँ
कसैले ला भन्ऩ सकेनन्
कसैले बस भन्ऩ सकेनन्
कतिले गालि गरे
कतिले पिटे
कतिले थुके
प्रिय तिम्रो शहरमा।
वोलाई पनि कस्तो
“साला खाते”
म चिसोले सडक पेटीमा कठ्याङ्ग्रीएर अनयासै पल्टिँदा ऊस्को ब्यापार हुँदैन रे,
फोहोर भयो भन्दै थर्कायो
ऊता जा खाते…!
सोधेन ऊस्ले र सोधेनन कसैले पनि के भयो तँलाई?
मेरो मनको आहत कसैले बुझेनन्
प्रिय तिम्रो शहरमा
फेरी
मेरो बोली पनि कसैले सुनेनन हो प्रिय तिम्रो शहरमा।
तिमी धेरै पहिले वाट जुन शहरमा वसिरहेको छौ
म किन वस्न सकिन?
म किन रम्न सकिन?
आफ्नै मन सँग प्रश्न गर्छु
र सम्झन्छु
प्यारो गाँऊ
प्यारो ठाऊँ
जहाँ घरहरु झुपडिहरु टाढा टाढा छन् मन कति नजिक छन् तर
प्रिय तिम्रो शहरमा…।
मेरो प्यारो गाऊँ
प्यारो ठाऊँ
जहाँ कोहि गयो भने पनि बसम भनेर
सोध्नु पर्दैन
वस्नुस न पहिलै वोलिन्छ,
खान पाए भन्ऩु पर्दैन
खानुस न पहिलै भनिन्छ,
जाडोमा ओड्न पाए
ओछ्याऊन पाए
न्यानोमा बस्न पाए भन्ऩु पर्दैन
खास्टो दिईन्छ पहिलै
अगेनोमा आगो फुकिन्छ
र सवै गोलाकार भई तापिन्छ मनका कथा व्यथा साटिन्छ
आहा! कस्तो आत्मियता,
कस्तो मानवियता,
कस्तो सम्मान कति आनन्द झुपडिहरुमा।
कुनै रुपियाँको आवश्यकता पर्दैन जसको लागि
तर
प्रिय तिम्रो शहरमा
सवै कारोवार रुपियाँमा हुने रहेछ
नाकावन्दीको बाहना बनाएर एऊटा दाऊरालाई पनि किलो हिसावमा विक्रि भईरहेछ
म कसरी किन्ऩ सक्छु र?
मेरो बाले गाऊँमा लगाएको दुई किलो आलु बेचेर एक किलो दाऊरा
प्रिय तिम्रो शहरमा।
चिल्ला पोशाक लगाएर वाहिरी वनावट देखाऊनेहरुलाई
भलाद्मी पल्टिने हरुलाई
कौडिमा जवानी किनबेच गर्ने हरुलाई
गरिवको पशिना चुसेर पार्टि र सेमिनारमा नशामा झुल्लिएर मस्ति खोज्नेहरुलाई
ऐशा पैसा जवानी र रुपरङ्ग रोज्ने हरुलाई
चिल्ला सवारीमा दौडिने हरुलाई
एकपटक प्यारो गाऊँ र झुपडिको कथा किन सुनाईनौ मेरो प्रिय? प्रिय तिम्रो शहरमा।
प्रिय तिम्रो शहरमा
यस्तै रहेछ जँहा घर नजिक नजिक र मन टाढा टाढा हुँदो रहेछ
तिमी यहि शहर प्रिय ठान्छौ र सवै बद्लिएकी छौ
तर म वदल्न सकिन आँफूलाई म प्रिय ठान्छु
प्यारो गाऊँ र गाऊँमै जन्मेकी तिमीलाई….।
–npघायल
सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/१२ गते
कृष्णनगरमा जेष्ठ नागरिक सरोकार वालाहरू एक दिने छलफल कार्यक्रम सम्पन्न


कृष्णनगर, । जेष्ठ नागरिक सरोकार वालाहरू एक दिने छलफल कार्यक्रम कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा...
पेट्रोलिएम पदार्थको मुल्यवृद्धि तथा सवारिकर वृद्धि फिर्तालिन अनेरास्ववियु पर्बतको माग :कडा आन्दोलनमा उत्रने चेतावनी(पत्रसहित)


पर्वत .नेकपा एमाले को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ले पेट्रोलिएम पदार्थको...
पर्वतका तिलक अधिकारी युवा लिग नेपालको केन्द्रिय सचिवमा निर्बाचित अध्यक्षमा केशव ढल्कोटी


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग (आरवाईएल)को शुक्रबार काठमाडौंमा शुरु भएको...
जिल्ला भलिबल संघ पर्वतको अधिवेशन सम्पन्न, अध्यक्षमा लक्ष्मणकुमार श्रेष्ठ,उपाध्यक्षमा जगदिश सुवेदी निर्वाचित


पर्वत । जिल्ला भलिबल संघ पर्वतको साधारण सभा तथा अधिवेशन सम्पन्न कुश्मा बजारमा सम्पन्न भएकाे...
प्रभु बैंकसँग The Cliff काे सहकार्य, प्रभु बैंकको मोबाइल एप प्रयाेग गर्दा १० प्रतिशत छुट


पर्वत । प्रभु बैंक लिमिटेड र बन्जी जम्प The Cliff काे सहकार्य भएकेा छ ।...
- जिल्ला भलिबल संघ पर्वतको अधिवेशन सम्पन्न, अध्यक्षमा लक्ष्मणकुमार श्रेष्ठ,उपाध्यक्षमा जगदिश सुवेदी निर्वाचित
- पेट्रोलिएम पदार्थको मुल्यवृद्धि तथा सवारिकर वृद्धि फिर्तालिन अनेरास्ववियु पर्बतको माग :कडा आन्दोलनमा उत्रने चेतावनी(पत्रसहित)
- पर्वतका तिलक अधिकारी युवा लिग नेपालको केन्द्रिय सचिवमा निर्बाचित अध्यक्षमा केशव ढल्कोटी
- घरको श्रीमान छोडेर पर पुरूषसँग लाग्दा महिलाले पाईन दुख {भिडियाेसहित}
- पार्टी फुटपछि विप्लव नेतृत्वको नेकपाद्धारा संघर्षको कार्यक्रम घोषणा, असार ५ गते देशव्यापी विरोध प्रदर्शन
- फ्लोर क्रसको डरले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई राखियो रिसोर्टमा !
- बर्थ डे मनाउन बोलाएर किशोरीमाथि सामूहिक बलात्कार
- बजेटमा पौडेल र रिजालबीच सवाल–जवाफ : विष्णु पौडेललाई मिनेन्द्रको प्रश्न आफ्नो बजेट पढ्नुहोस् न !
- सदाकाे लागि बतास समूहले पशुपति धर्मशालामा होटल चलाउने बाटो बन्द…
- काठमाडौं महानगरले नयाँ गाडी नकिन्ने….